Monday, July 30, 2012
The gatheration(conference)of Nepal gold and silver dealers Association of Western region Nepal will be held on Butwal.-नेपाल सुनचाँदी व्यवसायी संघको पश्चिमाञ्चल भेला बुटवलमा सम्पन्न
![]() |
| The gatheration(conference)of Nepal gold and silver dealers Association of Western region Nepal will be held on Butwal |
नेपाल सुनचाँदी व्यवसायी संघको पश्चिमाञ्चल भेला बुटवलमा सम्पन्न
पोखरा, १५ साउन । नेपाल सुनचाँदी व्यवसायी संघ पश्चिमाञ्चल क्षेत्रीय भेला रुपन्देही शाखाको आतिथ्यतामा बुटबलमा सम्पन्न भयो । भेला पश्चिमाञ्चल उपाध्यक्ष मोहन कुमार वि.क.को सभापतित्व र केन्द्रीय अध्यक्ष तेजरत्न शाक्यको प्रमुख आतिथ्यतामा भएको थियो । सुनचाँदी व्यवसाय र यसमा हुने विविध समस्याहरुका बारेमा वक्ताहरुले बोल्नुभएको थियो । विशिष्ट अतिथि पूर्व कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्माले समस्या सबै व्यवसायमा छन् तर सुनचाँदी व्यवसायमा भएका समस्या अझ जटिल भएको र यस पेशालाई सुदृढ गर्न स्वयं व्यवसायी सकृय भएकोमा खुसी व्यक्त गर्दै आयात निर्यातमा सरकारले अहम भूमिका खेल्नुपर्छ तबमात्र हाम्रा सीपकलाको विकास हुन्छ भन्नुभयो ।
Distribution of Food and Education Materials in Pokhara-शैक्षिक तथा खाद्य सामग्री वितरण
| Distribution of Food and Education Materials in Pokhara |
| Distribution of Food and Education Materials in Pokhara |
रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष रोटरीयन डिल्लीप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ओम शिवशक्ति कल्याणी केन्द्रमा बस्दै आएका अभिभावक गुमाएका बालबालिकाहरुलाई आवश्यक शैक्षिक तथा खाद्य सामग्री कार्यक्रमका प्रमुख अतिथि तथा रोटरी डिष्ट्रिक ३२९२ का असिष्टेन्ट गभरनर रोटरीयन ऋषिराम सापकोटाले वितरण गर्नुभएको थियो ।
रोट¥याक्ट क्लव अफ अन्नपूर्णका अध्यक्ष रोट¥याक्टर विवेक घिमिरे, इनरह्वील क्लव अफ अन्नपूर्णका अध्यक्ष इनरह्वील जोसना प्रजु, रोटरी क्लव अफ पोखरा अन्नपूर्णका आगामी वर्षका अध्यक्ष रोटरीयन रोश गुरुङ्ग, ओम शिवशक्ति कल्याणी केन्द्रका अध्यक्ष पुष्पा के.सी. भण्डारी लगायतले मन्तव्य राख्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि रोटरीयन ऋषिराम सापकोटाले यस्ता कार्यक्रमले साँच्चै नै लक्षित वर्गलाई प्रत्यक्ष रुपमा लाभ मिल्ने बताउनुभएको थियो ।
रोटरी क्लव अफ पोखरा अन्नपूर्णका कोषाध्यक्ष भुपेन्द्रमान श्रेष्ठको संयोजकत्वमा सम्पन्न सो कार्यक्रम रोटरी क्लव अफ पोखरा अन्नपूर्णका सचिव रोटरीयन कल्याण कर्माचार्यले संचालन गर्नुभएको थियो ।
Sunday, July 29, 2012
Different Crime News in Nepal
- जवरजस्ती करणी गर्ने ७५ वर्ष को वृद्ध पक्राउ:
2. आफनै सासु र सालीलाई ज्यान मार्न खोज्ने पक्राउ:
– जिल्ला ललितपुर गोदामचौर गा.वि.स. १ घर भई पोखरा ६ लेकसाईड वाराहीचोक स्थित आफनै डेरा कोठामा बस्ने वर्ष २७ को शक्तिध्वज भन्ने शिव सरण कार्कीले आफनै सासु वर्ष ३७ कि सपना थापा र आफ्नै साली वर्ष १५ कि हिरा थापालाई ज्यान मार्ने उद्धेश्यले फलामको हेम्मरले प्रहार गरी गम्भिर घाईते बनाई भागी फरार भएकोमा निजलाई खोजतलासको क्रममा मिति २०६९।४।१२ गते रुपन्देही जिल्लाको भैरहवाबाट पक्राउ गरी यस कार्यालयमा ल्याई ज्यान मार्ने उद्योग मुद्धामा म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भईरहेको । निजले मिति २०६९।४।१० गते राती अं. ११:५० बजेको समयमा सुतिरहेको अवस्थामा सासु र सालीलाई हेम्मर प्रहार गरेका थिए ।
3. जवरजस्ती रकम असुली गर्ने पक्राउ:
(क) मिति २०६९।४।७ गते ५:०० बजेको समयमा पोखरा १३ काहुँखोलामा आर्वाविजय गा.वि.स. वडा नं. ४ बस्ने वर्ष २२ को अनिल गुरुङ्ग, गोरे गुरुङ्ग, भिम गुरुङ्ग र विनोद गुरुङ्ग समेत मिली पोखरा १३ स्थित उद्योगमा जवरजस्ती धम्क्याई रु. ५० हजार असुल गरेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अनिल गुरुङ्गलाई पक्राउ गरी केही सार्वजनिक अपराध शिषर्कमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको ।
(ख) मिति २०६९।४।१० गते राती १०:०० बजेको समयमा पोखरा बाग्लुङ्ग सडकखण्डको हेम्जा स्थित हनुमानचोक भन्ने स्थानमा पोखरा बाट बाग्लुङ्ग चल्ने सवारी साधनहरुलाई जवरजस्ती रोकी पैसा असुल गरेको अवस्थामा जि. कास्की हेम्जा ५ बस्ने वर्ष २३ को प्रेम नेपाली, ऐ.ऐ. बस्ने वर्ष १८ को शिव नेपाली र ऐ.ऐ. बस्ने वर्ष २६ को सुरेश नेपालीलाई वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी केही सार्वजनिक अपराध शिषर्कमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप भई अनुसन्धान कार्य भईरहेको ।
District Police Office Kaski
Saturday, July 28, 2012
Entry of dharmasangh budhabihar in 57th yr year-धर्मसंघ बुद्धविहारको ५७ औं वर्ष प्रवेश
धर्मसंघ बुद्धविहारको ५७ औं वर्ष प्रवेश
तथा सर्धमसभाको २२ वार्षिक अधिवेशनले मोतिमान शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति
गठन गरेको छ ।
सो समितिको उपाध्यक्षमा भरतराज शाक्य,
सचिवमा पूर्णमान बुद्धाचार्य, कोषाध्यक्षमा विकास रत्न शाक्य, सहसचिवमा लालबहादुर गुभाजु, सदस्यहरुमा दुर्गामान कर्माचार्य, तेजेन्द्र शाक्य, राजेशमान बुद्धाचार्य, किशोरमान शाक्य, पुरनमान बुद्धाचार्य, सुरेश शाक्य र
मनोनित सदस्यहरुमा कृष्णमान बुद्धाचार्य, अशोककुमार शाक्य रहेको समिति चयन गरेको छ ।
सो साधारणसभाको उद्घाटन सहप्राध्यापक
डा.नरेशमान बुद्धाचार्यले गर्दै सामाजिक कार्यको माध्यमले बुद्ध शिक्षा फैलाउन
सहयोग पुग्ने धारणा राख्नुभयो । मोतिमान शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा
उपाध्यक्ष भरत शाक्य, सचिव इश्वरमान
शाक्य, पोखरा विश्वविद्यालयका
पूर्व रजिष्टार प्रकाशमान गुभाजु लगायतले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा कलाकारहरु सुवर्ण बज्राचार्य,
श्यामलाल श्रेष्ठ, ज्ञानु शाक्य, सन्तकुमारी बुद्धाचार्य लगायतले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।
Subscribe to:
Comments (Atom)

