Wednesday, June 27, 2012

अखिल नेपाल किसान महासंघ कास्कीले धान रोपाई महोत्सव गरी असारे पन्ध्रम मनाउने

   विगतका वर्षहरुमा जस्तै यस वर्ष असार १५ को अवसरमा अखिल नेपाल किसान महासंघ  कास्कीले            किसान दिवसको रुपमा धान रोपाइँ गरेर मनाउने भएको छ ।
       अखिल नेपाल किसान महासंघ गण्डकी अञ्चल समन्वय समितिको सहयोग रहने धान रोपाइँ कार्यक्रम पोखरा उपमहानगरपालिका वडा नं.१३ मा पर्ने काहूँखोला तल्लो बउर सिद्धाथान नजिक आयोजना गरिनेछ ।
       स्थापना कालदेखि नै किसानको हक हित र अधिकारका लागि स्थापित यस महासंघ विविध कार्यक्रम गर्दै आएको छ । यस धान रोपाइँ कार्यक्रममा सहभागी भएर सफल पारिदिनु हुन एवं असारे १५ कार्यक्रमलाई महोत्सवका रुपमा मनाउन सम्पूर्ण किसान दाजुभाई दिदीबहिनीहरुमा अखिल नेपाल किसान महासंघ कास्कीले एक प्रेस विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

No comments:

Post a Comment

Please, comment about this article.