Monday, July 30, 2012

The gatheration(conference)of Nepal gold and silver dealers Association of Western region Nepal will be held on Butwal.-नेपाल सुनचाँदी व्यवसायी संघको पश्चिमाञ्चल भेला बुटवलमा सम्पन्न

The gatheration(conference)of Nepal gold and silver dealers Association of Western region Nepal will be held on Butwal

नेपाल सुनचाँदी व्यवसायी संघको पश्चिमाञ्चल भेला बुटवलमा सम्पन्न पोखरा, १५ साउन । नेपाल सुनचाँदी व्यवसायी संघ पश्चिमाञ्चल क्षेत्रीय भेला रुपन्देही शाखाको आतिथ्यतामा बुटबलमा सम्पन्न भयो । भेला पश्चिमाञ्चल उपाध्यक्ष मोहन कुमार वि.क.को सभापतित्व र केन्द्रीय अध्यक्ष तेजरत्न शाक्यको प्रमुख आतिथ्यतामा भएको थियो ।  सुनचाँदी व्यवसाय र यसमा हुने विविध समस्याहरुका बारेमा वक्ताहरुले बोल्नुभएको थियो । विशिष्ट अतिथि पूर्व कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्माले समस्या सबै व्यवसायमा छन् तर सुनचाँदी व्यवसायमा भएका समस्या अझ जटिल भएको र यस पेशालाई सुदृढ गर्न स्वयं व्यवसायी सकृय भएकोमा खुसी व्यक्त गर्दै आयात निर्यातमा सरकारले अहम भूमिका खेल्नुपर्छ तबमात्र हाम्रा सीपकलाको विकास हुन्छ भन्नुभयो ।     

  भेलामा नेकपा माओवादीका ज्ञान बस्याल, नेकपा एमालेका शिव सुवेदी, नेपाली काँग्रेसका अब्दुल रज्जाक, बुटबल व्यापार संघका अध्यष टंक प्रसाद पोखरेल, उद्योग बाणिज्य संघ बुटबलका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, रुपन्देही उद्योग बाणिज्य संघका अध्यक्ष तेजप्रसाद पाठक, सिद्धार्थ नगर उद्योग बाणिज्य संघका अध्यक्ष विष्णुप्रसाद शर्मा, नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय महासचिव माणिकरत्न शाक्य, सचिव दियसरत्न शाक्य, बरिष्ठ उपाध्यक्ष मणिरत्न शाक्य, पूर्व उपाध्यक्ष बुद्धिबहादुर गहतराज, केन्द्रीय सदस्य राजेन्द्र विश्वकर्मा, इश्वरजंग राजभण्डारीले बोल्नुभएको थियो ।       कास्की शाखा अध्यक्ष चन्द्रकिशोर गौतमले कास्की शाखाका गतिविधि र सुनचाँदी व्यवसायी महासंघ बन्न लागेको अवसरमा यसका कार्यदिशा निर्देश गर्न विधान महत्वपूर्ण हुने बताउँदै विधानका बारेमा प्रकाश पार्नुभएको थियो ।
 प्रमुख अतिथि तेजरत्न शाक्यले सुन आयतमा सोधान्तर घाटा बढ्यो भनि सुन आयातमा रोक लगाएको सरकारले हाल सुन समस्या नरहेको र यसले सरकारलाई करोडौं रुपैयाँ राजश्व आम्दानी बढाएको भन्दै सुनचाँदी व्यवसायीलाई हेर्ने दृष्टिकोण र कानुनमा समेत संशोधन गरी व्यवसायीले सुन आयात गर्न पाउनुपर्ने र नगद सरह मान्यता दिनुपर्ने भन्दै व्यवसायी संघ महासंघमा परिणत भएपछि धेरै समस्या समाधान हुने बताउनुभयो ।       कार्यक्रम संचालन रुपन्देही शाखा सचिव रामकिशरण सेन्चुरीले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य केन्द्रीय सदस्य प्रेम सेन्चुरीले गर्नुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.