नेपालका लागि चिनिया राजदुत क्यू गोहोङले नेपाल चीनबीचको दौन्त्य सम्बन्ध ५५ बर्ष पुगेको उपलक्ष्यमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राजदुत गोहोङले नेपालको कुनै पनि स्वतन्त्र गतिविधिप्रति चिनको हस्तक्षेप नरहने बताउँदै आफुहरु नेपालसँग व्यापारिक र लगानीमुलक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्रबीर मालाकारले चिनिया सरकारले नेपालको व्यापार विस्तार र विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।अध्यक्ष मालाकारले व्यापार विस्तारका लागि चीनले करिब ४ सय नेपाली बस्तुहरुमा दिएको भन्सार सुविधा स्वागतयोग्य भएको बताउनुभयो । नेपाली काँग्रेसका नेता चक्र प्रसाद बास्तोलाले नेपाल चीनबीचको पुरानो सम्बन्ध र उहाँले मुलुकको विकासका लागि एकै खालको राजनीतिक, आर्थिक संरचना भन्दा परिवर्तित संरचना आबश्यक पर्ने औल्याउनुभयो । नेता बास्तोलाले नेपाल चीनबीचको व्यापारिक सम्बन्ध विस्तारमा कोदारी सडक खण्डको भूमिका महत्वपूर्ण रहने औल्याउनुभयो ।
Saturday, June 26, 2010
Monday, June 21, 2010
आदिवासी चलचित्र महोत्सव
आदिवासी जनजातिको रीति संस्कृतिलाई सर्वव्यापी गर्ने उद्देश्यले विगत तीन वर्षदेखि निरन्तरता पाउँदै आएको नेपाल अन्र्तराष्ट्रिय आदिवासी चलचित्र महोत्सव आगामि शुक्रवारदेखि काठमाडौंमा सुरु हुँदैछ । कथानक चलचित्र,बृत्तचित्र,छोटा चलचित्र र म्यूजिक भिडियोहरु समावेश हुने सो महोत्सवमा स्वदेश तथा विदेशका ३२ वटा चलचित्र समाबेश हुने भएको छ ।
विश्वभरि संगीत महोत्सवको रुपमा मनाइदै
विश्व संगीत दिवस सोमवार विश्वभर भव्यताका साथ मनाइयो । सन् १९८१ मा फ्रान्सको राष्ट्रिय प्रसारण एफएम मा रातको समयमा आयोजना गरिएको एक साँगीतिक कार्यक्रमको सफलतालाई विश्वभरि संगीत महोत्सवको रुपमा मनाइदै आएको छ । संगीतको सम्र्बधन र प्रर्वद्धन गर्ने उद्देश्यले यो दिवस मनाइदै आएको छ । विश्वसंगीत दिवसका अवसर पारेर सोमवार यूरोप,अमेरिका र एसियाका १२० राष्ट्रका ३५० शहरहरुमा विभिन्न साँगीतिक कार्यक्रमको आयोजना गरि संगीत दिवस मनाइयो । विश्व संगीत दिवसका अवसरमा आयोजना गरिएका सबै साँगीतिक कार्यक्रममा संगीतपारखीहरुलाई निःशुल्क प्रवेश गराइएको थियो ।
Friday, June 11, 2010
MEXICO VS SOUTH AFRICA (11 JUNE, 2010)
South Africa sends the host nation's fans into frenzy when winger Siphiwe Tshabalala gives the team a 1-0 lead against Mexico in the 55th minute in the World Cup's opening match. A good passing move in midfield by South Africa led to Tshabalala breaking free down the left wing. He surged forward and was left one-on-one with the Mexico goalkeeper. The stadium erupted into cheers and the vuvuzelas reached record volume when his high shot landed in the net. Mexico, after a bright first half, picked up the pace again, but had not been able to break through the South Africa defense by the 75th. Giovani Dos Santos had two chances to equalize about five minutes after South Africa's goal. Match between Mexico and South Africa was interesting. In first 45 minutes they ended in goal less draw. They both have huge opportunities but they could utilize them. In the second half RSA took the lead over North American but after some minutes Mexican equalizes. They shares 2 goals.
Nelson Mandela is not in the opening ceremony of world cup 2010
कार दुर्घटनामा पनातिनीको मुत्यू भएपछि दक्षिण अफ्रिकाका बिश्व प्रसिद्ध नेता नेल्सन मण्डेला फिफा विश्वकप २०१० को उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् । फुटबलको महामेला बिश्वकप सुरुहुन मात्रै केहि घण्टा बाँकी रहदा कार दर्घटनामा नातिनीको मुत्यू भएपछि मण्डेलाले अन्तिम समयमा उद्घाटन समारोहमा सहभागी नहुने निर्णय गरेका हुन् । १३ बर्षीय मण्डेलाकी नातिनी जेनानी मण्डेला ओर्लन स्टेडियममा भएको बिश्वकप कन्सर्ट हेरेर फर्कदै गर्दा आज बिहान उनि चढेको कार जोहनेशबर्गमा दुर्घटना ग्रस्त भएको थियो । जेनानीले एक दिन अघिमात्रै उनको १३ औँ जन्मदिन मनाएकी थिईन् । उक्त कारमा मण्डेलाकी पुर्ब पत्नी वीन्नी मण्डेला पनि सवार रहेपनि उनि सकुसल रहेकी अन्तर्राष्ट्रिय समाचार सँथ्थाहरुले जनाएका छन् जोहनेशबर्ग प्रहरीले घटनाको छानबिन गर्न कार चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
Subscribe to:
Comments (Atom)






