Tuesday, July 3, 2012

मुलुकलाई दोहोयाउने सद्गुरुको खाँचो

 मंगलबार पोखरामा आयोजित गुरुपूर्णिमा तथा व्यास जयन्ती कार्यक्रममा अधिकांश वक्ताले नेपाललाई असफल राष्ट्रहुनबाट जोगाउने सद्गुरुको खाँचो भएको निष्कर्ष निकालेको छ । श्रीकृष्ण प्रणामी सेवा समिति कास्कीद्वारा आयोजित धार्मिक सभामा सनातन धर्म सेवा समिति कास्कीका अध्यक्ष रवीन्द्र माकाजूले सद्गुरुले हरेक समस्याको समाधान गर्ने भएकाले सनातन धर्ममा बन्दनीय र पूज्य भएको धारणा राख्नुभयो । व्यक्ति उपयोगी र सहयोगी बन्नुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो–‘अहिलेको आवश्यकता भनेको जातीय र धार्मिक सद्भाव हो, विद्धेष होइन ।’कार्यक्रममा समितिका सल्लाहकार तथा पूर्व अध्यक्ष घनश्याम वानियाले भन्नुभयो,–‘सद्गुरु भनेको ट्राफिक प्रहरी जस्तै हुन् जसले घटना र दुर्घटना हुनबाट रोक्छ ।’ समितिका सह–कोषाध्यक्ष राजन शर्मा तिमिल्सिनाले गुरुलाई वेवास्ता गर्ने परीपाटीले नै समाजमा दुःख र अशान्ति निम्तिएको धारणा राख्नुभयो भने वाइज्यूराज संघका अध्यक्ष श्रीमती जानुका चालिसेले सद्गुरु समयको आवश्यकता हो भन्नुभयो । कार्यक्रममा कृष्ण प्रणाली सेवा समितिका सदस्य भागिरथी बराल, प्रेम साकार लगायतका वक्ताले गुरु महिमा बारे चर्चा गर्नुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.