Sunday, February 5, 2012

लियो क्लव अफ चौतारीद्वारा रासन वितरण



लियो क्लव अफ पोखरा चौतारी पोखराले पोखरा बृद्धाश्रम सितापाइलामा खाद्यान्न वितरण गरेको छ । कार्यक्रम संयोजक लियो दीपेन्द्र कोइरालाको छोरी दिक्षा कोइरालाको जन्मदिनको अवसर पारेर दशहजार बराबरको खाद्यान्न सामग्री वितरण गरिएको हो ।
       लायन्स क्लव अफ पोखरा चौतारीका अध्यक्ष लायन हरिहर सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लियो दिलिप शाक्य, लियो राम थापा, बृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले बोल्नुभएको थियो ।
       क्लवका अध्यक्ष लियो महेन्द्र रानाको सभापतित्वमा भएको कार्यक्रमको संचालन लियो बिक्रम थापाले गर्नुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.