Monday, July 12, 2010
अविरल वर्षासँगै पहिरोले कास्कीको ७ घर बगायो
अविरल वर्षासँगै गएको पहिरोले कास्कीको सिल्दुजुरे गाविस वडा नम्वर चार चाँसुमा ७ घर बगाएको छ ।पहिरोले चाँसु गाँउका रुपबहादुर गुरुङ, नन्द गुरुङ, कृष्ण गिरी, डन गुरुङ, नानुँमाया बराल, हिराबहादुर क्षेत्री र तेजबहादुर गुरुङको घर बगाएको हो । त्यसैगरि पहिरोले पोखरा उपमहानगरपालिका गैहाखेतका शिव सुनार, प्रकाशकुमार श्रेष्ठ, बासुदेव श्रेष्ठको पक्की घरमा पनि क्षति पुगेको छ । अविरल वर्षासँगै आएको वाढीले निर्मलपोखरी गाविस वडा नम्वर पाँचका धर्मदत अधिकारीको एउटा गोठ र २ रोपनी जग्गा समेत वगाएको छ ।
Sunday, July 11, 2010
Bike accident in Chitwan district
Last night one bike took in accident in eastern part of Chitwan. Person was killed on the spot. Name of person is 22 years aged Rashi Bhusal.Bike number is NA 10 PA 9040.Yam Bhusal was seriously injured. Injured person is hospitalized in Baratpur medical college. (Source police)
Habitation and live were destroyed due to sliding of land in Western Development Region and death rate pools to five.
अविरल वर्षासँगै विभिन्न जिल्लामा गएको पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ भने पाँच जना वेपत्ता भएका छन् । कास्कीको भिजुरेडाँडा गाविस–८ मा आज बिहान माइला दमाईको घर पहिरोले बगाउँदा उहाँका एक छोरा र दुई छोरीको मृत्यु भएको छ । घरमा सुतिरहेको बेला पहिरोले पुरिँदा १२ वर्षीय राजेन्द्र, सात वर्षीया शोभा र चार वर्षीया सुकमायाको मृत्यु भएको हो । माइला दमाई, उहाँकी श्रीमती र अन्य दुई छोरा भने सुरक्षित स्थानतर्फ भाग्न सफल भएका थिए । कास्कीको कृस्टी गाविस–९ स्थित बलबहादुर परियारको घर पहिरोले पुरिँदा एकै परिवारका पाँच जना वेपत्ता भएका छन् । लेखनाथ नगरपालिका एक एक्लेकुनाका रुद्रबहादुर तामाङको घर पनि पहिरोले बगाएको छ । यसैगरी स्याङ्जाको फेदीखोला गाविस जोगिस्थानमा पहिरोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । फेदीखोला गाविस २७ वर्षीया गंगा महत र उहाँका चार वर्षीय छोरा कुशलको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
10 people were killed in Kaski and Syangja due to landslide
कास्की र स्याङजाका बिभिन्न स्थानमा अबिरल बर्षा सहित आएको बाढी पहिरोमा परि १० जनाको मृत्यु भएको छ । कास्कीमा मात्रै पहिरोमा परि ८ जनाको मृत्यु भएको छ । कास्कीको क्रिष्टीनाच्ने चोर भिस्वारमा पहिरोमा परि पूर्णबहादुर सार्कीको परिवारका पाँचै जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पूर्णवहादुर, माया सार्की, पुजा सार्की, प्रिया सार्की र प्रियङका सार्की रहेका छन् । यसैगरि कास्कीकै मिजुरे गहतेमा आइतबहादुर परियारका तीन जनाको मृत्यु भएको छ । आइतवहादुर गम्भीर घाइते भएका छन् भने उन्को परिवारका सुब्बा परियार, सुकमाया परियार र राजेन्द्र परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरि स्याङजाको फेदीखोला गाबिस जोगिस्थानमा पहिरोका कारण २७ बर्षिया गंगा महत र उन्का चार बर्षिय छोरा कुशल महतको मृत्यु भएको छ । अविरल बर्षासंग आएको बाढी पहिरोका कारण देशका बिभिन्न भाग जलमग्न भएका छन् भने केहि स्थानमा राजमार्ग अवरुद्ध भएका छन् ।
Friday, July 9, 2010
Inforamtion about crime in Pokhara
- मिति २०६७।३।१७ गते वर्ष १६ कि मिना पाठक (नाम परिवर्तन) लाई डर, धाक धम्की तथा प्रलोभनमा पारीगर्भपतन गराएको अभियोगमा स्याङ्गजा वाङ्गसिङ्ग ५ बस्ने मिन बहादुर बि.क. , कास्की भदौरे ७ घर हुनेवर्ष १७ को सुमन बि.क., कास्की पुम्दीभुम्दी १ बस्ने वर्ष ३१ को रुपा बि.क. समेतलाई पक्राउ गरि गर्भपतनमुद्धामा कारवाही चलाईएको ।
Subscribe to:
Comments (Atom)