Saturday, January 19, 2019

६ महिने सिलाई कटाई तालिमको समापन


पोखरा, ५ माघ ।
पोखरा महानगरपालिका वडा नं. ५ वडा कार्यालयको आयोजना र वडास्तरीय बजेट २०७५/७६ को महिला   तर्फको बजेट कार्यक्रमको खर्च तथा घरेलु तथा साना उद्योग कार्यालय पोखराको प्राविधिक सहयोगमा संचालित ६ महिने सिलाई कटाई तालिमको समापन कार्यक्रम सम्पन्न भयो । 
तालिममा वडाभित्रका ३३ जना महिला सहभागी भएका थिए । सो अवधिमा मञ्जु नेपालीले प्रशिक्षण दिनुभएको थियो । समापन कार्यक्रममा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले सिकेको सीपलाई व्यवहारमा उतारी आत्मनिर्भर बन्न र आयआर्जनमा लाग्नु आग्रह गर्नुभयो । 
कार्यक्रमका सभाध्यक्ष पोखरा ५ का वडाअध्यक्ष धन बहादुर नेपालीले आफूले सिकेको सिपबाट व्यसाय शुरु गर्नुपर्ने बताउँदै त्यसको लागि वडाबाट सक्दो सहयोग गर्नु पर्ने बताउँदै सिकेको सीप व्यवहारमा उतार्न आग्रह गर्नुभयो । कार्यक्रमको संचालन वडा सचिव इश्वरी पोखरेलले गर्नुभएको थियो । 


No comments:

Post a Comment

Please, comment about this article.