Monday, January 21, 2019

अन्तरक्रिया कार्यक्रम सम्पन्न -Pokhara News

पोखरा, ७ माघ
४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले प्रदेश अन्तर्गत आम नागरिकहरु संग हातेमालो गर्दै समाजमा शान्ति सुरक्षा कायम गरी अपराध रहित समाज र सु-व्यवस्था स्थापित गर्न नेपाल प्रहरी दिनप्रतिदिन सफल हुँदै गइरहेको बताउनुभएको छ । प्रेस क्लब पोखराले आज पोखराको नँयाबजारमा आयोजना गरेको शान्ति सुरक्षा विषयक एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले यस्तो बताउनु भएको हो ।
साथै नेपाल प्रहरी संगठनले अंगिकार गरेका विभिन्न अवधारणाहरुले समाजसंग नेपाल प्रहरी बढी भन्दा बढी घुलमिल हुँदै गएको र जनताको प्रहरी प्रतिको विश्वासमा समेत वृद्धि भएकाले अब समाजमा गलत गर्नेहरु लुकेर बस्न नसक्ने बताउनुभएको हो । 
उपस्थित नागरिक तथा पत्रकारहरुले राखेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै उँहाले पछिल्लो समय युवायुवतिहरु बढ्दो विकृती विसंगतिहरुको शिकार बन्दै गइरहेको बताँउदै अब सबै अभिभावकहरु जिम्मेवार र चनाखो रहनुपर्ने बताउनुभयो ।
उक्त कर्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी, नागरिक समाज कास्कीका अध्यक्ष राम बहादुर पौडेल, सरोकारवाला निकायका प्रतिनिधिहरु, आम नागरिक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.