Saturday, September 1, 2012

पसगाउँमा शहादत प्राप्त शहिदको स्मृतिमा एनेकपामाओवादी कास्कीको सभा

बिस २०६० भदौ १६ गते लमजुङ्गको पसगाउँमा तत्कालिन शाही सेनाद्धारा हत्या गरिएका शहिद हेममणी सिंखडा अंकित ११ जनाको स्मृतिमा एकिकृत नेकपा माओवादी कास्कीले शनिबार पोखरामा १० औ स्मृति सभाको आयोजना ग¥यो । सभामा बोल्दै प्रमुख अतिथी एकिकृत नेकपा माओवादी महाधीवेशन आयोजक समितिका सदस्य एवं कास्की जिल्ला सम्मेलन आयोजक समितिका संयोजक झलकपाणी तिवारीले “सहिदका सपना अझै पुरा हुन नसकेका हुदा अझ हामी एकताबद्ध भएर त्याग र समर्पपणको भावले अगाडी बढ्नु पर्छ” भन्नुभयो ।

गांजा फंडानी कार्यक्रमको प्रतिवेदनः


सर्व प्रथमत लागुऔषध नियन्त्रण गर्ने अभियान अन्र्तगत हेम्जा गाविसको ९ वटै वडाहरुमा लगाईएको गांजा खेति नष्ट गर्ने कार्यक्रमको लागि मलाई संयोजकको जिम्मेवारी दिनुहुने कार्यसमिति मित्रहरु प्रति हार्दिक आभार प्रकट गर्दछु ।

संस्थाको नवौं बार्षिक साधारणसभा तथा पांचौ अधिबेशन कार्यक्रमको प्रतिवेदनः

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा १ बगरको नवौ बार्षिक साधारण सभा तथा पांचौ अधिबेशनले सर्व सम्मत रुपमा पुनः पुरुषोत्तम श्रेष्ठको अध्यक्षतामा आगामी दुई बर्षे कार्यकालका लागि नयां कार्य समिति चयन गरेको छ । समितिको नि.व. अध्यक्षमा सीता गुरुङ्ग, प्रथम उपाध्यक्षमा ध्रुव प्रसाद पराजुली, द्धि.उपाध्यक्षमा जीवन अधिकारी, सचिवमा गिरी प्रसाद गुरुङ्ग, सह–सचिवमा रामभुषण पराजुली, कोषाध्यक्षमा कृष्ण पौडेल तथा सदस्यहरुमा बिष्णु बहादुर खड्गी, बिजया गुरुङ्ग, होम बहादुर बस्नेत, रामप्रसाद अधिकारी, बिभिषण तिमिल्सिना, प्रेमदेवी परियार, रुद्र प्रसाद सुवेदी (च्वाई), युवराज आचार्य चयन भएका छन ।

सामुदायिक सेवा केन्द्र बगरको अन्तरक्रिया कार्यक्रम सम्पन्न

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा १ बगरको आयोजना, शान्तिदिप समाज पोखरा १६ को व्यवस्थापनमा पोखरा १६ शान्तिदिपमा रहेको शान्तिदिप समाज घरमा लागु औषध तथा नागरिक सुरक्षा सम्बन्धि नागरिक प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।

सामुदायिक सेवा केन्द्र बगरका सचिव श्री गिरी प्रसाद गुरुङ्गको संयोजकत्व, शान्तिदिप समाज पोखरा १६ का अध्यक्ष श्री क्या. तेज बहादुर गुरुङ्गको अध्यक्षता, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष श्री पुरुषोत्तम श्रेष्ठ र सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका नि.व. अध्यक्ष श्री सीता गुरुङ्गको बिशेष आतिथ्यता र वडा प्रहरी कार्यालय बगरका कार्यालय प्रमुख प्र.नि. श्री भुवनेश्वर तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नजिकिंदै आईरहेको चाडपर्व हरुको अवसरमा शान्त र स्वच्छ समाजलाई आवश्यक पर्ने सामाजिक सुरक्षा, व्यक्तिगत सुरक्षा, दुव्र्यसनमुक्त समाज, चोरी ठगीबाटबच्ने उपायहरु, सवारी अनुशासन, अपहरणकारीबाट जोगिने उपायहरु, पर्यटकको सुरक्षा, चाडपर्वहरुलाई तडक भडक रहित बनाउने प्रतिबद्धता, चाडपर्वमा सुरक्षा निकायको सुरक्षा योजना लगाएतका बिषयहरुमा  शान्तिदिप टोल बिकास संस्थाका अध्यक्ष मिन बहादुर गुरुङ्ग, मनोज परियार लगाएतका सहभागिहरुले आ–आफ्ना जिज्ञांसाहरु राख्नुभएको थियो भने सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष श्री पुरुषोत्तम श्रेष्ठ, सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीका नि.व. अध्यक्ष एव्म बगरका संस्थापक अध्यक्ष श्री सीता गुरुङ्ग र वडा प्रहरी कार्यालय बगरका कार्यालय प्रमुख प्र.नि. श्री भुवनेश्वर तिवारीले सहभागिले राखेको जिंज्ञासांको जवाफ दिंदै भावि सुरक्षा योजना एवम् बिकृति बिसंगतिमुक्त चाडपर्व मनाउनको लागि राखिएका भावि कार्यक्रमहरुको वारेमा जानकारी दिनुभएको थियो ।

शान्तिदिप समाज पोखरा १६ का सचिव सु. श्री बिर बहादुर गुरुङ्गले संचालन गर्नुभएको कार्यक्रममा ९५ जनाको सहभागिता रहेको थियो ।

Wednesday, August 15, 2012

Vehicle Accident in Hemja, Kaski,Nepal सवारी दुर्घटना

Vehicle Accident in Pokhara,Hemja

Vehicle Accident in Pokhara,Hemja
कास्की हेम्जा ६ सुईखेत फाँट स्थित म्याग्दी चोकमा फेदीबाट पोखरा तर्फ आउने क्रममा ग.१.ख. २२७२ नं. को बसले बाटो काटन लाग्दा पैदल यात्री म्याग्दी म¥याङ्ग – ५ घर भई हाल कास्की हेम्जा ७ बस्ने वर्ष अं. ८० कि स्वस्तिका जुगजालीलाई ठक्कर दिंदा घाईते भई तत्काल प.क्षे. अस्पताल पोखरामा ल्याई उपचारको क्रममा ऐ. ११:३० बजेको समयमा मृत्यु भएको, उक्त बसले महिलालाई ठक्कर दिए पश्चात अनियन्त्रित भई ग.१.त. ७८३ नं. को ट्याक्टरलाई ठक्कर दिंदा बसमा सवार ४ जना मध्ये कास्की हेम्जा– ५ याम्दी बस्ने अं. वर्ष २० को विनोद पाण्डेको उपचारको क्रममा १२:०० बजे मणिपाल अस्पतालमा मृत्यु भएको र अन्य ३ जना सोही अस्पतालमा उपचार भईरहेको, निजहरुको अवस्थामा मध्यम रहेको र ट्याक्टर चालक कास्की हेम्जा ४ बस्ने अं. वर्ष ४७ को गोविन्द त्रिपाठी पनि घाईते भई मणिपाल अस्पतालमा लगि उपचार भईरहेको, निजको अवस्था सामान्य, सवारी चालक प्रहरी नियन्त्रणमा रहेको र बस र टयाक्टर घट्नास्थलमा रहेको ।
जिल्ला प्रहरी कार्यालय, कास्की