Sunday, January 29, 2012

स्मारिका विमोचन तथा छात्रवृत्ति कार्यक्रम

        ममिता गौतम स्मृति प्रतिष्ठानद्वारा प्रकाशत स्मारिका विमोचन तथा गरिब, दलित तथा जेहेन्दार छात्रवृत्ति वितरण कार्यक्रम संविधानसभा सदस्य सूर्यबहादुर के.सी.को प्रमुख आतिथ्यतामा कृष्ण मन्दिर रामबजारमा सम्पन्न भयो ।
       उक्त कार्यक्रममा प्रमुख अतिथि सभासद् के.सी.ले प्रतिष्ठानले गरेको सामाजिक कार्यको सराहना गर्दै प्रतिष्ठानबाट वितरित छात्रवृत्तिले दक्ष, अनुशासित विद्यार्थी जन्माउन महत्वपूर्ण सहयोग पु¥याउने छ भन्ने विचार राख्नुभयो । उहाँले राष्ट्रियताको संरक्षण गर्ने र सबैले समान अधिकार प्राप्त गर्ने संविधान जेठ १४ गतेभित्रै बन्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।

       कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार डा.एलियाम्मा जोनले ममिता जस्ती लगनशील, मेहनती, उत्कृष्ट नमूना विद्यार्थीलाई छोटो अवधिमात्र बढाउन पाएँ भन्दै उनको नाममा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु ममिता जस्तै बन्नुपर्ने विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा विश्व हिन्दु महासंघका खरिलाल विश्वकर्मा, डा.रविलाल अधिकारी, जीवनाथ पौडेल, सुरेन्द्र थापा मगर, गणेश बराइली, रामबजार तायामचा नाच समितिका अध्यक्ष सम्मरबहादुर श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
       उक्त अवसरमा अमरसिंह उच्च मा.वि.बाट २ जना, कालिका उच्च मा.वि.बाट १० जना, कुँडहर प्रा.वि.बाट ३ जना र सिद्ध उ.मा.वि.फलेपाटनबाट ३ जना गरी जम्मा १८ जनालाई छात्रवृत्ति प्रदान गरियो । साथै स्मारिकामा लेख, रचना उपलब्ध गराउने लेखकवर्ग तथा विज्ञापनदातालाई सम्मान गरिएको थियो ।
       प्रतिष्ठानका अध्यक्ष ऋषिराम विश्वकर्माको सभपातित्वमा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष बमबहादुर घतानेले स्वागत मन्तव्य र प्रतिष्ठानका सचिव लालसिंह घतानेले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.