Sunday, July 11, 2010

Habitation and live were destroyed due to sliding of land in Western Development Region and death rate pools to five.

अविरल वर्षासँगै विभिन्न जिल्लामा गएको पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ भने पाँच जना वेपत्ता भएका छन् । कास्कीको भिजुरेडाँडा गाविस–८ मा आज बिहान माइला दमाईको घर पहिरोले बगाउँदा उहाँका एक छोरा र दुई छोरीको मृत्यु भएको छ । घरमा सुतिरहेको बेला पहिरोले पुरिँदा १२ वर्षीय राजेन्द्र, सात वर्षीया शोभा र चार वर्षीया सुकमायाको मृत्यु भएको हो । माइला दमाई, उहाँकी श्रीमती र अन्य दुई छोरा भने सुरक्षित स्थानतर्फ भाग्न सफल भएका थिए । कास्कीको कृस्टी गाविस–९ स्थित बलबहादुर परियारको घर पहिरोले पुरिँदा एकै परिवारका पाँच जना वेपत्ता भएका छन् । लेखनाथ नगरपालिका एक एक्लेकुनाका रुद्रबहादुर तामाङको घर पनि पहिरोले बगाएको छ । यसैगरी स्याङ्जाको फेदीखोला गाविस जोगिस्थानमा पहिरोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । फेदीखोला गाविस २७ वर्षीया गंगा महत र उहाँका चार वर्षीय छोरा कुशलको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.