Saturday, July 28, 2012

Entry of dharmasangh budhabihar in 57th yr year-धर्मसंघ बुद्धविहारको ५७ औं वर्ष प्रवेश


      धर्मसंघ बुद्धविहारको ५७ औं वर्ष प्रवेश तथा सर्धमसभाको २२ वार्षिक अधिवेशनले मोतिमान शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
      सो समितिको उपाध्यक्षमा भरतराज शाक्य, सचिवमा पूर्णमान बुद्धाचार्य, कोषाध्यक्षमा विकास रत्न शाक्य, सहसचिवमा लालबहादुर गुभाजु, सदस्यहरुमा दुर्गामान कर्माचार्य, तेजेन्द्र शाक्य, राजेशमान बुद्धाचार्य, किशोरमान शाक्य, पुरनमान बुद्धाचार्य, सुरेश शाक्य र मनोनित सदस्यहरुमा कृष्णमान बुद्धाचार्य, अशोककुमार शाक्य रहेको समिति चयन गरेको छ ।
      सो साधारणसभाको उद्घाटन सहप्राध्यापक डा.नरेशमान बुद्धाचार्यले गर्दै सामाजिक कार्यको माध्यमले बुद्ध शिक्षा फैलाउन सहयोग पुग्ने धारणा राख्नुभयो । मोतिमान शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भरत शाक्य, सचिव इश्वरमान शाक्य, पोखरा विश्वविद्यालयका पूर्व रजिष्टार प्रकाशमान गुभाजु लगायतले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।
      कार्यक्रममा कलाकारहरु सुवर्ण बज्राचार्य, श्यामलाल श्रेष्ठ, ज्ञानु शाक्य, सन्तकुमारी बुद्धाचार्य लगायतले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.