Thursday, September 13, 2012

GOIP प्रविधिवाट अवैध कल वाईपास गर्ने पक्राउ


अबैधानिक  तवरबाट
GSM 0ver Internet Protocol (GOIP) गरी ठगी तथा राजस्व छलीको मुद्दामा सलग्न ब्यक्तिहरुलाई खोजतलासको क्रममा मिति २०६९/०५/२७ गते दिन :०० बजेको समयमा समयमा केन्द्रिय अनुसन्धान व्युरो जिल्ला प्रहरी कार्यालय कास्की र एन सेलको प्राविधिक सहितको टोलीले जि।कास्की पोखरा उ...पा.वडा नं.(९ संगममार्ग स्थितबाट ८ पोर्टको GOIP सहित बिभिन्न उपकरण तथा रु.१,१३,०००।( बराबरको रिचार्ज कार्ड र नगद रु.१,१०,४००।( सहित निम्न मानिसहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको ।

निम्न:
  • जि.गोरखा बुङकोट गा।बि।स।वडा  नं.(०७ घर भई हाल जि.कास्की पोखरा...पा.वडा नं.(०९ संगममार्ग डेरागरी बस्ने  टिकाराम ढकालको नातीध्रुबराज ढकालको छोरा बर्ष(२२ को तिर्थराज ढकाल ।
  • जि.कास्की सिद्व गा.बि..वडा  नं.(४ घर भई जि.कास्की पोखरा  ...पा.वडानं.(०९ संगममार्ग  डेरा गरी बस्ने शिव बहादुर सिंहको छोरा बर्ष(२० कोबिनोद  सिंह ।
  • जि.पर्बत तिलाहार गा.बि..वडा  नं.(९घर भई जि.कास्की पोखरा  ...पा.वडा नं.(०२ बिन्ध्याबासीनी डेरा गरी बस्नेबर्ष(२५ को केशव गौतम ।
बरामद सामानको बिबरण :

पोर्टको न्इक्ष्ए लेखिएको सि..8E16TD12076995 को सिमबक्स थान(१, HP-G700 लेखिएको कालो रङको सि.. CND814058G को ल्यापटप थान(१, USB लेखिएको २ र केही नलेखिएको १ गरी Card reader थान(३, Bluetooth Device थान(१६, Su-kam लेखिएको मोडेल 800VACOSMIC को Invoter थान(१, Invatubular लेखिएको ब्याट्री थान(१, सामसुङको मोडेल LS19A300BS/XS को मनिटर थान(१, कि बोर्ड थान(२, मोडेल ATX-550W भएको CPU थान(१, बिनोद सिंह नामको Standard Chartered बैकको खाता नं.Npr18-2378345-01 भएको चेकबुक थान(१, बिनोद सिंह नामको Standard Chartered बैकको भिषा कार्ड(१, पेन्ड्राईभ थान(१, TP-Link लेखिएको मोडेल TL-R402M र मोडेल TD-W8951ND भएको राउटर थान(२, तिर्थराज ढकाल र बिनोद सिंह नामको नागरिकता थान(२, Ncell को डिभाईस थान(१ (Ncell सिम सहित) कम्प्युटरको माउस(१, ल्यापटपको चार्जर(१, ईन्टर कनेक्सन तार ६ वटा, रातो कालो Bluetooth लेखिएको मोडेल(म्छज्ञघण् को सिम नभएको मोबाईल(१, Ative लेखिएको मोडेल A998 को सिम नभएको मोबाईल(१, Nokia लेखिएको मोडेल N87को NcellNTC को सिम भएको मोबाईल थान १ 
जिल्ला प्रहरी कार्यालय, कास्की
 मिति  २०६९।०५।२८ गते ।

अवैधरुपमा कर्जा दिने तथा निक्षेप लिनेहरु पक्राउ

ग्रैह कानूनी रुपमा कर्जा दिने र कर्जा लिने कारोवार हुने गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वगर कास्कीवाट संयूक्त रुपमा प्रहरी निरीक्षक भुवनेश्वर तिवारीको नेतृत्वमा खटीई गएको प्रहरी टोलीले कास्की जिल्ला, पोखरा उ.म.न.पा. वडा नं.–८ न्यूरोडमा रहेको आफ्नै भाईको गोर्खाली मोटरसाईकल वर्कसपमा काम गर्ने गोर्खा जिल्ला, आरुचनौटे गा.वि.स. वडा नं.–३ बस्ने वर्ष–३१ को रेशम रोक्कालाई निजले कारोवार संचालनमा प्रयोग गरेको डायरी सहित पक्राउ गरिएको साथै निज सँग कारोवार गर्ने निम्न मानिसहरुलाई समेत फेला पारी निजहरुलाई समेत पक्राउ गरिएको, निजहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को (संसोधन  सहीत २०६३) को दफा ९५ विपरीत अनाधिकृत रुपमा निक्षेप लिएको र कर्जा दिएको हुनाले कानून बमोजिम कारवाही गर्ने शिलशिलामा सम्मानित कास्की जिल्ला अदालत बाट म्याद थप अनुमति लिई थप अनुसन्धान कारवाही भइरहेको ।

निम्न:

१.   नुवाकोट जिल्ला, गणेशथान गा.वि.स.वडा नं.–२ घर भई हाल कास्की जिल्ला, पोखरा उ.म.न.पा.
     वडा नं.–२ मोहरीयाटोल बस्ने वर्ष–२१ को अभिसेक सुनार ।
२.   नुवाकोट जिल्ला, हल्देकालीका गा.वि.स. वडा नं.–२ घर भै हाल कास्की जिल्ला, पोखरा–२
     मोहरीयाटोल बस्ने वर्ष–३० को अनिस सुनार ।
३.   मकवानवुर जिल्ला, हुतिवन गा.वि.स. वडा नं.–३ घर भई हाल कास्की जिल्ला, पोखरा उ.म.न.पा.
     वडा नं.–२ मोहरीयाटोल बस्ने वर्ष–२३ राम सुनार ।
     
 जिल्ला प्रहरी कार्यालय, कास्की ।

Drugs Awareness at Pokhara Academy Pokhara-16-लागुऔषध सचेतना सम्बन्धी स्कुल सम्पर्क कार्यक्रम


सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा १ बगरको आयोजना, पोखरा एकेडेमीको व्यवस्थापन, वडा प्रहरी कार्यालय बगरको प्राविधिक सहयोगमा पोखरा १६ बाटुलेचौरमा एक दिवसिय लागु औषध सचेतना सम्बन्धि स्कुल सम्पर्क कार्यक्रम सम्पन्न गरियो ।
सामुदायिक सेवा केन्द्र बगरका सदस्य श्री उदय बहादुर बस्नेतको संयोजकत्व, सेवा केन्द्रका अध्यक्ष श्री पुरुषोत्तम श्रेष्ठको अध्यक्षता, पोखरा एकेडेमीका प्रिन्सीपल श्री महेन्द्र गुरुङ्गको प्रमुख आतिथ्यता, वडा प्रहरी कार्यालय बगरका कार्यालय प्रमुख प्र.नि. श्री भुवनेश्वर तिवारीको प्रमुख प्रशिक्षणमा भएको कार्यक्रममा पोखरा एकेडेमीको कक्षा ६, ७, ८, ९ र १० कक्षामा अध्यनरत बिधार्थी भाईबहिनीहरु तथा बिद्यालयका शिक्षक/शिक्षिका लगाएत गरि करिव १९५ जनाको उपस्थिती रहेको कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तव्य बिद्यालयका शिक्षक एव्म एकेडेमिक डिन हरिकृष्ण वाग्लेले तथा कार्यक्रम संयोजक उदय बहादुर बस्नेतले कार्यक्रमका वारेमा प्रकास पार्नु भएको थियो भने प्रमुख प्रशिक्षक प्र.नि. श्री भुवनेश्वर तिवारीले लागु औषध परिचय, प्रकार, असर, लक्षण र समाजमा पार्ने असरका वारेमा सहभागिहरुलाई प्रशिक्षण दिनु भएको कार्यक्रम सेवा केन्द्रका सचिव श्री गिरी प्रसाद गुरुङ्गले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Monday, September 10, 2012

महिलाको सिक्री छिनाई भाग्दै गर्दा प्रहरी द्धारा पक्राउ-Arrested

मिति २०६९/०५/२४ गते साँझ अं. ७:३० बजेको समयमा जिल्ला कास्की पोखरा– १० ईन्द्रचोक बस्ने ईन्दिरा कटेलको पसलमा एक जना अपरिचित व्यक्ति चुरोट किन्ने निहुँ बनाई  आएकोमा निज अपरिचित व्यक्तिले मागे बमोजिमको चुरोट दिन भनी ईन्दिरा कटेलले मुन्टो तल निहुराएको अवस्थामा निजले लगाएको सुनको २ तोला १० लाल बराबरको सिक्री निजबाट लुटि भाग्दै गर्दा स्थानीय युवा तथा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सुनको सिक्री सहित उक्त व्यक्तिलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा सो व्यक्ति जि. रुकुम प्वाङ्ग गा.वि.स. वडा नं. ६ स्थायी वतन हुने खिमलाल रिजाल भएको खुल्न आएको, निज रिजाललाई सम्मानित कास्की जिल्ला अदालतबाट २०६९/५/२४ गते देखि लागू हुने गरी जवरजस्ती चोरी मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको ।

जिल्ला प्रहरी कार्यालय, कास्की

 

Sunday, September 9, 2012

लागू औषध सहित मानिस पक्राउ


मिति २०६९/५/२१ गते पोखरा १ सिम्पानीमा वडा प्रहरी कार्यालय बगरबाट प्र.ना.नि. गिरी राज अर्यालको कमाण्डमा खटिएको टोलीले संकित व्यक्तिहरुको शरिर तलासी लिने क्रममा जि. कास्की पोखरा १ बस्ने वर्ष २१ को लक्ष्मण गुरुङ्गले शरिरमा लुकाई राखेको अवस्थाको लागू औषध बुप्रि नर्फिन २७ थान, डाईजापाम ३३ थान र फेनरागन ३३ थान सहित पक्राउ गरिएको । अनुसन्धानको क्रममा उक्त लागू औषध निजले पोखरा २ अर्चलवोट बस्ने वर्ष २१ को उमेश पुन सँग खरिद गरेको भनि खुल्न आए अनुसार निजलाई समेत मिति २०६९/५/२१ गते पक्राउ गरिएको । पक्राउमा परेका दुवै व्यक्तिहरुलाई लागू औषध मुद्धामा अनुसन्धान कार्य भईरहेको ।
 
जिल्ला प्रहरी कार्यालय, कास्की