Sunday, July 11, 2010

10 people were killed in Kaski and Syangja due to landslide

कास्की र स्याङजाका बिभिन्न स्थानमा अबिरल बर्षा सहित आएको बाढी पहिरोमा परि १० जनाको मृत्यु भएको छ । कास्कीमा मात्रै पहिरोमा परि ८ जनाको मृत्यु भएको छ । कास्कीको क्रिष्टीनाच्ने चोर भिस्वारमा पहिरोमा परि पूर्णबहादुर सार्कीको परिवारका पाँचै जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पूर्णवहादुर, माया सार्की, पुजा सार्की, प्रिया सार्की र प्रियङका सार्की रहेका छन् । यसैगरि कास्कीकै मिजुरे गहतेमा आइतबहादुर परियारका तीन जनाको मृत्यु भएको छ । आइतवहादुर गम्भीर घाइते भएका छन् भने उन्को परिवारका सुब्बा परियार, सुकमाया परियार र राजेन्द्र परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरि स्याङजाको फेदीखोला गाबिस जोगिस्थानमा पहिरोका कारण २७ बर्षिया गंगा महत र उन्का चार बर्षिय छोरा कुशल महतको मृत्यु भएको छ । अविरल बर्षासंग आएको बाढी पहिरोका कारण देशका बिभिन्न भाग जलमग्न भएका छन् भने केहि स्थानमा राजमार्ग अवरुद्ध भएका छन् ।

No comments:

Post a Comment

Please, comment about this article.