Sunday, February 5, 2012

नेपाल यातायात स्वतन्त्र मजदुर इकाईको भेला तथा प्रशिक्षण सम्पन्न


       नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निजी तथा आवासीय विद्यालय इकाईको आयोजनामा भेला तथा प्रशिक्षण संगठनको समाहल पृथ्वीचोकमा सम्पन्न भयो ।

       कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव रुद्रबहादुर खत्रीले मजदुर साथीहरुले अधिकारको कुरा गरिरहँदा आफ्नो कर्तव्यको पनि ख्याल गर्नुपर्ने बताउनुभयो । भेलालाई शुभकामना मन्तव्य दिंदै केन्द्रिय सल्लाहकार इन्द्रबहादुर गुरुङ्गले सम्पूर्ण यातायात मजदुरहरु नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा गोलबद्ध हुनुपर्ने बताउनुभयो ।

       भेलामा केन्द्रीय सदस्य कर्णसिंह गुरुङ्ग, जिफण्ट अञ्चल सदस्य नन्दलाल अधिकारी, अञ्चल अध्यक्ष विष्णु बहादुर खत्री, अञ्चल सचिव कमलप्रसाद पौडेल, सदस्य मिनप्रसाद कोइरालाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
       इकाई अध्यक्ष रत्नबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बाबुराम रानाले राख्नुभएको थियो भने कार्यक्रमको संचालन इकाइका सचिव दीपक रोकामगरले गर्नुभएको थियो । कार्यक्रममा स्कूलबसमा कार्यरत १ सय ४० जना मजदुरहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.