Showing posts with label National News. Show all posts
Showing posts with label National News. Show all posts

Thursday, August 17, 2017

नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ द्वारा रहत संकलन-Nepal Red Cross Society-Pokhara,Nepal



पोखरा, ३२ साउन ।
       नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको विपत व्यवस्थापन समितिको आह्वानमा नेपालको तराई क्षेत्रमा अविरल वर्षाका कारण पर्न गएको बाढीपहिरो धनजनको क्षति र घरबार विस्तापित रहेका व्यक्तिलाई केही मलमपट्टी लगाउने उद्देश्य राखी उपशाखा १०, ११ को नेतृत्वमा राहत संकलन कार्य सम्पन्न भयो ।
       उपशाखा कार्यालय परिसरबाट शुभारम्भ गरिएको राहत संकलन कार्यमा सम्मर बहादुर श्रेष्ठको नेतृत्वमा उपशाखा १०, ११ का पदाधिकारी, महिला उपसमिति, श्रमिक बालबालिका सम्पर्क केन्द्र वडा नं. १०, १५ र राममन्दिर माछापुच्छे« महिला समूहका पदाधिकारीहरु गंगा कुँवर, सूर्यबहादुर बानिया, सिता तिमिल्सिना, कलावती शर्मा, जीवन श्रेष्ठ, माया भुजेल, लेकमाया पुन, हरिमाया भुजेल, निर्मला श्रेष्ठ, लक्ष्मी राजभण्डारी, नन्दु देवकोटा, विष्णु आचार्य, बुद्ध क्षेत्री, रविन परियार, कृष्ण कुमारी क्षेत्री, यम कुमारी ढकाल, सुकमाया गुरुङ्ग र नलु गुरुङको सहभागिता रहेको उक्त राहत संकलन कार्यमा वडा कार्यालय वडा नं.१० अमरसिंहचोक, उत्तमचोक, रक्षामार्ग, बुद्धचोक, गौरीमार्ग, रामबजार हुँदै कालिका मन्दिरमा गई सम्पन्न गरिएको थियो ।
       राहत संकलन कार्यमा घरघरबाट सहयोग मिलेको र छिटोभन्दा छिटो राहत पु¥याउनुपर्ने सहयोगीदाताहरुको भनाई रहेको उक्त राहत संकलन कार्यमा ६० हजार संकलन भएको र उपशाखा १०, ११ बाट उक्त रकम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने समेत निर्णय गरिएको थियो । आजीवन सदस्यहरु र विदेशमा रहेका नेपालीहरुलाई समेत सहयोग गर्न आह्वान गरिएको उक्त कार्यमा बाढी र पहिरोमा परि दिवंगत भएका आत्माको चिर शान्तिको कामना गर्दै घाइते बिरामीको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो ।

Tuesday, August 15, 2017

पोखरामा दुई स्थानमा जुवा खेल्दै गरेको अबस्थामा पक्राउ-


 पोखरा  श्राबण ३० गते

        मिति २०७४/०४//३० गते १८:०० बजेको समय, जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं ७ रत्नचोक स्थित भु.पु.APF खाजा घरमा जुवा खेलीरहेको छ भन्ने गोप्य सुचना प्राप्त हुन साथ बडा प्रहरी कार्यालय बैदामबाट खटिएकोप्रहरी टोलिले तास खेलिरहेको अबस्थामा निम्न स्थान बस्ने १० जना मानिसहरुलाई ६ बुक तास,नगद रु। नगद रु. ५७,६१०।– ( सन्ताउन्न हजार ६ सय दश ) सहित प्रकाउ गरी थप अनुसन्धान कारबाही भईरहेको  ।

Thursday, July 20, 2017

श्रमिक बालबालिकाहरुको सम्पर्क केन्द्र वडा नं. १० लाई रामबजार युथ क्लबको सहयोग

पोखरा, ४ साउन ।
    पोखरा लेखनाथ महानगर पालिका वडा नं. १० मा अवस्थित रामबजार युथ क्लबद्वारा गत वर्ष आयोजना गरेको चौथो संस्करणको रामबजार  महोत्सव – २०७३ बाट बिक्री गरिएको प्रत्येक टिकटबाट रु १/– जम्मा गरी छुट्याईएको रकम रु पच्चीस हजार पाँचसय पच्चीस श्रमिक बालबालिकाहरुको सम्पर्क केन्द्र पो.ले. १० मा सिकाई केन्द्रको उद्धघाटन कार्यक्रमको अवसर पारी प्रदान गरेको छ ।
    पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं श्रमिक बालबालिका न्यूनिकरण मञ्चका अध्यक्ष रमेश कर्मचार्यका अध्यक्ष्यतामा भएको कार्यक्रममा सम्पर्क केन्द्रका अध्यक्ष सूर्यबहादुर बानियाले स्वागत मन्तव्य राखेका थिए । उनले सम्पर्क केन्द्र स्थापना काल देखि नै विभिन्न अवरोधहरु को सामना गर्दै विभिन्न ठाउँ बाट बालबालिकाहरु उद्धार गरि केन्द्र सञ्चालन गरिएको बताए ।
    जब सम्म समाजमा रहेका सभ्रान्त परिवार लाई बालबालिका लाई श्रममा लगाउनु हुँदैन भन्ने भावना जगाउन सकिदैन तब सम्म बालश्रम रोकिदैन त्यसैले राज्य स्तर तथा भर्खर मात्र निर्वाचित जनप्रतिनिधिहरुलाई त्यस्तो किसिमको जनचेतना जगाउने कार्यक्रम ल्याउनुपर्ने कुरामा सचेत गराए ।
    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले बालबालिका लाई श्रममा लगाउनु उचित नभएको र यसले बालबालिकामा नकरात्मक असर पर्ने बताए । उनले जोखिमपूर्ण श्रममा रहेका बालबालिकाका लागि राज्य बाट पनि ठोस कदम चालिनुपर्ने आवश्यकता औंल्याए । जिल्ला शिक्षा कार्यालयबाट यस्ता जोखिममा रहेका बालबालिकाहरुलाई विभिन्न सरकारी विद्यालयमा पढन पाउने अधिकारबाट वञ्चित हुन नपरोस भनि आफुले सहयोग गर्ने पनि विश्वस्त गराउनु भयो ।
    कार्यक्रममा विशेष अतिथी पो.ले. १० का अध्यक्ष राजकुमार गुरुङ्गले आफ्नो वडा बालश्रम मुक्त वडा बनाउन हरसम्भव प्रयास गर्ने आश्वासन दिए । उनले आफु भर्खर निर्वाचित भएर आएको हुनाले वडामा रहेका विभिन्न संघसंस्था सँग हातेमालो गर्दै जोखिम युक्त श्रममा रहेका बालबालिकाहरु लाई उद्धार गर्ने कार्यमा सम्पर्क केन्द्र लाई सहयोग गर्ने बताउनु भयो ।
    वि.सं. २०७० मा क्लब दर्ता गरी विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएको रामबजार युथ क्लबले आफ्नो स्थापनाकाल देखिनै रामबजार लाई सेरोफेरो मानेर रामबजार महोत्सव आयोजना गर्दै आईरहेको र आफ्नै वडामा श्रमिक बालबालिका को सम्पर्क खुलेको हुँदा बालबालिकाहरु भविष्यका कर्णधार हुन र यो क्षेत्रमा पनि क्लबले आफ्नो सदभाव र सहयोग राख्नुपर्छ भन्ने लागेर सम्पर्क केन्द्र सँगको सहकार्यमा चौथो संस्करणको महोत्सव देखि प्रति टिकट रु १/
    कार्यक्रमका अध्यक्ष रमेश कर्मचार्य ले पोखरा उद्योग वाणिज्य संघ ले आफ्नो सामाजिक दायित्व लाई बोध गरी यो कार्यक्रम ल्याएको जानकारी दिए । उनले पो.ले.म.न.पा. को सन् २०१८ सम्म पोखरालाई बालश्रम मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम लाई पोखरा उद्योग वाणिज्य संघको यो कार्यक्रमले निकै साथ दिएको बताए ।
    बालश्रम न्यूनिकरण मञ्चका सचिव विनोद लामिछाने ले सञ्चालन गरेको कार्यक्रममा नगर महिला समन्वय समितिका अध्यक्ष पवित्रादेवी गुरुङ्ग, बालश्रम न्यूनिकरण मञ्चका कार्यक्रम संयोजक भक्तराज रसाईली, सम्पर्क केन्द्रका कोषाध्यक्ष किरणप्रसाद भट्टचन लगायतको उपस्थिती रहेको थियो । 


– छुटाएर सहयोग शुरु गरिएको जानकारी क्लबका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए । उनले यो सहयोग निरन्तर जारी रहने पनि जानकारी दिए ।

Tuesday, November 29, 2016

नो वर्क नो पे लागू गरे टेड्र युनियन काँग्रेसले दशेभर आन्दोलन गर्ने

पोखरा, मंसिर १३ गते । 
सरकारले मजदुरहरुको अधिकारलाई कटौती गर्ने गरी नो वर्क नो पे र हायर एण्ड फायरको नितिलाइृ नसच्चाएमा नेपाल टेड्र युनियन काँगे्रसले देशभरी नै आन्दोलन गर्ने भएको छ ।
नेपाल टेड्र युनियन प्रदेश नं. ४ द्धारा पोखरामा आज आयोजना गरिएको श्रमिकका समसामायिक सवाल र सामाजिक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय गोष्ठीमा बोल्ने मजदुरहरुले सो कुरामा जोड दिएका हुन् ।
संसद्मा प्रस्तुत गरिएको सो विधयक श्रम ऐन र सामाजिक सुरक्षा र मजदुर विरोधी रहेकोले तत्काल सच्चाउन सरकारलाई आग्रह गरिएको छ । उद्योगपति र व्यवसायीलाई संरक्षण गर्ने गरी ल्याइएको सो विधयक अन्तराष्ट्रिय श्रम संगठन आइ.एल.ओ. को महासन्धी विरुद्ध रहेको समेत उल्लेख गरिएको छ ।
सो गोष्ठीको उद्घाटन गर्दै नेपाली काँगे्रस कास्कीका सभापति कृष्ण के.सी. ले राज्य पुनर संरचनाको जटिल स्थिति रहेको बेला काँग्रेस निकट भातृ संगठनहरु जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्नु भयो ।
उहाँले नेपाली काँगे्रसले मजदुरलाई सम्मानित हुने निति ल्याउनु पर्ने बताउँदै मजदुर र उद्योग व्यवसायको बीचमा सेतुको काम गर्नु पर्ने उल्लेख गर्नु भयो । सभापति के.सी. ले मुलुकको आर्थिक विकासको लागि पनि उद्योग धन्दाको विकास र श्रमिकहरुको संरक्षण हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा टेड्र युनियनका उपाध्यष ललित श्रेष्ठ, नेपाल प्रेश युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, टेड्र युनियनका सदस्य ईश्वर परियार, काँग्रेस कास्की सदस्य नविन सिग्देल, प्रदेश नं. ४ का अध्यक्ष हुमहरि शर्मा लगायत विभिन्न जिल्ला जिल्लाका टेड्र युनियनका अध्यक्ष एवम् टेड्र युनियन नेताहरुले युनियनको बारेमा बोल्नु भएको थियो ।

Wednesday, September 7, 2016

कौडा खेल्ने र खेलाउने पक्राउ

पोखरा भाद्र २१ गते 
मिति २०७३/०५/२१ गते पोखरा २९ फेदी हेम्जा स्थित मनहरी भण्डारीले संचालन गरेको भण्डारी रेष्टुरेण्ट एण्ड खाजा घरमा कौडा खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा बडा प्रहरी कार्यालय बगर कास्कीबाट प्र.नि.मोहन बहादुर खाणको कमाण्डमा खटिएको प्रहरी टोलिले कौडा खेलिरहेको अबस्थामा निम्न व्यक्तिहरुलाई १६ थान कौडा, रु.४,०९,०२५।( अक्षेरुपि चार लाख नौ हजार पच्चिस रुपैया सहित पक्राउ गरिथप अनुसन्धान कार्य जारी  रहेको ।
निम्न:
१.    पोखरा २९ हेम्जा फेदी बस्ने वर्ष ४० का मनहरी भण्डारी ९संचालक०
२.    पोखरा ९ नयाँबजार बस्ने बर्ष ५८ को बिष्णु बास्तोला
३.    पोखरा ९ नयावजार बस्ने बर्ष ४० को महेन्द्र रानामगर
४.    पोखरा ९ चिप्लेढुगा बस्ने बर्ष ४२ को नवराज थपलिया
५.    पोखरा ३ नदिपुर बस्ने बर्ष ६६ को चिञ्जिवी गुरुङ
६.    पोखरा ३ नदिपुर बस्ने बर्ष ४४ को कमल सापकोटा
७.    पोखरा १४ चाउथे बस्ने बर्ष ४५ को नारायण श्रेष्ठ
८.   जि.गुल्मि माझकोट-६ घर भई हाल पोखरा २ मोहोरिया टोल बस्ने बर्ष ४० को गोपाल पन्थी

       
मिति : २०७३।५।२१ गते                       
 जिल्ला प्रहरी कार्यालय कास्की ।

Monday, August 8, 2016

प्रहरी मेरो साथीकार्यक्रम अन्तरगत लागू औषध नियन्त्रणमा युवा बिधार्थीको भूमिका-Police My Friend Program



श्रावण २३ गते ।
    आज मिति २०७३।०४/२३ गते ११:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामाजिल्ला कास्की पोखरा(४ गैह्रापाटन स्थित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा प्रहरी मेरो साथी Police My Friend  कार्यक्रम अन्तर्गत लागू औषध नियन्त्रणमा युवा विद्यार्थीको भूमिकाू विषयक अन्तर उच्च मा।वि।स्तरिय वक्तृत्वकला प्रतियोगिता पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्र।ना।म।नि। कमल सिंह बमज्यूको प्रमुख आतिथ्यतामा संचालन भएको, सो प्रतियोगितामा पोखरामा रहेका विभिन्न १२ वटा उच्च मा.वि.का १३ जना ( ६ जना छात्र र ७ जना छात्रा ) विद्यार्थीहरुले भाग लिएकोमा सगरमाथा निकेतन उच्च मा.वि.पोखराकी छात्रा मुस्कान झा प्रथम, मदरल्याण्ड उच्च मा.वि.की छात्रा प्रकृति सुवेदी द्वितिय र जनप्रिय उच्च मा.वि. की छात्रा रविना घिमिरे र सगरमाथा निकेतन उच्च मा।.वि.की छात्रा कृतिका कँडेल संयुक्तरुपमा तृतिय भएको, उक्त प्रतियोगितामा कास्की जिल्लामा लागू औषधको क्षेत्रमा कृयाशिल आमा समुह, संघ संस्था, स्कुल तथा कलेजका विद्यार्थीहरु, पत्रकार, उद्योगी व्यबसायी लगायत अं १५० जना व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रम ऐ १५:०० बजे समाप्त भएको र उल्लेखित प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने प्रतियोगीहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्रका साथै सहभागी अन्य प्रतियोगीलाई प्रमाण पत्र समेत प्रदान गरिएको ।

Sunday, June 26, 2016

युवा परिषद सबै जिल्लामा गठन हुने-Pokhara-News


पोखरा, ११ असार ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सह सचिव तेजराज पाण्डेले नेपाली युवाहरुको समस्याहरु समाधान गर्न युवा परिषद यहि भदौ भित्र सवै जिल्लामा सवै जिल्लामा गठन गर्ने गरी मन्त्रालयले काम अगाडी बढाएको जानकारी दिएका छन ।
मन्त्रालयले तयार पारेको राष्ट्रिय युवा निति २०७२ र सो को कार्यन्वयनका गर्न बनेको युथ भिजन २०२५ सहितको दश वर्षे रण्नितिक योजनाको बारेमा पश्चिमाञ्चल क्षेत्रमा आयोजित दुइ दिने छलफल कार्यक्रमको समापन गर्दै सह सचिव पाण्डेले सहभागीहरु समक्ष  उक्त कुराको जानकारी दिएका हुन । परिषद गठन हुने वित्तिकै जिल्लामा रहेका सबै युवा सूचना केन्द्रहरुको समेत प्रभावकारीता वढने उनले वताए ।    
बजेट अभावका कारण मन्त्रालयले युवा कार्यक्रमहरुमा गति लिन नसकेको वताउँदै सहसचिव पाण्डेले युवा संग गाँसीएका धेरै कार्यक्रमहरु परिषदको गठन पछि सहज हुने उनको भनाई थियो । मन्त्रालयले १० वर्षे रणनितिक योजना र कार्यक्रमहरुको कार्यान्वयनका लागि समेत सरोकारवाला संस्था र अन्य मन्त्रालयहरु संग समेत मिलेर काम गर्ने सहसचिव पाण्डेले वताए ।
दुइ दिने कार्यक्रममा मन्त्रालयले तयार पारेको राष्ट्रिय युवा निति २०७२ र सो को कार्यन्वयनका गर्न बनेको युथ भिजन २०२५ सहितको दश वर्षे रण्नितिक योजनाको बारेमा मन्त्रालयका उपसचिव ज्ञानराज सुवेदीले ६ वटा विभिन्न सिर्षकमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
सो अवसरमा युवा तथा खेलकुद मन्त्रालय द्वारा पोखरामा आयोजित पश्चिमाञ्चल विकास क्षेत्रिय अन्तरक्रिया तथा छलफल कार्यक्रमका सहभागिहरुले राष्ट्रिय युवा निति २०७२ को प्रभावकारी कार्यान्वयनका लागि समेत जोड दिएका थिए । दुई दिन सम्म चलेको उक्त कार्यक्रममा पश्चिमाञ्चलका कास्की, लमजुङ्ग, तनहुँ, स्याङ्गजा, पर्वत र म्याग्दी जिल्लाका विभिन्न रजनितिक दलका भातृसंगठनका अध्यक्ष तथा अन्य सरोकारवाला संस्थाकाहरुका करिव ५० जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।



Tuesday, June 7, 2016

लागू औषध ब्राउन सुगर सहित पक्राउ -Arrested with Drugs-Pokhara-Nepal


     मिति २०७३।०२।२३ गते जिल्ला कास्की पोखरा उ.म.न.पा.-९ नयाबजार घर भई जिल्ला कास्की पोखरा उप(महानगरपालिका वडां नं -६ लेकसाइड डेरा गरी वस्ने वर्ष ३० को विकाश तामाङले पोखरा नगरक्षेत्रका विभिन्न स्थानहरुमा अवैध लागु औषध नर्फिम,डाइजापाम,फेनरागन,ब्राउन सुगर बिक्रीबितरण गर्दछन भन्ने प्राप्त विशेष सुचनाको आधारमा यस कार्यालयबाट प्रहरी निरीक्षक रबिन्द्रमान गुरुङको कमाण्डमा खटिई गएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा उप-महानगरपालिका वडां नं -६ लेकसाइड बाट पक्राउ गरी तलासी लिंदा निजको साथ बाट नर्फिन ईन्जेक्सन थान १० (दस),डाईजापाम ईन्जेक्सन थान १० (दस),फेनरागन ईन्जेक्सन थान १० ९(दस),ब्राउनसुगर १ ग्राम ७५ मिलीग्राम,सिजीइयोनलाईट मोबाईल थान १ (एक)र जिल्ला बारा वुनियाद गा.बि.स.- ८ वस्ने वर्ष ४५ को प्रभु महतोलाई उप-महानगरपालिका वडां नं -९ पृथ्विचोकबाट पक्राउ गरी तलासी लिंदा निजको साथबाट ब्राउनसुगर ३५ (पैतीस) ग्राम डायमण्ड मोबाईल थान १ (एक)  बरामद गरि  आवश्यक कानुनी कारवाहीको लागी जि.प्र.का.कास्कीमा पठाईएको छ ।

मिति : २०७३।०२।२३ गते ।                                
 लागू औषध नियन्त्रण व्युरो पोखरा ।



Thursday, May 26, 2016

लागू औषध सहित मानिस पक्राउ -Men Arrested with Drugs-Pokhara-Nepal

 पोखरा जेष्ठ-१२ गते ।
    जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. १२ सिंगापुरे टोलमा होटलको कोठा भाडामा लिई लागू औषधको बिक्री बितरण तथा कारोवार गर्दै गरेको भन्ने बिशेष सूचनाको आधारमा मिति २०७३/२/११ गते यस कार्यालय तथा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठामा खानतलासी लिंदा बिक्री बितरण तथा सेवन गर्नको लागि पलाष्टिकमा स(साना पोका बनाई राखेको १६७ ग्राम ब्राउन सुगर सहित निम्न ब्यक्तिहरुलाई पक्राउ गरी लागू औषध मुद्दामा थप अनुसन्धान कार्य भईरहेको ।
पक्राउमा परेका ब्यक्तिहरु :
१.    जिल्ला स्याङजा चित्रे भन्ज्याङ ४ बस्ने बर्ष २४ को उमेश ठकुरी ।
२.    जि. तनहुं राईपुर बस्ने बर्ष ३६ को धिरेन थापा ।
३.    जिल्ला तनहुं रौ बस्ने बर्ष २९ को सुजन थापा ।
४.    जिल्ला तनहुं भानुमति २ बस्ने बर्ष २५ को चन्द्र बहादुर शाही ।
५.    जिल्ला कास्की ढिकुरपोखरी ६ बस्ने बर्ष १९ कि मेलिना बि।क।
६.    जिल्ला बारा मोहडा २ बस्ने बर्ष २४ को सोनालाल गिरी ।
२०७३/०२/१२ गते ।                                      
 जिल्ला प्रहरी कार्यालय कास्की ।

Wednesday, May 25, 2016

नशालु पदार्थ सेवन गराई लुटपाट गर्ने ब्यक्तिहरु पक्राउ -Pokhara News

पोखरा जेष्ठ.१२ गते ।
    जिल्ला प्रहरी कार्यालय कास्कीलाई प्राप्त बिषेश सुचनाको आधारमा जिल्ला रुपन्देही बुटवल नगर  क्षेत्रका बिभिन्न स्थानमा जग्गा बेच्ने ब्यक्तिहरुको मोबाईल नंम्बर पत्ता लगाई आफु जग्गा किन्ने ब्यक्ति भएको भनि बताई  मोल(मोलाई गर्नको लागी बुटबल वसपार्कका होटलहरुमा बोलाई पेय पदार्थ ९ जुस ० तथा बिष्कुटमा नशालु पदार्थ मिसाई खुवाई बेहोस बनाई लुट्ने तथा पोखराका बिभिन्न स्थानहरुबाट पाल्पा, मुग्लिङ, मनकामना सम्म जानु छ भनि ट्याक्सी रिर्जभ गरी उक्त स्थान तर्फ लैजाँदा बाटोमा पेय पदार्थ ९ जुस ० तथा बिष्कुटमा नशालु पदार्थ मिसाई खुवाई बेहोस बनाई बिभिन्न गर(गहना र नगद तथा मोबाईल समेत लुटी फरार रहेका निम्न नामथर बतन भएका ब्यक्तिहरुलाई पोखरामा लुकि छिपी बसेको अबस्थामा पो.उ.म.न.पा.बडा नं ७ जनप्रिय मार्गबाट Lorazepam Tablet (नशालु औषधी)  र बिस्कुट सहित वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले मिति २०७३।०२।११ गते पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको ।   
    प्रारम्भिक अनुसन्धानको क्रममा निजहरुले वुटवल रुपन्देही , मुग्लिङ चितवन र पाल्पामा समेत बिभिन्न ब्यक्तिहरुलाई नशालु पदार्थ सेवन गराई नगद तथा सुनका गरगहनाहरु लुटि फरार रहेको भन्ने खुलेको ।
    निम्न:
१.  जिल्ला स्याङ्जा स्वरेक वडा नं ७ बस्ने बर्ष ४९ को बिकास भन्ने डिल बहादुर सेन ठकुरी ।
२.  जिल्ला नवलपरासी अरुणखोला गा.वि.स.बडा नं ८ बस्ने बर्ष ३७ को प्रकाश सुनार ।
३.  जिल्ला पर्बत हसौनी गा.वि.स.वडा नं ६ घर भई हाल जि.रुपन्देही वुटवल न.पा.१२ बर्ष ५९ को राम गुरुङ
४.  जिल्ला स्याङ्जा छाङछाङ्दी बडा नं.१ भई हाल जिल्ला रुपन्देही वुटवल न.पा.वडा नं १२ बस्ने बर्ष ४५ को लाले ब.दमै ।
५.  ऐ.ऐ.पेलाकोट गा.बि.स।.वडा नं.६ भई हाल कास्की जिल्ला पो.उ.म.म.पा.७ बस्ने बर्ष ४५ को धन बहादुर बि.क.
   
मिति :२०७३।०२।११ गते ।                                       
जिल्ला प्रहरी कार्यालय कास्की ।

Thursday, May 19, 2016

अचार बनाउने तीनदिने तालिम सम्पन्न

पोखरा, ५ जेठ 
     पोखरा-५ मालेपाटनमा अचार बनाउने सिपमूलक तीनदिने तालिम सम्पन्न भएको छ । पोखरा–५, वडा समन्वय आमा÷महिला समितिद्धारा आयोजना गरिएको तालिममआप,गाजर, काउली, बन्दा, धनिया, गोलभेंडा, कटहर, खुर्सानी, मेथी लगायत मिक्स गरी ९ किसिमको अचार बनाउन तालिम दिइएको थियो । तालिममा सहभागी महिलाहरुका लागि तालिमले आय आर्जन गर्न सहयोग पु¥याउने  तालिम संयोजक कालिका थापाले बताउनुभयो । पोखरा–५, वडा समन्वय समितिका अध्यक्ष उज्वल खत्रीले सिकेको सिपलाई ब्यबहारमा खरो उतारेर ब्यबसायिक बन्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो ।कार्यक्रममा रेडियो गण्डकीका स्टेशन म्यानेजर घनश्याम पाण्डेय सहभागीहरुले सिकेको सिप लाई ब्यहारमा प्रयोग गर्दे सके ब्यबसायीक बन्नुपर्ने नसके आफुले खाने अचार आफैले बनाएर खानुपर्ने बताउनु भयो । कार्यक्रमा अभियान युवा क्लबका अध्यक्ष बसन्त गिरि ,सहभागी श्रmृजना श्रेष्ठ लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । नब सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहयोग गरेको अचार बनाउने सिपमूलक तालिममा ५३ जनाको सहभागिता थियो । कार्यक्रमको उद्घाटन ससोमबार सससस पोखरा उप महा नगरपालिकाका निमत्त प्रमुख ओमराज पौडेलले गर्नुभएको थियो ।

Tuesday, May 17, 2016

लागू औषध नियन्त्रण एक हप्ते अभियान कार्यक्रमको उद्‌घाटन Pokhara News

पोखरा जेष्ठ-३ गते ।
    लागू औषध नियन्त्रण ब्यरो पोखराको संयोजकत्वमा सामुदायिक जिल्ला  समन्वय समिति कास्की तथा गेट वे फाउन्डेसनको सहकार्यमा आयोजित लागू औषध नियन्त्रण एक हप्ते अभियानू कार्यक्रम अन्तरगत आज मिति २०७३/०२/०३ गते १३:०० बजे अञ्चल प्रहरी कार्यालय गण्डकीका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक महेन्द्र पोखरेल ज्युको प्रमुख आतिथ्यता र लागू पदार्थ नियन्त्रण समाज सुधार आमा समुह नेपालका अध्यक्ष बिष्णु कुमारी गुरुङको अध्यक्षतामा पोखरा उद्योग बाणिज्य संघको अमृत कक्षमा समुद्धघाटन कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा लागू औषधको अवस्था, असर तथा रोकथाम सम्बन्धमा अ.प्र.का.गण्डकीका प्रमुख महेन्द्र कुमार पोखरेल, जि.प्र.का.कास्कीका प्रमुख प्र.उ. घनश्याम अर्याल, लागू पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समुहका अध्यक्ष बिष्णु कुमारी गुरुङ, गेट वे फाउन्डेसनका अध्यक्ष बिष्णु गुरुङ, सामुदायिकका जिल्ला समन्वय समिति कास्कीका अध्क्षय बिष्णु बहादुर भट्टराई, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, तथा मानवअधिकारवादी टेकनाथ बरालले आ(आफ्नो मन्तब्य राख्नु भएको र उक्त कार्यक्रममा १५० जनाको उपस्थिती रहेको थियो ।
    साथै उक्त कार्यक्रममा संयोजकको तर्फबाट लागु औषध नियन्त्रण ब्युरोका प्रहरी निरीक्षक रबिन्द्रमान गुरुङले स्वागत मन्तब्य तथा कार्यक्रमको उद्धेश्यबारे प्रष्ट पार्नुभएको थियो ।

मिति : २०७३।०२।०३ गते ।                                
 लागू औषध नियन्त्रण व्युरो पोखरा ।

Tuesday, May 10, 2016

सुनको सिक्री लुट्ने ब्यक्ति पक्राउ-Crime News Pokhara

पोखरा बैशाख, २७ गते 
    मिति २०७३/१/२६ गते बेलुका अं. ८:०० बजेको समयमा जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ९ न्यूरोडमा बर्ष ८६ कि मन कुमारी भट्टचन आफनै घरमा रहेको होटल भित्र काउन्टरमा बसी रहेको अवस्थामा जिल्ला कास्की पुरन्चौर घर भई पोखरा ९ न्यूरोड बस्ने बर्ष ३१ को सुर्य बहादुर नेपालीले उक्त होटलमा पुगी काउन्टरमा रहेकी वृद्द महिलालाई आमा  काम छ तपाई एकछिन यता बाहिर आउनुहोस भनी बोलाई निज वृद्द महिलाले घांटीमा लगाएको अं. ५ तोलाको सुनको सिक्री तानी भागेकोमा प्रहरी घटनास्थलमा पुगी निजअभियुक्तलाई लुटी लगेको सिक्री सहित पक्राउ गरी आज मिति २०७३/१/२७ गतेसम्मानित कास्की जिल्ला अदालतबाट जवरजस्ती चोरी मुद्दामा म्याद थप लिई थप  अनुसन्धान कार्य भईरहेको ।
 
     अभियुक्तको नाम : सुर्य बहादुर नेपाली
     ठेगाना : जिल्ला कास्की पुरन्चौर घर भई हाल पोखरा ९ बस्ने ।
     उमेर : ३१ बर्ष

मिति : २०७३/१/२७ गते ।                       
जिल्ला प्रहरी कार्यालय कास्की

Friday, April 29, 2016

आठौ राष्ट्रपति रनिङ्ग शिल्ड जारी आठ सय मिटरमा पवन र जमुनालाई स्वर्ण Sports News Pokhara


पोखरा,  बैशाख १६ गते  
   कास्की जिल्ला स्तरीय आठौ राष्ट्रपति रनिङ्ग शिल्ड   विद्यालय खेलकुद प्रतियोगिता  अन्र्तगत रगंशालामा विहिबार सम्पन्न ८ सय मिटर छात्र÷छात्रा दौडमा सैनिक आवासिय माविका पवन श्रेष्ठ र गौरिशंक माविकी  जमुना कुँवरले स्वणपदक जितेका छ । पोखरा रगंशालाको एथलेटिक्स ट्रयाकमा भएको दौडमा छात्र तर्फ गण्कडी आवासियका सम्मर ढकालले रजत जिते भने मेश्रमबराह माविका सचिन गुरुङले कास्यपदक जिते । छात्रा तर्फ भद्रकाली उच्च माविकी सुजाता रानामगरले रजत र गौरीशंक माविकी ओममाया खगाने मगरले कायस्पदक प्राप्त गरिन् । त्यस्तै एक सय मिटर छात्रा दौडमा टप्स उच्चमाविकी शशी चौधरीले स्वण हात पारिन भने छोरेपाटन उच्च मावीकी गोम वि.कले रजत र कास्की मोर्डनाइजकी सृजना क्षेत्रीले कास्य पदक जितिन् । छात्र तर्फ गण्डकी आवासीयका विकास कुमार शाहले  स्वर्ण जिते, सैनीक आवासीयका सिद्धान्त काकीले रजत र हेमजा बोर्डिङका सागर नेपालीले कास्यपदक हात पारे ।

सटफुटमा
राष्ट्रपति रनिङ सिल्ड अन्र्तगत छात्र सटपटमा हिल प्वाइन्ट स्कुलका बेदबहादुर भुजेलले स्वर्ण, गौरीशंकर उच्च माविका विष्णु सेन्चुरीले रजत र रिभर डेल बोर्डिङका विश्वास मित्रकोटीले कायस्पदक जिते । त्यस्तै छात्रा तर्फ भद्रकाली उमाविका सोनु नेपालीले स्वर्ण, टप्स उमाविकी सरस्वती सुनारले रजत र गौरीशंकर माविकी सलिना वि.क ले कास्यपदक जित्न सफल भए ।
लङ्गजम्प
रनिङ्ग शिल्डमा आयोजना गरिएको लङ्गजम्पको छात्र तर्फ हेम्जा बोर्डिङका सागर नेपालीले स्वर्ण, गण्ण्डकी आवासीय स्कुलका विकास कुमार शाहले रजत र टप्स उच्च माविका अर्जुन अधिकारीले कास्य पदक जिते ।  छात्र तर्फ टप्सकी शशी चौधरीले स्वर्ण, हिलप्वाइन्टकी विना रानाभाटले रजत र हेमजा बोर्डिङकी नमुना पराजुलीले कास्य पदक हात पारे ।
ट्रिपल जम्प
राष्ट्रपति रनिङ शिल्ड अन्र्तगत संचालित ट्रिपल जम्पमा छात्रा तर्फ सैनिक आवासिय माविका अनु अधिकारीले स्वर्ण जित्न सफल भइन भने गौरीशकरका अनिसा भण्डारीले रजत र गौरीशकरकै मिना नेपालीले कास्य पदक जितिन । छात्र तर्फ कास्की मोडनाइज्ड बोर्डिङका डोविन गुरुङले स्वर्ण जिते भने डायमण्ड उमाविका सन्तोष पतनीले रजत र साइनिङ स्टारका किरण परियाले कास्य पदक हात पार्न सफल भए ।
ज्याभलिङ थ्रा्े
ज्याभलिङ थ्रो छात्र तर्फका प्रतिस्प्र्धामा विष्णु पादुका प्रविण नेपालीले स्वर्ण जिते । भने हिमालयन माविका जेनिस वि.कले रजत र गण्डकी बोर्डिङका जीतेन्द्र गरुङले कास्य पदक जिते । त्यस्तै छात्रा तर्फ टप्स उच्च माविकी सरस्वती सुनारले स्वर्ण जित्न सफल भइन । कास्की मोडनाइज्डकी इशा गुरुङले रजत र विष्णु पादुकाकी करुया नेपालीले कास्य पदक जित्न सफल भइन् ।
कराँतेमा हिमाली बोर्डिङ स्कुल प्रथम
आठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत सचालित सितेरीयो कराँते प्रतियोगितामा हिमाली बोर्डिङ  स्कल प्रथम भएको छ । दुई स्वर्ण, एक रजत र  तिन कास्य सहित हिमाली प्रथम भएको हो । त्यस्तै भास्कर एकेडेमी दोस्रो भयो । दुई स्वण, एक कास्य सहित दोस्रो भएको हो भने २ स्वर्ण एक कास्य सहित भाष्करपनि दोस्रो भएको थियो । दुवै टिमको बराबरी भएपछि गोलप्रथाद्धारा दोस्रो र तेस्रो छुटटयाएको थियो । गोलाप्रथाबाट भाष्कर एकेडेमी दोस्रो हुदाँ बर्डस एकेडेमीले तेस्रो स्थानमा चित्त बुझायो ।

Friday, April 22, 2016

कालोबजारी गर्ने पक्राउ-Gas Cylinder

पोखरा बैशाख, ९ गते
    जिल्ला कास्की पोखरा उप.म.न.पा. वडा नं. ८ सृजनाचोकमा बिष्णु प्रसाद गौतमले संचालन गरेको  दाजु गौतम किचन स्टोर्समा बढी मुल्य लिईग्याँस सिलिन्डरहरु बिक्री बितरण गरीकालोबजारी गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा मिति २०७३/१/९ गते बिहान ८:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी टोली खटि गईनिजले संचालन गरेको पसलमा चेकजांच गर्दा अवैध रुपमा ग्यांसको जम्माखोरी तथा कालोबजारी गर्दै गरेको अवस्थामा फेला पारी लुकाई छिपाई राखेको भानु ग्यांस भरी सिलिण्डर  थान  ९ सहितउक्त पसलका संचालक बिष्णु प्रसाद गौतमलाई पक्राउ गरी कालो बजारी तथा अन्य केही सामाजिक अपराध मुद्धामा आजै सम्मानित कास्की जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान कार्य भई रहेको ।

मिति २०७३/०१/०९गते ।       
 जिल्ला प्रहरी कार्यालय कास्की।

Tuesday, April 19, 2016

सिद्धबाबाको नागरिक अभिनन्दन- Siddha-Baba Pokhara News


पोखरा, बैशाख ६ गते ।
 पोखरामा नौं दिने समाधी सफलता पूर्वक गुरु सिद्धबाबा कृष्णदास महाराजको पोखरामा आज झण्डै दुई दर्जन संघसंसथाहरुले अभिनन्दन गरेका छन् । जसमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, नरनारायण बाबा आश्रम, नारायण स्थान धार्मिक विकास समिति लगायतका रहेका छन् ।
गुरु सिद्धबाबालाई क्षेत्रीय प्रशासक शंखर कोइराला, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली, समाजसेवी एवम् विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति अध्यक्ष गणेशराज श्रेष्ठ लगायतले अभिनन्दन गर्नु भएको थियो ।
कार्यक्रममा पद्दम नर्सिङ होमका तर्फबाट डा. नारायण गौतम, कालु शर्माले अभिनन्दन गर्नु भएको थियो भने डा. बुद्धि बहादुर थापाले चिक्सिता विज्ञान र समाधीको बारेमा बोल्नु भएको थियो ।
त्यसै गरी क्षेत्रीय प्रशासक शंखर कोइराला, गोेविन्द बाबु तिवारी, गणेश बहादुर श्रेष्ठ, तीर्थ श्रेष्ठ, काँग्रेश नेता शुक्रराज शर्मा लगायतले समाधीका बारेमा बोल्नु भएको थियो ।


Monday, April 18, 2016

पोखरामा मोटरसाईकल चोरी गर्ने धादिङबाट पक्राउ-Motorbike Theft Arrest -Pokhara Nepal


  • पोखरा बैशाख, ५ गते 
      पोखरा तथा आसपासका ईलाकामा मोटरसाईकल चोरी गर्ने गिरोहलाई धादिङबाट पक्राउ गरिएको छ । मिति २०७२।/०८/२२ गते जिल्ला कास्की पोखरा उ.म.पा.वडा नं.६ हल्लनचोक स्थित टेकनाथ भण्डारीको ग १० प ६७३३ नं. को बुलेट मोटरसाईकल चोरी गर्ने धादिङ जिल्ला झर्लाङ गा.वि.स. वडा नं. २बस्ने बर्ष २५ को राहुल तामाङ र ऐ ऐ बस्ने बर्ष २५ को अर्जुन तामाङ  तथा चोरीको उक्त मोटरसाईकल खरिद गर्ने रसुवा जिल्ला स्याफ्रुवेंशी-९ बस्ने आमोश तामाङलाई पोखराबाट मोटरसाईकल चोरी गरी धादिङ पु(याएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङसंग समन्वय गरी मिति २०७३/०१/०४ गते धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नं. ३ पुछारबजारबाट पक्राउ गरी पोखरा ल्याई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी मुद्वामा म्याद थप गरी थपअनुसन्धान भईरहेको छ।
        प्रारम्भिक सोधपुछ तथा अनुसन्धानका क्रममा पक्राउ प्रतिवादीहरु मध्येका अर्जुन तामाङ मोटरसाईकल चोरी मुद्वामा केन्द्रिय कारागारमा ४ बर्ष जेल सजाय भुक्तान गरी २०७१ असोज महिनामा छुटेकोभन्ने बुझिएको ।












Tuesday, April 12, 2016

बालमन्दिर उमाविमा आइटी एजुकेशन सेन्टर-Bal Mandir IT Education Centre-Pokhara.Nepal



पोखरा, २९ चैत
पोखराको नदीपुरमा रहेको बालमन्दिर उच्च माविमा आइटी एजुकेशन सेन्टर सञ्चालनमा ल्याइएको छ । क्यान हेल्प अष्ट्रेलिया, सूर्योदय युवा क्लब, पुन युनाइटेड क्लब र विद्यालयको संयुक्त पहलमा आइटी एजुकेशन सेन्टर स्थापना गरिएको हो ।
एजुकेशन सेन्टरमा इन्टरनेट सहित २० वटा कम्प्युटर रहेका छन् । सेन्टर स्थापना गर्न क्यान हेल्प अष्ट्रेलियाबाट १० लाख र वाकी रकम सूर्योदय युवा क्लब, पुन युनाइटेड क्लब र विद्यालयले व्यवस्थाप गरेका हुन् । आइटी एजुकेशन सेन्टरको सोमबार एक कार्यक्रमकाबीच नेपालका लागि अष्ट्रेलियन राजदुत ग्लेन ह्वाइटले उद्घाटन गरेका हुन् ।
कार्यक्रमा बोल्दै राजदुत ग्लेन ह्वाइटले विद्याललाई सूचना प्रविधिसँग निकटाता बनाउन यस सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने बताए । वर्तमान युग सूचनाको युग भएको बताउदै उनले आइटी एजुकेशन सेन्टरलाई सहि सदुपयोग गर्न समेत आग्रह गरे ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालय पोखराका क्षेत्रिय निर्देशक विष्णुप्रसाद अधिकारीले विद्यार्थीलाई गल्ती गर्न नसक्ने वनाउन सकेमा मात्र शिक्षाको गुणस्तरता कायम हुने बताए । विद्यार्थीहरुले कति प्रतिशत ल्याए भन्दा पनि सामाजमा कसरी घुलमिल हुन्छ त्यो चासोको विषय हो उनले भने– सामाजिक व्यवहारमा सधै गल्ती गर्छ भने त्यो शिक्षालाई पूर्ण मानिदैन ।
बालमन्दिर उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष श्रीराम पौडेलले सूचना प्रविधि सग नजिक बनाउन यो सेन्टर कोषेढुङ्गा सावित हुने बताए । विद्यालयमा आइट एजुकेश सेन्टर स्थापना हुनु हाम्रो लागि सुखद कुरा भएको उनले बताए । ‘यो अभियानमा सहयोग गर्ने सवैप्रति आभार प्रकट गर्दछु,’ उनले भने ।
कार्यक्रममा क्यान हेल्प अष्ट्रेलियाका प्रमुख ग्य्राहेम करी, क्षेत्रिय प्रशाशन कार्यालय पोखराका उपप्रशाशक लोकराज रेग्मी, जिल्ला शिक्षा कार्यालय कस्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, लम्जुङका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल, रोटरी क्लव अफ अन्नपूर्णका अध्यक्ष कल्याणकुमार कर्मचार्य, सूर्योदय क्लब तथा पुन युनाइटेड क्लवका ईश्वर पुन, विद्यार्थी विकास बसौलाले बोलेका थिए ।
क्यान हेल्प नेपालकी कोषाध्यक्ष समता प्रधानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिक्षक प्रकाश वाग्लेले स्वागत तथा अतिरिक्त क्रियाकलाप संयोजक तीलकबहादुर कार्की र शिक्षिका शर्मीला रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Sunday, April 10, 2016

ज्योतिकुञ्जमा विज्ञान प्रदर्शनी -Jyotikunj English School Pokhara Nepal





    पोखरा, २७ चैत ।
 पोखराको रामबजारमा रहेको ज्योतिकुञ्ज इङलिस उच्च माविले शनिबार वृहत विज्ञान प्रदर्शनी तथा शैक्षिक सत्र २०७१/७२ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकाल प्रमुख अतिथी रहेका थिए । हिसान कास्कीका अध्यक्ष बाबुराम पन्त, प्याब्सन कास्की अध्यक्ष चिनु रानाभाटको विशेष उपस्थिति रहेको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुरन कुँवरले शैक्षिक गतिविधी र भावी योजनाहरुबारे जानकारी दिएका थिए
 कार्यक्रमका प्रमुख अतिथी कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले विज्ञान प्रदर्शनीको उद्घाटन गर्दै यस्ता गतिविधीहरुले विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनमा सहयोग पुग्ने बताए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम र नृत्य समेत प्रस्तुत गरेका थिए । शैक्षिक सत्र २०७१/०७२ मा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुलाई सो अवसरमा पुरस्कृत पनि गरिएको थियो ।

यौन व्यवसायमासंलग्न व्यक्तिहरु पक्राउ-Pokhara News

पोखरा- चैत्र २६गते ।   
    पोखरा नगर क्षेत्रमा यौन व्यवसाय फष्टाउदै गरेको भन्ने जनगुनासो तथा आम नागरिकहरुबाट प्राप्त सुचनाको आधारमापोखरा नगर क्षेत्रका जाल्पारोड स्थित परि खाजा घर, एम।वि। खाजा घर,मालिका खाजा घर,पोखरा बसपार्क स्थित मनकामना गेष्ट हाउस,नागढुंगा स्थितनिर्भाना रेष्टुरेण्ट,एयरपोर्ट स्थित नाम नभएको खाजा घर,बगालेटोल स्थित फाष्ट फुड मस्म, सृजनाचोक स्थित यूनिक खाजा घर लगायतका विभिन्न होटल, लज तथा खाजा घरहरुमाअवैध यौन व्यवसायमा संलग्न रहेका २६ जना व्यक्तिहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरु मध्ये २१ जना महिला र ५ जना पुरुष रहेका छन् ।निजहरु उपर यस कार्यालयबाट थप अनुसन्धान कार्य भईरहेको ।



मितिL:२०७२।१२।२६गते।                   
 जिल्ला प्रहरी कार्यालय कास्की।