Sunday, September 9, 2012

लागू औषध सहित मानिस पक्राउ


मिति २०६९/५/२१ गते पोखरा १ सिम्पानीमा वडा प्रहरी कार्यालय बगरबाट प्र.ना.नि. गिरी राज अर्यालको कमाण्डमा खटिएको टोलीले संकित व्यक्तिहरुको शरिर तलासी लिने क्रममा जि. कास्की पोखरा १ बस्ने वर्ष २१ को लक्ष्मण गुरुङ्गले शरिरमा लुकाई राखेको अवस्थाको लागू औषध बुप्रि नर्फिन २७ थान, डाईजापाम ३३ थान र फेनरागन ३३ थान सहित पक्राउ गरिएको । अनुसन्धानको क्रममा उक्त लागू औषध निजले पोखरा २ अर्चलवोट बस्ने वर्ष २१ को उमेश पुन सँग खरिद गरेको भनि खुल्न आए अनुसार निजलाई समेत मिति २०६९/५/२१ गते पक्राउ गरिएको । पक्राउमा परेका दुवै व्यक्तिहरुलाई लागू औषध मुद्धामा अनुसन्धान कार्य भईरहेको ।
 
जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:

Post a Comment

Please, comment about this article.