Tuesday, June 26, 2012

विश्व लागूऔषध ओसारपसार विरुद्धको दिवसको अवसरमा बृहत सचेतना ¥याली सम्पन्न

       विकृति विसंगतिको अन्त्य, सभ्य समाजको परिकल्पना हाम्रो चाहना भन्ने मूल उद्देश्यका साथ स्थापित सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा २५ औं विश्व लागूऔषध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार बृहत सचेतनामूलक ¥याली सम्पन्न भयो ।
       पोखराको शहीदचोकबाट शुरु भएको उक्त ¥याली लेकसाइड हल्लनचोक हुँदै सामुदायिक सेवा केन्द्र बैदामको प्राङ्गणमा पुगी समापन भएको थियो ।
      उक्त ¥यालीमा विभिन्न संघसंस्था, आमा समूह, लेकसाइड क्लव, पर्यटन व्यवायी, बैदामस्थित साइनिङ्ग स्टार आ.मा.वि., फेवा बोर्डिङ्ग स्कूल, पोखरा क्याम्ब्रिज, शुभकामना बोर्डिङ्ग स्कूलका विद्यार्थी तथा शिक्षकहरु, कास्की पोखरा स्थित विभिन्न सामुदायिक सेवा केन्द्रका अध्यक्ष एवं पदाधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत स्थानीय व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
       पश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख राजेन्द्र सिंह भण्डारीको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रम संस्थाका सदस्य हिरु पुनको संयोजकत्वमा भएको थियो भने कार्यक्रममा जगदम्बा आमा समूहका अध्यक्ष दुर्गादेवि पहारी, लेकसाइड क्लवका महासचिव बिमल न्यौपाने लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।
       संस्थाका अध्यक्ष एकराज न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष पम्फा पहारीले स्वागत मन्तव्य तथा सचिव भेषराज अधिकारीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.