तनहुँको दमौलीमा हरफ युवा साहित्य अभियानद्धारा संचालित रेडियो
भानुभक्तले आफ्नो दोस्रो वार्षिकउत्सवका अवसरमा पोखरेली युवा
साहित्यकार तथा सञ्चारकर्मी रुपिन्द्र प्रभावी ‘कटु’लाई युवा साहित्य सम्मान
प्रदान गर्ने भएको छ ।
कटुलाई हालै साहित्यकार दुर्गाबहादुर शाह ‘बाबा’द्वारा स्थापित बाबा साहित्य
साधक सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो भने अक्षरयात्रा प्रतिभा
पुरस्कार–२०६८ यही माघ २१ गते प्रदान गरिने यसअघि नै घोषणा भइसकेको छ ।
नेपाली भाषाको एकीकरण गर्ने साहित्यकार आदिकवि भानुभक्त आचार्यको
नामबाट स्थापना गरिएको रेडियोले वार्षिकउत्सवको अवसरमा विभिन्न साहित्यिक
तथा साङगीतिक विधाका कलाकारहरुलाई सम्मान गर्ने क्रममा कटुसँगै लोकगायक
पशुपति शर्मा, लोकगायिका राधिका हमाल, कृष्ण शताब्दी, घनश्याम रिजाल, शंकर
विरहि गुरुङ, दिपेन्द्र आले, करण तामाङ, गगन गुरुङ, ,सुरज
भीरखोइरेलगायतलाई सम्मान गरिने रेडियोका अध्यक्ष रमेश अधिकारीले
बताउनुभयो ।
साहित्यकार तीर्थ श्रेष्ठको प्रमुख आतिथ्यमा माघ १६ गते रेडियो भानुभक्तले
विविध कार्यक्रमसहित दमौलीमा आफ्नो दोस्रो वार्षिकोत्सव मनाउँदै छ ।






