Wednesday, July 4, 2012

अमर्यादित कार्यमा संलग्न पक्राउ

       मिति २०६९/३/१९ गते राति ११:४५ बजेको समयमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा ६ लेकसाईड स्थित एशियाना गल्लीमा रहेका होटलहरु चेकजाँच गर्ने क्रममा अमर्यादित  क्रियाकलापमा संलग्न भई सार्वजनिक सदाचार भंग गर्न खोज्ने निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई केही सार्वजनिक अपराध शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको ।

 पक्राउमा परेका व्यक्तिहरु:

१)   साउदी अरेवियन नागरिक पासपोर्ट नं. J404787 वाहक वर्ष ३२ काFaisal Binessa Alfadhikh.
२)   साउदी अरेवियन नागरिक पासपोर्ट नं. K074559वाहक वर्ष ३६ का Mohammed Abdulaziz M. Almohsen.
३)  साउदी अरेवियन नागरिक पासपोर्ट नं. I661032वाहक वर्ष ३९ का Ahmed Abdulaziz M Altamimi.
 ४) कास्की जिल्ला पोखरा ६ खहरेचोक बस्ने वर्ष २८ को विरेन्द्र देवकोटा ।
५) नवलपरासी जिल्ला गैडाकोट ४ घर भई हाल पोखरा २ बसपार्क बस्ने वर्ष १७ कि रजिना थापा मगर ।
६) ऐ.ऐ. घर भई ऐ.ऐ. बस्ने वर्ष १८ कि रचना थापा क्षेत्री ।
७) पोखरा १ लामाचौर बस्ने वर्ष २० कि ममता गुरुङ्ग
८) दाङ जिल्ला तुलसीपुर न.पा. ३ घर भई हाल पोखरा १ लामाचौर बस्ने वर्ष २१ कि जानुका डाँगी ।

जिल्ला प्रहरी कार्यालय कास्की ।

 

Tuesday, July 3, 2012

सार्वजनिक स्थानमा प्रहरी माथि दुव्र्यवहार गर्ने पक्राउ

 १) मिति २०६९।३।१८ गते राति १०:०० बजेको समयमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा ५ पश्र्याङ्गमा चेकजाँच गर्ने क्रममा बाग्लुङ्ग बसपार्कबाट ट्याक्सी चढी लेकसाईड जान भनी हिडेका निम्न लिखित व्यक्तिहरुलाई प्रहरीले सोधपुछ गर्दा अश्लिल बोली बचन, ईशारा प्रयोग गरी शान्ति भंग गर्न खोजेको तथा प्रहरी माथि समेत गालीगलौज गरी दुव्र्यवहार गरेको हुँदा निजहरुलाई नियन्त्रणमा लिई के
ही सार्वजनिक अपराध शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको ।

पक्राउमा परेका व्यक्तिहरु :
१) डोल्पा घर भई पोखरा २ बाग्लुङ्ग बसपार्कमा रहेको भेटघाट खाजा घरका संचालक आशिष लामा ।
२) गोरखा मान्वु घर भई पोखरा २ बाग्लुङ बसपार्कमा बस्ने वर्ष २१ कि आशा न्यौपाने ।
३) पोखरा ६ वाराहीचोक बस्ने वर्ष १९ कि सुनिता लामा ।
४) सिन्धुली घर भई पोखरा बस्ने वर्ष २४ कि पुजा तामाङ्ग
५) पर्वत घर भई पोखरा बस्ने वर्ष १९ कि पुनम गुरुङ्ग

जिल्ला प्रहरी कार्यालय कास्की ।

मुलुकलाई दोहोयाउने सद्गुरुको खाँचो

 मंगलबार पोखरामा आयोजित गुरुपूर्णिमा तथा व्यास जयन्ती कार्यक्रममा अधिकांश वक्ताले नेपाललाई असफल राष्ट्रहुनबाट जोगाउने सद्गुरुको खाँचो भएको निष्कर्ष निकालेको छ । श्रीकृष्ण प्रणामी सेवा समिति कास्कीद्वारा आयोजित धार्मिक सभामा सनातन धर्म सेवा समिति कास्कीका अध्यक्ष रवीन्द्र माकाजूले सद्गुरुले हरेक समस्याको समाधान गर्ने भएकाले सनातन धर्ममा बन्दनीय र पूज्य भएको धारणा राख्नुभयो । व्यक्ति उपयोगी र सहयोगी बन्नुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो–‘अहिलेको आवश्यकता भनेको जातीय र धार्मिक सद्भाव हो, विद्धेष होइन ।’कार्यक्रममा समितिका सल्लाहकार तथा पूर्व अध्यक्ष घनश्याम वानियाले भन्नुभयो,–‘सद्गुरु भनेको ट्राफिक प्रहरी जस्तै हुन् जसले घटना र दुर्घटना हुनबाट रोक्छ ।’ समितिका सह–कोषाध्यक्ष राजन शर्मा तिमिल्सिनाले गुरुलाई वेवास्ता गर्ने परीपाटीले नै समाजमा दुःख र अशान्ति निम्तिएको धारणा राख्नुभयो भने वाइज्यूराज संघका अध्यक्ष श्रीमती जानुका चालिसेले सद्गुरु समयको आवश्यकता हो भन्नुभयो । कार्यक्रममा कृष्ण प्रणाली सेवा समितिका सदस्य भागिरथी बराल, प्रेम साकार लगायतका वक्ताले गुरु महिमा बारे चर्चा गर्नुभएको थियो ।

Monday, July 2, 2012

Man Arrested फरार अभियुक्त पक्राउ

 १) प्रहरी प्रतिबेदन जाहेरीले बादी नेपाल सरकार प्रतिबादी किसन दारे भन्ने अमृत गुरुङ समेत भएको हातहतियार खरखजना मुद्दामा प्रतिबादीको बयान पोलमा परी फरार रहेका प्रतिबादी मध्ये जि.कास्की पोखरा उ.म.न.पा. लालीगुरांशटोल बस्ने र्बष(२९ का महेन्द्र भोटे भन्ने महेन्द्र गुरुङलाई मिति २०६९।०३।१६ गते पक्राउ गरी ऐ. १७ गते जिल्ला प्रशासन र्कायालय कास्कीमा बुझाईएको  ।
 
२) मिति २०६९।३।१७ गते अं. ०१:३० बजे जि.कास्की लामाचौर गा.बि.स.वडा नं.(३ खत्रीडहरमा रहेको सुबेदार रुद्र ब. गुरुङको घरमा डांकाहरुको समुह प्रबेश गरी श्रीमती ठाकुर शोभा गुरुङ र निज रुद्र ब. गुरुङलाई खुकुरी प्रहार गरी घाईते तुल्याई सुनको सिक्री थान(१ अ. तौल ३ तोला डाँका गरी लगेका डाँकाहरुलाई खोजतलास कै क्रममा ऐ. ले.न.पा.वडा नं.(२ बस्ने र्बष(४५ को पृथ्बीमान गुरुङलाई जिल्ला प्रहरी र्कायालय कास्कीबाट खटिएको प्रहरी टोलीले आज मिति २०६९।०३।१८ गते पक्राउ गरिएको । साथै निज अभियुक्तलाई ज्यानर्माने उद्योग तथा डाँकाचोरी मुद्दामा कारबाही चलाउने तयारी भई रहेको ।  सो घट्नामा घर धनी सु. रुद्र ब. गुरुङले प्रतिकार र्गदा निज डाँका पृथ्बीमान गुरुङको हातमा चोट लागी घाईते भएको । घटनामा संलग्न अन्य फरार अभियुक्तहरुको यस र्कायालय तथा मातहत र्कायालयबाट खोजतलास कारबाही जारी रहेको ।

Sunday, July 1, 2012

Ashish Shrestha Making Motorbot स्टेप वाई स्टेप उच्च माविका आशिष श्रेष्ठले मोटरबोट बनाए


        स्टेप वाई स्टेप उच्च मा.वि. मासबार पोखरामा कक्षा १० मा पढ्ने आशिष श्रेष्ठले मोटरबोट तयार गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष एवं नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य टिकाराम सापकोटाले उक्त मोटरबोटको उद्घाटन गर्नुभएको थियो ।
       फेवातालको तालबाराही घाटमा गरिएको उक्त परीक्षण सफल भएकोमा विद्यार्थी आशिष श्रेष्ठलाई बधाई व्यक्त गरिएको थियो ।
       प्रमुख अतिथि टिकाराम सापकोटाले यस्ता किसिमका मोटरबोटहरु पर्यटकहरुका लागि मनोरञ्जनका साधन हुने भन्दै विद्यालय र विद्यार्थी आशिष श्रेष्ठलाई बधाई व्यक्त गर्नुभएको थियो ।
       उच्च मा.वि.का संस्थापक निर्देशक रमाकान्त बराल, प्रचार्य निर्मला बराल, विज्ञान शिक्षक युवराज लामिछाने, सूर्यप्रसाद लम्साल, सूर्य गुरुङ्ग, पिरामिडका संस्थापक श्रीलाल सुवेदी, पत्रकार लगायत आशिष श्रेष्ठका पिता मनमोहन श्रेष्ठ, उनका माता एवं शुभचिन्तहरु एवं डुङ्गा व्यवसायीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा मोटरबोट चलाई सबै उपस्थित महानुभावहरुलाई देखाएका थिए ।
       विद्यार्थी आशिष श्रेष्ठको उमेर १५ वर्ष मात्र रहेको छ । फलामबाट निर्मित उक्त मोटरबोटको लम्बाई ९ फिट रहेको छ ।
       आफ्नो देशमा उत्पादन भएका यस्ता मेधावी विद्यार्थीहरुलाई सरकारले पनि प्रोत्साहन दिनुपर्ने स्टेप बाइ स्टेप उच्च मा.वि.का प्राचार्य निर्मला बराले बताउनुभयो । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विद्यार्थी आशिष सानै कक्षादेखि जागरुक, उत्सुक र त्यस्ता कामप्रति बढी चासो राख्ने भएकाले मोटरबोटको सफल परीक्षण भएको धारणा व्यक्त गर्नुभयो ।