Sunday, January 29, 2012

मुक्ति समाजको छैठौं जिल्ला सम्मेलन माघ १६ मा हुने

      मुक्ति समाज कास्कीको छैठौं जिल्ला सम्मेलन माघ १६ गते र १७ गते पोखरामा सम्पन्न हुने भएको छ । माघ १६ गते ने.क.पा.(एमाले) पोलिटव्यूरो सदस्य एवं पूर्व कृषि मन्त्री छविलाल विश्वकर्माले पोखरा उद्योग बाणिज्य संघको सभाहलमा उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।
       उद्घाटनपूर्व चिप्लेढुङ्गा विपिचोकबाट बिहान १२:०० बजे बाजागाजा, झण्डा व्यानर सहित जुलुस प्रदर्शन हुने कार्यक्रम रहेको छ ।
       उत्पीडितहरुको राष्ट्रिय स्वाभिमानः संघीय गणतन्त्रात्मक नयाँ संविधान नाराका साथ प्रारम्भ हुने सम्मेलनमा कास्की जिल्लाभरिका गा.वि.स.र नगरका वडाबाट २ सय २३ जना प्रतिनिधिले भाग लिनेछन् । कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाज नेपालका अध्यक्ष जितु गौतम लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मुक्ति समाज कास्की सम्मेलनको उद्घाटन कार्यक्रममा सहभागी भैदिनु हुन हार्दिक अनुरोध गर्दछ ।

No comments:

Post a Comment

Please, comment about this article.