Monday, July 30, 2012

Falicitation, on the occasion of Janmasthami -जन्माष्टमीमा अभिनन्दन गरिने

जन्माष्टमी महोत्सव मूल समारोह समिति पोखराले धर्म संस्कृतिको क्षेत्रमा विशेष योगदान पु¥याउने संघसंस्था एवं विभिन्न महानुभावहरुलाई जन्माष्टमी शोभायात्रा कार्यक्रममा अभिनन्दन गर्ने भएको छ ।  अभिनन्दित हुने संघसंस्थामा बौद्ध अर्घौ सदन रामघाट र श्री गणेश गुठी सेवा समिति गणेशटोल रहेको छ । यस्तै आत्मज्ञान प्रचार संघका जवाहरलाल श्रेष्ठ, श्यामाश्याम सत्संग समितिका उपाध्यक्ष टेकन गिरी, सुखावती गुम्बाका सल्लाहकार क्या.पूर्णबहादुर गुरुङ, सिद्धाश्रम शक्ति केन्द्रका मिरा तुलाचन तालबाराही मन्दिर संरक्षण समितिका अध्यक्ष हिम्मत कुँवर र सुरथेश्वर शिवालय संरक्षण समितिका अध्यक्ष मदनबहादुर खत्री क्षत्री हुनुहुन्छ ।  शोभायात्रा कार्यक्रममा पोखराका प्रमुख धार्मिक संघसंस्था, जातीय संघसंस्था, आमा समूह, भजन टोली र विद्यालय गरी ५० भन्दा बढी समूह झाँकी सहित सहभागी हुन इच्छुक रहेको र कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रगुरु महन्त चन्दननाथले धार्मिक प्रवचन दिनुहुने समितिका सचिव विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Please, comment about this article.