Monday, November 18, 2019

वडाध्यक्षद्वारा घार्मी सडकको निरीक्षण

शिशिर
पोखरा ०२ मंसिर
तिव्र रुपमा निर्माण कार्य भैरहेको अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडकको पोखरा १९का वडाध्यक्ष शोभामोहन पौडेल सहितको टोलीले निरीक्षण गरेको छ ।

पोखरा महानगर पालिका वडा नं. १६ र १९ लाई समेटेर निर्माण भैरहेको करिव १२ किलोमिटर सडक अन्र्तगत हाल ४ किलोमिटर सडक खण्डमा ठेकेदार कम्पनी जि एस आर निर्माण सेवाले सडक निर्माणलाई तिव्रता दिएको छ । भौतिक योजना तथा पुर्वाधार मन्त्रालय गण्डकी प्रदेश सरकारको आयोजना अन्र्तगत कुल ७ करोड ८२ लाखमा ठेक्का लिएको कम्पनीले सडक चक्ल्याउने, नाला निर्माण र रिटेलिङ्ग वालको निर्माण सम्पन्न गरेको छ भने गा्रभेल राख्ने काम शुरु भएको उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलले जानकारी दिनुभयो । निरीक्षणका क्रममा वडाध्यक्ष पौडेलले सडकका सुपरभाइजर राजु गुरुङसँग निर्माणका विविध पक्षका विषयमा जानकारी लिनुभएको थियो ।

त्यस अवसरमा उहाँले सडक गुणस्तरयुक्त हुनुपर्नेमा जोड दिदै, कुनै किसिमको हेलचक््रयाई नगर्न सुझाव दिनुभयो । वडाध्यक्ष पौडेलले भैरहेको काम सन्तोषजनक रहेको वताउदै तिव्र रुपले काम भैरहेकाले यसले छिट्टै पुर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । पौडेलले यस सडक निर्माणमा जनताको अधिक पसिना  वगेको स्मरण गर्दै छिट्टो काम सम्पन्न गर्न पनि निर्देशन दिए । पछिल्लो समय वडाभित्र भैरहेका विकास निर्माणका कामको अनुगमनमा सक्रिय वन्नुभएका वडाध्यक्ष पौडेलले वस्ती वचाएर सडक निर्माण गर्नु चुनौतीपुर्ण रहेको भएपनि स्थानियको सहयोगले कठिन काम पनि पुरा भएको वताउनुभयो । निरीक्षण टोलीमा वडाध्यक्ष पौडेल सहित नेकपाका वडा सचिव निर्मल वास्तोला र उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेल सहभागी हुनुहुन्थ्यो ।

उक्त सडकलाई राष्टिय योजनामा पार्न हाल गण्डकी प्रदेशका सासंद रहेका तत्कालिन मन्त्री कुमार खड्काले भुमिका खेल्नु भएको थियो । यसैविच सडक निर्माणसँगसगै अवरुद्घ वनेको यातायात सेवा छिट्टै संचालनमा ल्याउने समितिले जनाएको छ ।यस्तै लामाचौरकै गौरवको रुपमा रहेको लिफ्टीङ्ग खानेपानी आयोजनाको काम पनि भैरहेको छ । आयोजना अन्र्तगत घार्मीमा टंकी निर्माणको काम अन्तिम चरणमा पुगेको र टंकी निर्माणको काम सम्पन्न भएपछि लाईन वितरणको काम शुरु गरिने वडाध्यक्ष पौडेलले जानकारी दिनुभयो । हाल वडा नम्वर १९ भित्र विकास निर्माणका विभिन्न कार्यले तिव्रता पाएका छन् ।

परोपकार महासंघ बैदामको अध्यक्षमा तुलसी दाहाल

 पोखरा, २ मंसिर ।
 राष्ट्रिय परोपकार महासंघ नेपाल पोखरा ६ बैदामको अध्यक्ष तुलसी दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

पोखरामा भएको दशौँ साधारणसभा तथा पाँचौं अधिवेशनले दाहालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । नयाँ समितिको उपाध्यक्षमा जुना अधिकारी, सचिवमा भिष्मा नेपाली, कोषाध्यक्षमा हरिराज कोइराला चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा कोपीला सापकोटा, पवित्रा कँडेल, मैया कँडेल, दुर्गा प्रसाद तिमिल्सेना, रामजी प्रसाद पहारी, हरि प्रसाद पहारी चयन हुनुभएको छ ।

यसअघि कार्यक्रमको उद्घाटन भागवत बाचक पण्डित ठाकुरा प्रसाद पराजुलीले गर्नुभएको थियो । उहाँले मानवसेवामा परोपकारी हिसावले लाग्न सबैलाई अनुरोध गर्नुभयो । कार्यक्रम

महासंघ बैदामका अध्यक्ष गिरिराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन सचिव जुना अधिकारीले गर्नुभएको थियो ।

Tuesday, March 12, 2019

पोखरा वडा नं. १० मा केन्द्रीय अनुगमन टोलीको अन्तरक्रिया-Pokhara-News


पोखरा, २७ फागुन ।
पोखरा महानगर पालिका वडा समिति कार्यालय वडा नं -१० का वडा प्रतिनिधि तथा कर्मचारीहरूको ३ दिने अबलोकन भ्रमणमा चितवन, नवल परासी, लुम्बिनी, बुटवल, पाल्पाको अबलोकन सम्पन्न भएको छ ।
उक्त ३ दिने अबलोकन भ्रमणमा वडा सदस्य एवं अबलोकन भ्रमणका संयोजक सम्मर बहादुर श्रेष्ठको प्रतिनिधित्वमा भ्रमणमा निस्केका वडाका टोलीलाई वडा नं १० का वडा अध्यक्ष राज कुमार गुरुङ्गले ३ दिने अबलोकन भ्रमणले थोरै भएपनि वडा बिकास गराउन सहयोग पुर्याउने बताउनु हुदै भ्रमणको सफलताको शुभकामना दिनुहुदै बिदाई गर्नु भयो ।
उक्त अबलोकन भ्रमणमा पोखरा महानगर पालिका वडा समिति कार्यालय वडा नं -१० बाट बिदाईका साथ प्रस्थान गरेको ३ दिने अबलोकन भ्रमणमा वडा सदस्य सम्मर बहादुर श्रेष्ठ, वडा सचिव महेन्द्र बहादुर खवास समेत १३ जनाको टोलीले चितवन, नवल परासीको सास्वत धाम, रेलमार्ग, लुम्बिनीको गौतम बुद्ध जन्मस्थल, बुटवलको मणीमौकुन्द सेन उधान पार्क, सिद्धबाबा मन्दिर, पाल्पाको श्री नगर र रानी महलको अबलोकन गरिएको  कार्यक्रमका संयोजक एवं वडा सदस्य सम्मर बहादुर श्रेष्ठले बताउनुहुदै उक्त अबलोकन भ्रमणमा अन्य नगर पालिकाका वडाले गरेका विकासका कार्य र अन्य अफिसियल कामकाजमा सुधार गरि वडा बिकासमा अझ अग्रसर हुनुपर्नेमा श्रेष्ठले बताउनु भएको थियो । 
भ्रमण टोलीलाई तानसेन नगर पालिका कार्यालयका राजस्व बिभागका अधिकृत मधुसुधन घिमिरेको सहयोग मा रानी महल अनुगमन रानी महल स्थापना र त्यसको महत्वो बारे जानकारी गराउनु हुदै आउदा दिनमा पाल्पाको वडा र पोखरा को वडाको भागिनी सम्बन्ध बनाउन पहल गर्ने बताउनु भयो ।
उक्त अबलोकन भ्रमण कार्यक्रममा वडा सचिव महेन्द्र बहादुर खवासले ३ दिने भ्रमणले पोखराको बिकास संगसंगै अन्य क्षेत्रका नगर पालिका वडाको काम गर्ने सैलीबाट भ्रमण टोलीको केहि क्षमता वृद्धि भएको बिचार राख्नु हुदै भ्रमण सफल भएको बताउनु भयो ।

पर्वतमा सवारी दुर्घटना-Road Accident-Parbat-Nepal

पोखरा,फागुन-७ गते
 कुश्मा नगरपालिका-८ दोबिल्ला स्थित पोखरा - बाग्लुङ सडक खण्डमा डिमुवाबाट कुश्मा तर्फ आउँदै गरेको ध १ प ६८४ नं.को मोटरसाईकल अचानक सडकबाट अन्दाजी २०/२५ मिटर तल खसी मोटरसाईकल चालक मोदी गाउँपालिका-६ बस्ने २७ वर्ष को रबिन्द्र के.सी घाईते भएको अवस्थामा आज मिति २०७५/११/२८ गते स्थानियले देखी उपचारको लागि पर्वत हस्पिटल प्रा.लि कुश्मा पठाएकोमा थप उपचारको लागि पोखरा पठाईएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

Monday, February 18, 2019

निशानको नयाँ गाडी ‘किक्स’ पोखरा बजारमा-THE NEW NISSAN KICKS LAUNCH IN POKHARA NEPAL



पोखरा संवाददाता
पोखरा, ६ फागुन । 
प्रिमियम मोटर्स प्रा.लि.पोखराले निशानको नयाँ गाडी ‘‘किक्स’’बजारमा ल्याएको छ । कम्पनीले नेपाली बजारमा किक्सले नयाँ उचाई पाउने दावी समेत गरेको छ । किक्सलाई मूल्य, ब्राण्ड र प्रिमियमनेशको हिसाबले ‘द इन्टिलिजेन्स एसयूभी’का रुपमा स्थापित हुने दावी प्रा.लि.का प्रबन्ध निर्देशक सिरोज विजय कोइरालाले गरे । 
सोमबार प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र प्रालिका प्रबन्ध निर्देशक कोइरालाले संयुक्त रुपमा किक्स गाडीको अनावरण गरे । सोमबार नै पाँचवटा किक्स गाडी बुकिङ समेत भएको प्रिमियम  कम्पनीले जानकारी दिएको छ । 
किक्सको फराकिलो भित्री भाग र स्टाइलिष्ट बाहिरी आवरणले ग्राहकहरुलाई आकर्षित गर्ने विश्वास प्रिमियम कम्पनीको छ । उत्कृष्ट विशेषता सहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा ईन्टी लेभलको ४७ लाख ९९ हजारमा र टप लेभलको  ५९ लाख ९९ हजारमा उपलब्ध भएको प्रशासकीय प्रमुख मोहन गिरीले जानकारी दिए । 
यस किक्स गाडीमा ८ इन्चको टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा संचालन गर्न सकिन्छ । साथै एलइडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश गरिएको कार्यक्रममा जानकारी दिईयो ।
यो एसयुभी गाडी डिजेल ईन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तिन प्रकारका र पेट्रोल ईन्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेका छन् । यसैगरी नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा बजारमा उपलब्ध रहेको प्रबन्ध निर्देशक कोइरालाले बताए । 
यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ्ग डाइनामिक्सलाई परिपूरकको काम गरेको छ । नयाँ निशान किक्सको पेट्रोल इन्जिनमा १.५ एचफोरकेको ५ स्पीड ,म्यानुअल ट्रान्समिसन रडिजेल इन्जिनमा १.५ केनाइनडी डीसीआईको ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध रहेको छ ।  
किक्सको माइलेज क्षमतालाई अति नै उत्तम मानिएको छ । पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्नसक्ने एआरएआईले प्रमाणित गरिसकेको कम्पनीको भनाई छ । निशान कम्पनीले यसलाई ‘द इन्टिलीजेन्स एसयूभी’का रुपमा चिनाएको छ । ‘यसको डाइमेन्सन असाध्यै उत्कृष्ट रहेको छ । यसको एक्सटेरियर निकै प्रिमियम खालको छ । ग्राउन्ड क्लियरेन्स, इन्टेरियर, सुरक्षा लगायतका फिचर उत्कृष्ट रहेका छन् । अहिलेको प्रतिस्पर्धी बजारमा ‘मूल्यका हिसावले पनि किक्स गाडी विशेष रहने छ । 
थप जानकारीका लागि प्रिमियम मोटर्स प्रा. लि.का प्रबन्ध निर्देशक सिरोज विजय कोइराला ९८५१११३७७७


Monday, February 4, 2019

कास्कीमा सवारी साधनमा आगो लगाई फरार व्यक्ति २ घन्टामा पक्राउ ।

पोखरा, २०  गते 
बिहान अं.०९:४० बजेको समयमा जिल्ला कास्की पोखरा म.न.पा.वडा न.०७ जिरो कि.मी. देखि फिर्के चौतारा जोड्ने भित्रि सडक खण्ड मासवार स्थित श्रीकृष्ण मा।वि।मासवारको गेट अगाडी काम बिशेषले प्रयोगमा भएको पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको निशान पिकअप गाडी लाई मो.सा. तथा स्कुटरमा आएका ४/५ जनाको अज्ञात समुहले बाटो छेकि  पेट्रोल छर्कि आगो लगाई फरार भएको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय कास्की पोखरा को कन्ट्रोलरुममा प्राप्त हुनासाथ तत्काल जि.प्र.का. कास्की बाट प्र.उ. ओम बहादुर राना र वडा प्रहरी कार्यालय बैदामबाट प्र.ना.उ.नविन कार्कीको कमाण्डमा टोली घटनास्थलमा खटी गई नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय  र महानगरपालीकाको दमकल समेतको सहयोगमा १०:०० बजे आगो नियन्त्रणमा लिईएको । आगजनी गरिएको सवारी साधन ७० %  भन्दा बढि जलि क्षति पुगेको ।
थप अनुसन्धानको निमित्त उक्त गाडी व.प्र.का.बैदाम कास्की लगिएको र चालकले दिएको हुलिया तथा गोप्य सूचनाको आधारमा जि.प्र.का.कास्की र व.प्र.का. वैदामबाट खटिएको थप टोलीले अ. ११:३० बजेको समयमा लेकसाईड स्थित स्ट्रिट नं.९ मा रहेको होटेलमा लुकिछिपि बसेको अबस्थामा घटनामा संलग्न निम्न अभियुक्तहरु लाई नियन्त्रणमा लिईएको । साथै निजहरुले घटना घटाउन प्रयोग गरेका ग८प ५८२३ नं.को स्कुटर, ग१४प १७२९ नं.को स्कुटर र बा५६प ३४८६ नं.को एभेन्जर मो.सा समेत नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको ।                                        
निम्न
१.जिल्ला कास्की पो.म.न.पा.वडा न.०६ लेकसाईड बस्ने बर्ष २३ को डिफान भुजेल ।
२.ऐ.वडा न.३२ बस्ने बर्ष ३३ को पर्शुराम बस्नेत ।
३.ऐ.वडा न.३० बस्ने बर्ष ३० को राजेन्द्र बराल ।
४.ऐ.ऐ. बस्ने वर्ष ३५ को लक्ष्मी प्रसाद पौडेल ।
५. ऐ.वडा न.३३ बस्ने बर्ष २२ को बिनय पौडेल ।

जलजलामा १ हजार १ सय ३५ जनाको स्वास्थ्य परीक्षण-Mega Health Camp Kaski Nepal





पोखरा, २० माघ ।
 पर्वतको जलजला गाउँपालिकास्थित श्री ग्राम प्रकाश माविमा वृहद स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा युनिटी चौतारीको आयोजनामा शनिबार क्याम्प भएको हो ।
शिविरमा १ हजार १ सय ३५ जनाको स्वास्थ्य परीक्षण गरिएको क्लबका संस्थापक अध्यक्ष सरस्वती गिरीले जानकारी दिइन् । हिमालयन आँखा अस्पताल, मनिपाल शिक्षण अस्पताल र कान्तिपुर डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरमा ३ सय ६९ जनाको आँखा परीक्षण गरिएको छ । उनीहरु मध्ये ९ जनाको मोतिया विन्दु देखिएको छ । मोतिया विन्दुको अप्रेसन समेत क्लबले निःशुल्न गर्ने गिरीले जानकारी दिइन् । ३ सय ४७ जनाको दन्त परीक्षण गरिएको छ भने ३ सय ९२ जना महिलाहरुको परीक्षण गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्सका पास्ट मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठले विकट क्षेत्रमा पुगेर लायन्सले स्वास्थ्य परीक्षण गरी सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए । 
क्लबका अध्यक्ष राजकुमारी थापाको सभापतित्वमा आयोजित कार्यक्रममा जोन चियरपर्सन सन्तोष घिमिरे, लायन्स लिडरहरु बालकृष्ण बराल, वसन्त गिरी, गोपाल थापा, कृष्ण कार्की, श्रीलाल चापागाईं, विद्यालयका प्राचार्य भवानीशंकर पौडेल, वडा अध्यक्ष तीलक बहादुर जिसी लगायतले बोलेका थिए । 
कार्यक्रमलाई सफल पार्न लायन्स क्लब अफ बेनी मल्लाज, नेपाल रेडक्रस सोसाइटी शालिजा लेकफाँट उपशाखा पर्वत, जलजला गाउँपालिका वडा नं. ५ र ६, लेकफाँट प्रहरी चौकी, सालिजा स्वास्थ्य चौकी लगायतको सहयोग गरेको क्लबले जनाएको छ ।

Monday, January 21, 2019

मौजाका विद्यार्थीलाई सेनिटरी प्याड तथा शैक्षिक सामग्री वितरण Pokhara News

पोखरा, ७ माघ ।
रोटरी क्लब अफ पोखरा न्युरोडले पोखरा–२० मौजाका विद्यार्थीलाई सेनिटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेको छ । रोटरी मोडल भिलेज अभियान अन्तर्गत क्लबले सोमबार मौजाको हिमालय माविका छात्रालाई पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण गरको हो ।
बाबा फाउन्डेसनसँगको सहकार्यमा क्लबले सेनिटरी प्याड, कापी, कलम लगायत सामग्री विद्यालयलाई हस्तान्तरण गरेको छ । प्रिमियर इन्स्योरेन्सको सहयोगमा क्लबले हाइजिन किट समेत सहयोग ग¥यो । रोटरी क्लबकै पहलमा उत्कृष्ट सय गन्तब्यभित्र परेको मौजालाई चार वर्षभित्र मोडल भिलेज बनाउने क्लबको योजना छ । क्लबले आधारभूत शिक्षा तथा साक्षरता, शुद्ध पिउने पानी तथा सरसफाइ, रोग निवारण, शान्ति तथा द्वन्द्व व्यवस्थापन, मातृ शिशु स्वास्थ्य र आर्थिक तथा सामुदायिक विकासको अवधारणा अघि सारेको छ । गत जेठदेखि क्लबले उक्त अवधारणामा विविध कार्यक्रम गर्दै आएको छ ।
क्लबका तर्फबाट मोडल भिलेज कार्यक्रमका संयोजक सुवास सिग्देलले नमूना गाउँ बन्न आवश्यक विद्यार्थीको स्वास्थ्य तथा सरसफाइलाई मध्यनजर गर्दै क्लबले उक्त सामग्री प्रदान गरेको बताए । ‘महिनावारी हुँदा कतिपय विद्यार्थी लाजले विद्यालय नै नआउने अवस्था छ,’ सहयोग हस्तान्तरण कार्यक्रममा उनले भने, ‘यो लाजको विषय होइन भन्नका लागि विद्यालयबाटै सेनिटरी प्याड उपलब्ध होस् भनेर सहयोग गरेका हौं ।’ उनले पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याडले वातावरण समेत दुषित नबनाउने उल्लेख गरे ।
क्लबका अध्यक्ष पुष्पकमल पौडेलले चार वर्षभित्र मोडल भिलेज घोषणा गर्न विद्यार्थीको उल्लेख्य भूमिका हुने बताए । ‘गाउँमा युवा र विद्यार्थीको सक्रिएता भएमात्रै हाम्रो अभियानले सफलता पाउँछ,’ उनले भने, ‘विद्यार्थीको आवश्यकताअनुसार स्टेसनरी र पोशाक पनि उपलब्ध गराउँछौं ।’ उनले मोडल भिलेजका लागि आवश्यक अन्य पूर्वाधार चार वर्षभित्र पुरा गर्ने जनाए । 
विद्यालयका प्रधानाध्यापक मणिराज परियारले छात्रालाई अत्यावश्यक रहेको सेनिटरी प्याड सहयोग गरेकोमा क्लबलाई धन्यवाद व्यक्त गरे । शैक्षिक सामग्रीको सहयोगले विद्यार्थीको सिर्जनशिलता बृद्धि हुने उनले अपेक्षा गरे । उक्त अवसरमा विद्यार्थीले मौजा होमस्टे सम्बन्धि गीत गाएर सुनाएका थिए । विद्यालयकी छात्रा एवं मोहरिया बाल क्लबकी अध्यक्ष प्रकृति परियारले सेनिटरी प्याड विद्यालयमा सहजै उपलब्ध हुँदा विद्यार्थीको उपस्थिति बढ्ने बताइन् । क्लबले बाबा फाउन्डेसनसँगको सहकार्यमा विभिन्न शिक्षा तथा वातावरणको क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।

समुदाय-प्रहरी साझेदारी अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न -Pokhara News

पोखरा, ७ माघ
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यही माघ -७ गते जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा शान्तिपूर्ण एंव सुरक्षित समाज निर्माणका लागि सरोकारवाला निकायहरु संग आगामी रणनीति कार्ययोजनाका विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
 उद्योग वाणिज्य संघ कास्कीको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला स्थित विभिन्न सरोकारवाला निकायका प्रमुख एवं प्रतीनिधीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै ४ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले समग्र ४ नं. प्रदेशमा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत सम्पन्न भईरहेका र आगामी दिनमा गरिने विभिन्न गतिविधिहरुको विषयमा प्रष्ट पार्दै यसबाट हमाज अब दिनानुदिन सचेतनाको मार्गमा लम्किरहेको समेत बताउनु भएको छ ।

कार्यक्रमका अन्य सहाभागिहरुले कसरी उक्त अवधारणा अन्तर्गत कास्की जिल्लामा सवै सरोकारवाला निकायहरुलाई साथमा लिई  थप प्रभावकारी ढङगले जनमुखि गतिविधिहरु गर्न सकिन्छ भन्ने विषयमा आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
 कार्यक्रममा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम राना लगायत जिल्ला स्थित कार्यरत अन्य प्रहरी ईकाईका प्रमुख ,उधोग वाणिज्य संघ पोखराका प्रमुख दामु अधिकारी ,सामुदायिक प्रहही सेवा केन्द्रका प्रमुख एवं प्रतिनिधि , नागरिक समाजका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न -Pokhara News

पोखरा, ७ माघ
४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले प्रदेश अन्तर्गत आम नागरिकहरु संग हातेमालो गर्दै समाजमा शान्ति सुरक्षा कायम गरी अपराध रहित समाज र सु-व्यवस्था स्थापित गर्न नेपाल प्रहरी दिनप्रतिदिन सफल हुँदै गइरहेको बताउनुभएको छ । प्रेस क्लब पोखराले आज पोखराको नँयाबजारमा आयोजना गरेको शान्ति सुरक्षा विषयक एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले यस्तो बताउनु भएको हो ।
साथै नेपाल प्रहरी संगठनले अंगिकार गरेका विभिन्न अवधारणाहरुले समाजसंग नेपाल प्रहरी बढी भन्दा बढी घुलमिल हुँदै गएको र जनताको प्रहरी प्रतिको विश्वासमा समेत वृद्धि भएकाले अब समाजमा गलत गर्नेहरु लुकेर बस्न नसक्ने बताउनुभएको हो । 
उपस्थित नागरिक तथा पत्रकारहरुले राखेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै उँहाले पछिल्लो समय युवायुवतिहरु बढ्दो विकृती विसंगतिहरुको शिकार बन्दै गइरहेको बताँउदै अब सबै अभिभावकहरु जिम्मेवार र चनाखो रहनुपर्ने बताउनुभयो ।
उक्त कर्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी, नागरिक समाज कास्कीका अध्यक्ष राम बहादुर पौडेल, सरोकारवाला निकायका प्रतिनिधिहरु, आम नागरिक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सराङकोट धार्मिक पर्यटन विकास समितिमा जिसी-Pokhara News Sarangkot


पोखरा, ७ माघ ।
सराङकोट धार्मिक क्षेत्र विकास समिति तथा सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको संयुक्त साधारणसभाले प्रेम बहादुर जि.सी.को अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । 
समितिको उपाध्यक्षद्वयमा उमानाथ चपाई, मिन बहादुर थापा, महासचिव शम्सेर बहादुर थापा, सचिव डिल बहादुर जिसी, कोषाध्यक्ष शिव प्रसाद तिमिल्सिना रहेका छन् । समितिको सदस्यहरुमा छविलाल तिमिल्सिना, कृष्ण बहादुर थापा, शिव प्रसाद कोइराला, गंगा तिमिल्स्निा, दिपेन्द्र थापा, विकास थापा मगर, कमला पोखरेल, कमल थापा, अक्कल बहादुर थापा, ज्ञानेन्द्र बहादुर थापा, सुस्मा परियार र दुर्गादत्त तिमिल्सिना रहेका छन् । 
सराङकोटलाई वृहत्तर गुरुयोजना सहित धार्मिक पर्यटन पूर्वाधारको निर्माणका हेतु २०६१ मा स्थापित धार्मिक क्षेत्र विकास समिति र पर्यटन क्षेत्र विकास समितिलाई संस्थापक समिति मानी कार्य अगाडि बढाउने निर्णयका साथ लोक बहादुर थापाको समितिलाई संस्थापक समिति मानी अगाडि बढाउने निर्णयका साथ महासचिव शम्सेर बहादुर थापा र कोषाध्यक्ष शिव प्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत संस्थागत तथा आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ । 
सो साधारणसभाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेष नारायण पौडेलले आम महानगरबासीले गौरव गर्न सक्ने कार्यका साथ ३३ वटै वडालाई कामको जिम्मेवारी दिएको र सराङकोटलाई निजी, सरकारी साझेदारीको अवधारणामा विकास निर्मा०ा कार्य गरिने बताए । 
कार्यक्रममा वडा नं. १८ का वडाध्यक्ष रण बहादुर थापाले वडाको विकास निर्माणमा सबैले सकारात्मक सहयोग भएमा नमुना वडा बन्ने बताए । संस्थापक अध्यक्ष लोक बहादुर थापाले एकता सहित हुने विकास निर्माणले आम समुदायको विकास हुने बताए । 
समितिका अध्यक्ष प्रेम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार पुष्कल बहादुर थापा, विश्व हिन्दु महासंघका उपाध्यक्ष वेदनिधी शर्मा, पूर्व गाविस अध्यक्ष झपट बहादुर थापा, चिसाखोला बेद विद्याश्रमका संरक्षक मोक्षनाथ तिमिल्सिना, जनजागृत माविका सहायक प्राचार्य यम बहादुर थापा, कमला पोखरेल, वडा सदस्य हरि लम्साल, सराङकोट बहुउद्देश्यीय सहकारीका सचिव कृष्ण थापा, उपाध्यक्ष मिन बहादुर थापा, सचिव डिल बहादुर जिसी लगायतले आ–आफ्नो धारणा राखेका थिए । 


Sunday, January 20, 2019

कास्कीका बिभिन्न घरमा चोरी गर्ने १ गिरोह पक्राउ

 पोखरा, 6 माघ
जिल्ला कास्की पोखरा महानगरपालिका का बिभिन्न स्थानहरुमा चोरीका घटना छुटुपुट रुपमा बृद्धि हुदै गए पश्चात चोरी घटना नियन्त्रण तथा घटना अनुसन्धान टोली गठन गरी बिभिन्न स्थानमा चेकिंङ, भिग्रस चेकिङ , स्बिप अपरेशन, शंकित ब्यक्तिहरुको निग्रानी तथा सुचना संकलनलाई बिशेष प्राथामिकता दिई बिभिन्न अनुसन्धानबाट चोरीका घटनामा संग्लन ब्यक्तिर गिरोगहरुलाई पक्राउ गर्ने सफल भइरहेको छ ।

यसै क्रममा मिति २०७५/१०/०४ गते अंन्दाजी १५:०० पोखरा मा.न.पा.-  बडा ९ पृथ्विचोक स्थित शंकास्पद अबस्थामा हिडिरहेको अबस्थामा बडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन राप्ती न.पा.११ घर भई हाल पोखरा मा.न.पा.- बडा नं १० घलेचोक बस्ने  बर्ष १९ को सुनिल श्रेष्ठलाइ पक्राउ गरी सोधपुछ गर्दा निजले पोखराका बिभिन्न स्थानहरुमा रहेका ६ बटा घरकोठामा जिल्ला वाग्लुङ जैमिने न.पा.९ घर भई हाल पोखरा मा.न.पा.- २५ हेम्जा बस्ने बर्ष २७ को खुम प्रसाद थापा र जिल्ला कास्की पोखरा मा.न.पा.- ९ पृथ्बिचोक बस्ने बर्ष २३ को गगन खवास समेत ३ जनाको समुह भई चोरी गरेको । चोरीमा संग्लन भनिएका २ ब्यक्तिको खोजतलास गर्ने कम्रमा पोखरा मा.न.पा.- ५ प्रस्याङमा खुम प्रसाद थापालाई र पोखरा ९ पृथ्विचोकबाट  गगन खवासलाई  पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात चोरीमा संग्लन तिन जनाको घर कोठा समेत खानतलासी गर्दा निम्न बमोजिमको चोरीका सामान बरामद गरिएको छ  ।

बरामद गरिएको सामान :

  • नगद ने.रु.२०,६१० भा.रु.३० कतारियन दिनार रु.१५०
  • विभिन्न कम्पनिको मोबाईल  थान ४ थान 
  • घडी थान २ ,
  • Samsung Camera थान १
  • Samsung SD Card थान १,
  • सुनौलो रङको १७ टुक्रा ६९ लाल  
  • सुनौलो कानमा लगाउने टप थान २,
  • सुनौलो रंगको मुन्द्रा २ थान ७ लाल, 
  • कम्व्याट(खैरो) रंगको झोला थान १, 
  • सेतो डोरी भएको कालो झोला थान १, 
  • १७ ईन्च लामो खुकुरी ९दाब समेत० थान १, 
  • १४.५ ईन्च लामो खुकुरी थान १, १३ ईन्च लामो चक्कु थान १, 
  • ९ ईन्च लामो फलामको छिनो थान १, १०.५ ईन्च लामो फलामको ह्यामर थान १
  • सेतो रंगको पाउजु थान ६, 
  • बच्चाले हातमा लगाउने सेतो रंगको बाला थान १३,
  • ठुलो सेतो रंगको बाला थान २, 
  • सेतो रंगको औठी थान १, 
  • सेतो रंगको सिक्री थान १, 
  • सेतो रंगको ब्रासलेट थान १, 

साथै  आज मिति २०७५।१०।०६ गते   निज चोरी गर्ने तिन जना ब्यक्तिलाई सम्मानित जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य जारी रहेको ।

Saturday, January 19, 2019

इम्प्रेसन नेपालको कास्की शाखा गठन-IMPRESSION Nepal in Kaski

पोखरा, ५ माघ 
आइसिटी, मिडिया तथा प्रेस प्रोफेसनल्स युनियन नेपाल (इम्प्रेसन–नेपाल)को कास्की शाखा गठन भएको छ । शनिबार पोखरामा आयोजित भेलाले कृष्णराज पोखरेलको नेतृत्वमा सर्वसम्मत समिति गठन गरेको हो ।
शाखाको उपाध्यक्षमा मातृका पोखरेल, सचिवमा सुरेन्द्र पौडेल, सहसचिवमा घनश्याम गौतम छन् । सदस्यहरुमा कृष्णप्रसाद पाण्डे, भुवन बराल, रमेश बराल, महेन्द्रजंग थापा क्षेत्री, बाबुराम लामिछाने, सुरेश ढुंगाना र मनोज बास्तोला छन् ।
इम्प्रेसन नेपालका केन्द्रीय अध्यक्ष महेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा प्रदेश इन्चार्ज गुणानिधी पाण्डेको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रम सञ्चालन कास्की जिल्ला इन्चार्ज रोजी श्रेष्ठले गरेकी थिइन् । सूचना तथा प्रविधि, प्रेस र सञ्चारमाध्यममा कार्यरतहरुको संस्था इम्प्रेसन नेपालले सदस्यहरुको हकहितमा विभिन्न कार्यक्रमहरु गरिरहेको केन्द्रीय अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।

श्रेयाको परिवारलाई जनमुखीको सहयोग

बलात्कारपछि हत्या गरिएकी पुम्दीभुम्दीकी श्रेया सुनारको परिवारलार्ई शनिबार आर्थिक सहयोग गर्दै पोखरा सभागृृहमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी 
पोखरा, ५ माघ ।
बलात्कार पछि हत्या गरिएकी पुम्दीभुम्दीकी श्रेया सुनारको परिवारलार्ई पोखरा सभागृहमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग हस्तान्तरण गरेको छ ।
सहकारीले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा शनिबार १५ हजार रुपैयाँ सहयोग गरेको हो । सहकारीको सिंगो कार्यसमिति श्रीयाको घर पुगेर उनकी आमा बेलकुमारी सुनारलाई आर्थिक सहयोग ग¥यो । सहकारीका अध्यक्ष महेन्द्र विश्वकर्माले सामाजिक सेवामा योगदान पु¥याउने उद्देश्यले श्रेयाको परिवारलार्ई सहयोग गरेको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा उनले भने, ‘हाम्रो सहयोगले थोरै भएपनि राहत पुगोस् भनेर सहयोग गरेका हौं ।’ सहकारीका उपाध्यक्ष एवं युवा व्यवसायी दशरथ सुनारले समाजमा गरिब एवं उत्पीडित समुदायमाथि आपराधिक गतिविध हुनु हेपाहा प्रवृत्ति भएको बताए । ‘जो कमजोर छ उसैलाई निशाना बनाइन्छ,’ उनले भने, ‘उत्पीडित समुदाय माथि उठ्न शिक्षामा जोड दिनुपर्छ ।
सहकारीकै सदस्य उमेश अछामीले आफ्नो छोरा रञ्जित अछामीको जन्मदिनको अवसरमा श्रेयाको परिवारलार्ई ११ हजार रुपैयाँ सहयोग गरे । गोरखाको पालुङटारमा रहेको मंगल संसारी स्मृति प्रतिष्ठानका संरक्षक अछामीले जन्मदिन मनाउने खर्च जोगाएर श्रेयाको परिवारलाई सहयोग गरेको बताए ।
श्रेयाकी आमा बेलकुमारीले दैनिक औषधी खानुपर्दा आर्थिक स्थिति नाजुक हुँदै गएको बताइन् । उनले आर्थिक अवस्था कमजोर भएकैले ठूली छोरीले विद्यालय छाड्नुपरेको दुःखेसो पोखिन् । श्रेयाका ठूलोबुबा मीनबहादुर सुनारले घरसम्मै पुगेर सहयोग प्रदान गरेकोमा सहकारीलाई धन्यवाद व्यक्त गरे ।
जनमुखी बचत तथा ऋण सहकारी संस्थाले हरेक वार्षिकोत्सव सामाजिक कार्य गरेर मनाउने गरेको छ । सहकारीका सचिव कुमार सुनारले यसअघिका वार्षिकोत्सवमा विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति प्रदान, सरसफाइ लगायत कार्य गरेको जानकारी दिए ।


६ महिने सिलाई कटाई तालिमको समापन


पोखरा, ५ माघ ।
पोखरा महानगरपालिका वडा नं. ५ वडा कार्यालयको आयोजना र वडास्तरीय बजेट २०७५/७६ को महिला   तर्फको बजेट कार्यक्रमको खर्च तथा घरेलु तथा साना उद्योग कार्यालय पोखराको प्राविधिक सहयोगमा संचालित ६ महिने सिलाई कटाई तालिमको समापन कार्यक्रम सम्पन्न भयो । 
तालिममा वडाभित्रका ३३ जना महिला सहभागी भएका थिए । सो अवधिमा मञ्जु नेपालीले प्रशिक्षण दिनुभएको थियो । समापन कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले सिकेको सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बन्न र आयआर्जनमा लाग्नु आग्रह गर्नुभयो । 
कार्यक्रमका सभाध्यक्ष पोखरा ५ का वडाअध्यक्ष धन बहादुर नेपालीले आफूले सिकेको सिपबाट व्यसाय शुरु गर्नुपर्ने बताउँदै त्यसको लागि वडाबाट सक्दो सहयोग गर्नु पर्ने बताउँदै सिकेको सीप व्यवहारमा उतार्न आग्रह गर्नुभयो । कार्यक्रमको संचालन वडा सचिव इश्वरी पोखरेलले गर्नुभएको थियो । 


Thursday, January 17, 2019

नवलपरासीमा सवारी दुर्घटनामा दुईजना घाईते


नवलपरासी,माघ-३  विनयी त्रिवेणी गाँउपालिका-२ ज्यामिरे स्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४४ प २३१४ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आँउदै गरेको लु२ख १७५८ नम्बरको टिप्पर एक आपसमा ठक्कर खाँदा दुईजना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक लमजुङको वेशिशहर गाँउपालिका-८ बस्ने वर्ष २७को सुनिल दराई र पछाडी सवार वर्ष ४२को सोम प्रसाद पाण्डे रहेका छन् । घाईतेहरुलाई उपचारको लागि भरतपुर पुरानो मेडीकल कलेज चितवनतर्फ पठाईएको छ । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ । 

पर्वत सवारी दुर्घटनामा ७ जनाको मृत्यु ३० घाईते

पर्वत, ३ माघ गते बिहान अन्दाजी ०८:१५ बजेको समयमा पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गा स्थित मालढुङ्गा बेनी सडक खण्डमा बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नम्बरको बस अचानक सडकबाट ३००/४०० मिटर तल खस्न गई दुर्घटना हुदाँ उक्त बसमा सवार सात (७) जनाको मृत्यु भएको छ । अन्य ३२ जना घाईते भएका छन् । 
मृत्यु हुनेमा म्याग्दी पाखापानी-२ बस्ने वर्ष २१को राजेश पुन, पर्वत जलजला गाँउपालिका-७बस्ने वर्ष ३१की विषमाया पुन, पर्वतको जलजला गाउँपालिका-८ बस्ने वर्ष ४०की सेती परियार, निजको श्रीमान वर्ष ५०को टिके परियार, बाग्लुङ नगरपालिका-४ कुँडुले बस्ने वर्ष ४८की शान्ति के.सी.र अर्का दुई जना हालसम्म नाम थर वतन नखुलेका पुरुष व्यक्ति रहेका छन् । तीनजनाको घटना स्थलमै र अन्य चार जनाको उपचारको क्रममा मृत्यु भएको हो । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घाईतेहरुको उद्धार गरिएको थियो । घाईते मध्य नौं ( ९) जना काठमाडौं, २२ जना पोखरा र एक जनाको बाग्लुङमा उपचार भइरहेको छ ।

Sunday, September 30, 2018

केभसिटी मिडियाले पाएको पुरस्कार श्रेया बिकको परिवारलाई हस्तान्तरण



 पोखरा १४ असोज 
 केभसिटी मिडियाले केभसिटी भलिवल प्रतियोगितामा पाएको पुरस्कार श्रेया बिक सुनारको परिवारलाई हस्तान्तरण गरेको छ । पोखरा टुडिखेलमा असोजको १२ र १३ गते सम्पन्न प्रथम केभसिटी मिडियाकप भलिवल प्रतियोगितामा आयोजकले प्राप्त गरेको दोश्रो पुरस्कार राशी नगद २२ हजार २ सय २२ रुपैया कास्की पुम्दी भुम्दी २२ दहरामा रहेको मृतक बिकको परिवारलाई हस्तान्तरण गरिएको हो । 
गत असोजको ८ गते हत्या भएकी श्रेयाको घरमा पुगी उनकी आमा वेल कुमारी बिक, ठूलो बुवा मिन बहादुर बिक र हजुरवुवा तिलक बहादुुर बिकलाई मिडियाका अध्यक्ष दुर्गा प्रसाद आचार्य, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना मगरले नगद प्रदान गरेका थिए । सो अवसरमा वोल्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना मगरले हत्यारा पक्राउ परिसकेकाले अव कानुन अनुसारनै हत्यारा कुसुम पौडेललाई जन्मकैद र हदै सम्मको कारबाही गर्ने प्रतिवद्धता ब्यक्त गर्दै पिडित परिवार प्रति धैर्यधारण गर्न आग्रह गरे । 
सो अवसरमा वोल्दै मृतककी ठूलो वुवा मिन बहादुर बिकले घटनामा पक्राउ परेका कुसुमलाई मुलुकको कानुन अनुसार कारबाही गर्न कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगरलाई आग्रह गर्दै दुखको वेलामा केभसिटी मिडियाले आर्थिक सहयोग गरेर पु¥याएको सहयोग प्रति धन्यवाद प्रकट गरे । साथै उनले छिट्टै नै आफ्नो छोरीको शव बुझी दाहसंस्कार गर्ने समेत वताए । 
केभसिटी मिडियाका संचालक भिम थापाले गत असोज ८ गते हत्या भएकी श्रेया बिकको परिवारको आर्थिक स्थिती अतिनै दयनिय अवस्थाको रहेको र उनको आमा पनि विरामी भइरहने गरेको थाहा पाएपछि आफुहरुले आयोजना गरेको मिडियाकप भलिवल प्रतियोगितामा दोश्रो स्थान हासिल गरी पाएको पुरस्कारलाई सामाजिक काममा खर्च गर्नुपर्छ भन्ने ठानेर उनकै घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरिएको वताए । मिडियाको काम समाचार सम्प्रेसण मात्र नभइ सामाजिक कामपनि भएकाले आफुले सक्ने सहयोग गर्नुपर्छ भन्ने सन्देश प्रदान गर्नका लागी पनि केभसिटी मिडियाले आगामी दिनमा यस्ता कामलाई निरन्तरता दिने समेत थापाले वताए । 
उक्त अवसरमा केभसिटी मिडियाको तर्फबाट मिडियाकप भलिवल प्रतियोगितामा सहभागी पत्रकारहरुको सहभागीता रहेको थियो । 

पोखराको वडा ८ बाट पनि राजस्व संकलन सुरु -Tax News Pokhara

पोखरा  १४ असोज  
 पोखरा महानगरपालिकाले वडा नम्बर ८ ले पनि राजस्व  संकलन कार्य सुरु गरेको छ । वडाबाटै घर जग्गा, सम्पत्ति कर तथा नक्सापास सेवाको शुभारम्भ महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले गर्नुभयो ।  
आइतबार वडा कार्यालय पुगेका पहिलो करदाता पोखरा-५ का लक्ष्मी कौशले तिरेको करको रसिद हस्तान्तरण गदै शुभारम्भ गरिएको हो । कार्यक्रममा बोल्दै कार्यबाहक प्रमुख गुरुङले जनतालाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न वडाबाटै कर संलकन सुरु गरिएको बताउनुभयो् । ‘वडा आफैमा सरकार हो, त्यसलाई पुष्टि गर्न अधिकार प्रत्योजना सहित जनतालाई घरदैलोबाटै सेवा प्रवाह गर्न वडाबाटै सेवा प्रवाह सुरु गरेका छौ ।’ काबा प्रमुख गुरुङले कर तिर्न आउनेहरुलाई राम्रो ब्यवहार गर्नुपर्ने बताउदै नागरिकले कर छल्ने प्रबृत्तिको अन्त्य गदै कर तिरेर सभ्य नागरिकको परिचय दिनुपर्ने बताउनुभयो । 
उहाँले कर बृद्धि गरेको गुनासो गरिएको भएपनि महानगरमा कसैले उजुरी नदिएको बताउदै महानगरले नागरिकको गुनासो सम्वोधन गदै कर छुट १० प्रतिशत बृद्धि गरि २० प्रतिशत पुर्याएको बताउनुभयो ।  उहाँले महानगरले पुस मसान्त सम्म सम्पत्ति करमा २० प्रतिशत र असार सम्म १० प्रतिशत छुट दिने बताउनुभयो  । महानगरले प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएर ३३ वटै वडाबाट राजश्व र कर संकलनको लागि काम थालनी गरेको बताउनुभयो । प्रविधिको कारणले आफूसँग भएको सम्पत्ति कति छ ?जहाँबाट पनि हेरेर कर तिर्ने व्यवस्था महानगरले मिलाएको उहाँको भनाइ छ । महानगरले कर बढाएको नभइ मालपोत कार्यालयले सम्पत्तिको मूल्यांकन बढाएकाले विगत भन्दा केही बढी कर तिर्नुपरेको उहाँले स्पस्ट पार्नुभयो  । 
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल नगरबासीलाई महानगर कार्यालय आउन नपरोस भनेर वडाबाटै कर संकलनको काम थालिएको बताउनुभयो । उहाँले महानगरलाई भिडभाड मुक्त बनाउदै नागरिकलाई सहज रुपमा सेवा प्रवाहको ब्यवस्था मिलाइएको बताउनुभयो । महानगरमा धेरै भिडभाड भयो,‘सानासाना काम महानगरले हेर्दा नीति निर्माण र योजना बनाउन सकिएन भनेर अधिकार वडामा प्रत्यायोजन गरिएको छ । उहाँले भने अव कर संकलन, तिन तला सम्मको घरनक्सा पास, १५ लाख सम्मका योजनाको सम्झौता लगायतका काम वडाबाटै हुने ब्यवस्था गरिएको र यसले नागरिकलाई सहज हुने बताउनुभयो । उहाँले महानगरका ३३ वटै वडाबाट कर संकलन गरिने बताउनुभयो । उहाँले महानगरका जुनसुकै वडाबाट पनि महानगरबासीले कर तिर्ने ब्यवस्था गरिएको समेत जानकारी दिनुभयो । 
वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएके कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष जगत पहारी, नेकपा वडा नम्वर ८ का संयोजक राजकुमार गिरी, काँग्रेसका वडा सभापति सुभाष सिग्देल, वडा नम्वर ८ का सदस्य कृष्णमान ठुसाजु लगायतले बोल्नु भएको थियो  । वडाबाट एकीकृत सम्पत्ति कर, घरनक्साको राजश्व लगायत सबै कर वडा कार्यालयबाटै तिर्न सकिने छ । कुन वडामा कति राजश्व र कर संकलन भयो त्यो महानगरको राजश्व शाखामा हेर्न सकिने प्रविधि जडान गरिएको छ । 

Monday, September 24, 2018

पोखरा : जिल्ला प्रहरी प्रमुखहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न Nepal Police Program


४ नं. प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा यही असोज ७ गते प्रदेश अन्तर्गतका जिल्ला प्रहरी प्रमुखहरु संग जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान र प्रहरी गतिविधिको अवस्था साथै आशन्न चाडपर्वहरुलाई मध्यनजर गरी एक रणनीतिक कार्ययोजना तय गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
४ नं। प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले आ-आफ्नो जिल्लाको शान्ति सुरक्षाको अवस्था, अपराधको अवस्था, प्रहरी परिचालन लगायत प्रहरी सेवा प्रवाहका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
साथै सहभागी जिल्ला प्रहरी प्रमुखहरुले चाडपर्वहरुको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन जिल्लामा विशेषरुपले प्रहरी परिचालन गरिने कुरा प्रदेश प्रहरी प्रमुख समक्ष जानकारी गराउनुभएको थियो । 
सहभागि जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले चाडपर्वहरु नजिकिए सँगै कानून विपरितका विभिन्न क्रियाकलापहरु हुन सक्ने बताउदै प्रहरी रचनात्कम ढंगले परिचालन हुनुपर्ने बताउनुभयो ।
साथै आम नागरिकलाई प्रत्यक्ष रुपमा अनुभुति हुनेगरी प्रहरी सेवा प्रवाह गर्न र प्रहरी प्रतिको विश्वसनियता साथै अपनत्व बढ्ने गरी कार्य सम्पादन गर्न गराउन सहभागी जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । 
उक्त कार्यक्रममा संघिय ईकाई प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी, पश्चिम क्षेत्रीय शसस्त्र प्रहरी गणका प्रमुख, प्रदेश अन्तर्गतका जिल्ला प्रहरी प्रमुख लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।