Thursday, July 20, 2017

श्रमिक बालबालिकाहरुको सम्पर्क केन्द्र वडा नं. १० लाई रामबजार युथ क्लबको सहयोग

पोखरा, ४ साउन ।
    पोखरा लेखनाथ महानगर पालिका वडा नं. १० मा अवस्थित रामबजार युथ क्लबद्वारा गत वर्ष आयोजना गरेको चौथो संस्करणको रामबजार  महोत्सव – २०७३ बाट बिक्री गरिएको प्रत्येक टिकटबाट रु १/– जम्मा गरी छुट्याईएको रकम रु पच्चीस हजार पाँचसय पच्चीस श्रमिक बालबालिकाहरुको सम्पर्क केन्द्र पो.ले. १० मा सिकाई केन्द्रको उद्धघाटन कार्यक्रमको अवसर पारी प्रदान गरेको छ ।
    पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं श्रमिक बालबालिका न्यूनिकरण मञ्चका अध्यक्ष रमेश कर्मचार्यका अध्यक्ष्यतामा भएको कार्यक्रममा सम्पर्क केन्द्रका अध्यक्ष सूर्यबहादुर बानियाले स्वागत मन्तव्य राखेका थिए । उनले सम्पर्क केन्द्र स्थापना काल देखि नै विभिन्न अवरोधहरु को सामना गर्दै विभिन्न ठाउँ बाट बालबालिकाहरु उद्धार गरि केन्द्र सञ्चालन गरिएको बताए ।
    जब सम्म समाजमा रहेका सभ्रान्त परिवार लाई बालबालिका लाई श्रममा लगाउनु हुँदैन भन्ने भावना जगाउन सकिदैन तब सम्म बालश्रम रोकिदैन त्यसैले राज्य स्तर तथा भर्खर मात्र निर्वाचित जनप्रतिनिधिहरुलाई त्यस्तो किसिमको जनचेतना जगाउने कार्यक्रम ल्याउनुपर्ने कुरामा सचेत गराए ।
    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले बालबालिका लाई श्रममा लगाउनु उचित नभएको र यसले बालबालिकामा नकरात्मक असर पर्ने बताए । उनले जोखिमपूर्ण श्रममा रहेका बालबालिकाका लागि राज्य बाट पनि ठोस कदम चालिनुपर्ने आवश्यकता औंल्याए । जिल्ला शिक्षा कार्यालयबाट यस्ता जोखिममा रहेका बालबालिकाहरुलाई विभिन्न सरकारी विद्यालयमा पढन पाउने अधिकारबाट वञ्चित हुन नपरोस भनि आफुले सहयोग गर्ने पनि विश्वस्त गराउनु भयो ।
    कार्यक्रममा विशेष अतिथी पो.ले. १० का अध्यक्ष राजकुमार गुरुङ्गले आफ्नो वडा बालश्रम मुक्त वडा बनाउन हरसम्भव प्रयास गर्ने आश्वासन दिए । उनले आफु भर्खर निर्वाचित भएर आएको हुनाले वडामा रहेका विभिन्न संघसंस्था सँग हातेमालो गर्दै जोखिम युक्त श्रममा रहेका बालबालिकाहरु लाई उद्धार गर्ने कार्यमा सम्पर्क केन्द्र लाई सहयोग गर्ने बताउनु भयो ।
    वि.सं. २०७० मा क्लब दर्ता गरी विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएको रामबजार युथ क्लबले आफ्नो स्थापनाकाल देखिनै रामबजार लाई सेरोफेरो मानेर रामबजार महोत्सव आयोजना गर्दै आईरहेको र आफ्नै वडामा श्रमिक बालबालिका को सम्पर्क खुलेको हुँदा बालबालिकाहरु भविष्यका कर्णधार हुन र यो क्षेत्रमा पनि क्लबले आफ्नो सदभाव र सहयोग राख्नुपर्छ भन्ने लागेर सम्पर्क केन्द्र सँगको सहकार्यमा चौथो संस्करणको महोत्सव देखि प्रति टिकट रु १/
    कार्यक्रमका अध्यक्ष रमेश कर्मचार्य ले पोखरा उद्योग वाणिज्य संघ ले आफ्नो सामाजिक दायित्व लाई बोध गरी यो कार्यक्रम ल्याएको जानकारी दिए । उनले पो.ले.म.न.पा. को सन् २०१८ सम्म पोखरालाई बालश्रम मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम लाई पोखरा उद्योग वाणिज्य संघको यो कार्यक्रमले निकै साथ दिएको बताए ।
    बालश्रम न्यूनिकरण मञ्चका सचिव विनोद लामिछाने ले सञ्चालन गरेको कार्यक्रममा नगर महिला समन्वय समितिका अध्यक्ष पवित्रादेवी गुरुङ्ग, बालश्रम न्यूनिकरण मञ्चका कार्यक्रम संयोजक भक्तराज रसाईली, सम्पर्क केन्द्रका कोषाध्यक्ष किरणप्रसाद भट्टचन लगायतको उपस्थिती रहेको थियो । 


– छुटाएर सहयोग शुरु गरिएको जानकारी क्लबका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए । उनले यो सहयोग निरन्तर जारी रहने पनि जानकारी दिए ।

No comments:

Post a Comment

Please, comment about this article.