Monday, February 4, 2019

जलजलामा १ हजार १ सय ३५ जनाको स्वास्थ्य परीक्षण-Mega Health Camp Kaski Nepal





पोखरा, २० माघ ।
 पर्वतको जलजला गाउँपालिकास्थित श्री ग्राम प्रकाश माविमा वृहद स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा युनिटी चौतारीको आयोजनामा शनिबार क्याम्प भएको हो ।
शिविरमा १ हजार १ सय ३५ जनाको स्वास्थ्य परीक्षण गरिएको क्लबका संस्थापक अध्यक्ष सरस्वती गिरीले जानकारी दिइन् । हिमालयन आँखा अस्पताल, मनिपाल शिक्षण अस्पताल र कान्तिपुर डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरमा ३ सय ६९ जनाको आँखा परीक्षण गरिएको छ । उनीहरु मध्ये ९ जनाको मोतिया विन्दु देखिएको छ । मोतिया विन्दुको अप्रेसन समेत क्लबले निःशुल्न गर्ने गिरीले जानकारी दिइन् । ३ सय ४७ जनाको दन्त परीक्षण गरिएको छ भने ३ सय ९२ जना महिलाहरुको परीक्षण गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्सका पास्ट मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठले विकट क्षेत्रमा पुगेर लायन्सले स्वास्थ्य परीक्षण गरी सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए । 
क्लबका अध्यक्ष राजकुमारी थापाको सभापतित्वमा आयोजित कार्यक्रममा जोन चियरपर्सन सन्तोष घिमिरे, लायन्स लिडरहरु बालकृष्ण बराल, वसन्त गिरी, गोपाल थापा, कृष्ण कार्की, श्रीलाल चापागाईं, विद्यालयका प्राचार्य भवानीशंकर पौडेल, वडा अध्यक्ष तीलक बहादुर जिसी लगायतले बोलेका थिए । 
कार्यक्रमलाई सफल पार्न लायन्स क्लब अफ बेनी मल्लाज, नेपाल रेडक्रस सोसाइटी शालिजा लेकफाँट उपशाखा पर्वत, जलजला गाउँपालिका वडा नं. ५ र ६, लेकफाँट प्रहरी चौकी, सालिजा स्वास्थ्य चौकी लगायतको सहयोग गरेको क्लबले जनाएको छ ।

No comments:

Post a Comment

Please, comment about this article.