Sunday, January 29, 2012

साइनिङ्ग स्टारमा शैक्षिक प्रदर्शनी


       पोखरा उपमहानगरपालिका वडा नं.६ लेकसाइडस्थित साइनिङ्ग स्टार आवासीय मा.वि.ले दोस्रो शैक्षिक प्रदर्शनी २०६८ कार्यक्रम सम्पन्न गरेको छ ।
       हल्याण्डका दुईजना समाजसेवीद्वारा अवलोकन कार्यको शुभारम्भ गरिएको उक्त प्रदर्शनीमा विज्ञान, गणित, सामाजिक, नेपाली भाषा तथा व्याकरणसँग सम्बन्धित प्रस्तुतीहरु रहेका थिए ।
       कक्षा ९ का छात्रहरुद्वारा बनाइएको रोवर्ट र वातावरण संरक्षणसँग सम्बन्धित हरितगृहको प्रभाव शीर्षकको प्रदर्शनी विशेष आकर्षण केन्द्र बनेका थिए ।
       विज्ञान विभागका प्रमुख कृष्ण गिरीको संयोजकत्वमा आयोजित उक्त प्रदर्शनीमा विज्ञान क्षेत्रसँग सम्बन्धित ३५, गणित विषयसँग सम्बन्धित २२ प्रयोगात्मक सामग्रीहरु राखिएका थिए । यसैगरी अन्य विषयसँग सम्बन्धित ४३ गरी जम्मा १ सय सामग्री प्रदर्शनीमा राखिएका थिए ।
       बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चलेको उक्त प्रदर्शनी अभिभावक एवम् अन्य विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले अवलोकन गरेका थिए । शैक्षिक प्रदर्शनी भव्यरुपमा सफल भएकोमा विद्यालयका प्राचार्य नारायणप्रसाद पाण्डेले आफ्ना शिक्षक एवम् विद्यार्थीहरुलाई बधाई दिंदै वार्षिक रुपमा यस प्रकारका कार्यक्रम राख्नाले विद्यार्थीहरुको सीप सिकाइमा बृद्धि हुने र यस्ता कार्यक्रमले पठनपाठनमा पनि रुचि जगाउने बताउनु भयो ।

No comments:

Post a Comment

Please, comment about this article.