Thursday, September 27, 2012

Police activities program in Pokhara

 जिल्ला प्रहरी कार्यालय कास्की र क्षेत्रीय प्रहरी कार्यालय पोखराको संयूक्त आयोजनामा पोखरा उद्योग बाणिज्य संघको हलमा पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक श्री राजेन्द्र सिंह भण्डारी ज्यूको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा केन्द्र कास्कीका पदाधिकारीहरु र प्रहरी अधिकृतहरु विच अन्तरकृया कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रममा प्र.ना.म.नि. राजेन्द्र सिंह भण्डारीले सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरुलाई प्रशिक्षण र निर्देशन दिनुका साथै सहभागीका जिज्ञासाहरुको संवोधन गर्नु भएको थियो । उक्त कार्यक्रममा अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्र.ब.उ. श्री रोमेन्द्र सिंह देउजाले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्र.उ. श्री शैलेश थापा क्षेत्रीले स्वागत मन्तव्य गर्नु भएको थियो । कार्यक्रममा कास्की जिल्ला स्थित सम्पूर्ण सामुदायिक सेवा केन्द्रका अध्यक्षहरुले मन्तव्य राख्नु भएको साथै उहाँहरुले मन्तव्यका क्रममा सामुदायिक सेवा केन्द्रका भावी योजना र चुनौतीहरुको बारेमा प्रकाश पार्नु भएको थियो । सो कार्यक्रममा कास्की जिल्लामा क्रियासिल सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति तथा अन्य केन्द्रहरु समेतका अध्यक्ष, संस्थापक अध्यक्ष, निर्वतमान अध्यक्ष, कार्य समितिका पदाधिकारीहरु, जिल्ला प्रहरी कार्यालय मातहतका सिनियर प्रहरी अधिकृत र कार्यरत सामुदायिक प्रहरी समेत अं. १०० जनाको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.