Monday, July 12, 2010

अविरल वर्षासँगै पहिरोले कास्कीको ७ घर बगायो

अविरल वर्षासँगै गएको पहिरोले कास्कीको सिल्दुजुरे गाविस वडा नम्वर चार चाँसुमा ७ घर बगाएको छ ।पहिरोले चाँसु गाँउका रुपबहादुर गुरुङ, नन्द गुरुङ, कृष्ण गिरी, डन गुरुङ, नानुँमाया बराल, हिराबहादुर क्षेत्री र तेजबहादुर गुरुङको घर बगाएको हो । त्यसैगरि पहिरोले पोखरा उपमहानगरपालिका गैहाखेतका शिव सुनार, प्रकाशकुमार श्रेष्ठ, बासुदेव श्रेष्ठको पक्की घरमा पनि क्षति पुगेको छ । अविरल वर्षासँगै आएको वाढीले निर्मलपोखरी गाविस वडा नम्वर पाँचका धर्मदत अधिकारीको एउटा गोठ र २ रोपनी जग्गा समेत वगाएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.