Sunday, July 1, 2012

Ashish Shrestha Making Motorbot स्टेप वाई स्टेप उच्च माविका आशिष श्रेष्ठले मोटरबोट बनाए


        स्टेप वाई स्टेप उच्च मा.वि. मासबार पोखरामा कक्षा १० मा पढ्ने आशिष श्रेष्ठले मोटरबोट तयार गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष एवं नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य टिकाराम सापकोटाले उक्त मोटरबोटको उद्घाटन गर्नुभएको थियो ।
       फेवातालको तालबाराही घाटमा गरिएको उक्त परीक्षण सफल भएकोमा विद्यार्थी आशिष श्रेष्ठलाई बधाई व्यक्त गरिएको थियो ।
       प्रमुख अतिथि टिकाराम सापकोटाले यस्ता किसिमका मोटरबोटहरु पर्यटकहरुका लागि मनोरञ्जनका साधन हुने भन्दै विद्यालय र विद्यार्थी आशिष श्रेष्ठलाई बधाई व्यक्त गर्नुभएको थियो ।
       उच्च मा.वि.का संस्थापक निर्देशक रमाकान्त बराल, प्रचार्य निर्मला बराल, विज्ञान शिक्षक युवराज लामिछाने, सूर्यप्रसाद लम्साल, सूर्य गुरुङ्ग, पिरामिडका संस्थापक श्रीलाल सुवेदी, पत्रकार लगायत आशिष श्रेष्ठका पिता मनमोहन श्रेष्ठ, उनका माता एवं शुभचिन्तहरु एवं डुङ्गा व्यवसायीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा मोटरबोट चलाई सबै उपस्थित महानुभावहरुलाई देखाएका थिए ।
       विद्यार्थी आशिष श्रेष्ठको उमेर १५ वर्ष मात्र रहेको छ । फलामबाट निर्मित उक्त मोटरबोटको लम्बाई ९ फिट रहेको छ ।
       आफ्नो देशमा उत्पादन भएका यस्ता मेधावी विद्यार्थीहरुलाई सरकारले पनि प्रोत्साहन दिनुपर्ने स्टेप बाइ स्टेप उच्च मा.वि.का प्राचार्य निर्मला बराले बताउनुभयो । विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालले विद्यार्थी आशिष सानै कक्षादेखि जागरुक, उत्सुक र त्यस्ता कामप्रति बढी चासो राख्ने भएकाले मोटरबोटको सफल परीक्षण भएको धारणा व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Please, comment about this article.