Sunday, February 5, 2012

सहिद स्मृति पुस्तकालयलाई आर्थिक सहयोग प्रदान


पोखरा ५ मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजद्वारा सञ्चालित सहिद स्मृति पुस्तकायलाई आर्थिक सहयोग प्रदान हुने क्रम जारी छ ।
       प्राज्ञ हरिदेवि कोइरालाले ५ हजार ५ प्रदान गर्नुभएको छ । त्यसैगरी पोखरा ५ निवासी दीपेन्द्र भण्डारीले ५ हजार १ सय ११, बमबहादुर मल्लले ५ हजार १ सय ५, जागृति महिला समूहबाट ५ हजार ५, स्व.सूरेन्द्र पराजुलीको स्मृतिमा श्रीमती नारायणी पराजुलीबाट ५ हजार ५, स्व.डिल्लीरमण भूत्र्यालको स्मृतिमा श्रीमति भद्री भूत्र्यालबाट ५ हजार ५, कौशिला खड्काबाट १ हजार १ सय, बीरबहादुर नेपालीबाट २ हजार ५०, शिवराम लम्सालबाट १ हजार ५, लक्ष्मी प्रसाद कोइराला र डा.दिनेश कोइरालाबाट १ हजार १ सय प्राप्त भएको छ ।
       सहिद स्मृति पुस्तकालय नवनिर्मित नयाँ भवनमा माघ १६ सहिद दिवसदेखि संचालनमा आएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर इकाईको भेला तथा प्रशिक्षण सम्पन्न


       नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय इकाईको आयोजनामा भेला तथा प्रशिक्षण संगठनको समाहल पृथ्वीचोकमा सम्पन्न भयो ।

       कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव रुद्रबहादुर खत्रीले मजदुर साथीहरुले अधिकारको कुरा गरिरहँदा आफ्नो कर्तव्यको पनि ख्याल गर्नुपर्ने बताउनुभयो । भेलालाई शुभकामना मन्तव्य दिंदै केन्द्रिय सल्लाहकार इन्द्रबहादुर गुरुङ्गले सम्पूर्ण यातायात मजदुरहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा गोलबद्ध हुनुपर्ने बताउनुभयो ।

       भेलामा केन्द्रीय सदस्य कर्णसिंह गुरुङ्ग, जिफण्ट अञ्चल सदस्य नन्दलाल अधिकारी, अञ्चल अध्यक्ष विष्णु बहादुर खत्री, अञ्चल सचिव कमलप्रसाद पौडेल, सदस्य मिनप्रसाद कोइरालाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
       इकाई अध्यक्ष रत्नबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बाबुराम रानाले राख्नुभएको थियो भने कार्यक्रमको संचालन इकाइका सचिव दीपक रोकामगरले गर्नुभएको थियो । कार्यक्रममा स्कूलबसमा कार्यरत १ सय ४० जना मजदुरहरुको सहभागिता रहेको थियो ।

लियो क्लव अफ चौतारीद्वारा रासन वितरण



लियो क्लव अफ पोखरा चौतारी पोखराले पोखरा बृद्धाश्रम सितापाइलामा खाद्यान्न वितरण गरेको छ । कार्यक्रम संयोजक लियो दीपेन्द्र कोइरालाको छोरी दिक्षा कोइरालाको जन्मदिनको अवसर पारेर दशहजार बराबरको खाद्यान्न सामग्री वितरण गरिएको हो ।
       लायन्स क्लव अफ पोखरा चौतारीका अध्यक्ष लायन हरिहर सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लियो दिलिप शाक्य, लियो राम थापा, बृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले बोल्नुभएको थियो ।
       क्लवका अध्यक्ष लियो महेन्द्र रानाको सभापतित्वमा भएको कार्यक्रमको संचालन लियो बिक्रम थापाले गर्नुभएको थियो ।