Wednesday, May 26, 2010
बेगनासमा डुंगा दुर्घटना
कास्कीको बेगनास तालमा गएराति एउटा डुङ्गा डुब्दा २ जना वेपत्ता भएका छन् । लेखनाथ नगरपालिका वडा नम्बर १० का ४२ वर्षीय रामबहादुर थापा र वीरबहादुर क्षेत्री वेपत्ता भएको प्रहरीले जनाएको छ । वेपत्ताहरुको खोजी भैरहेको डाँडाको नाक प्रहरी चौकीमा प्रमुख महेन्द्र खड्काले जानकारी दिनु भएको छ । सो डुङ्गामा रहेका प्रकाश तिवारी र मनबहादुर नेपाली भने पौडिए बाँच्न सफल भएका छन् । रातको समयमा बेगनास तालको मन्दरे पार्कबाट माझीकुना घरतर्फ जादै गर्दा तालको बीचमा डुङ्गा डुबेको थियो । तालको बीचमा पुग्दा ढुङ्गामा अचानक पानी छिरे डुबेको थियो ।
Tuesday, May 25, 2010
हतियार सहित पक्राउ
जयकृष्ण गोईत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाका एक कर्याकर्तालाई प्रहरीले सप्तरीमा हतियारसहित पक्राउ गरेको छ । प्रहरी निरीक्षक भुवनेश्वर साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले मोर्चाका कार्यकर्ता रामप्रकाश यादवलाई सप्तरीको पकरीबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथवाट एक थान पेस्तोल, त्यसमा लाग्ने गोली १२ राउण्ड र म्याग्जीन २ थान वरामद गरेको छ ।
राष्ट्रियता खतरामा परेकोले आन्दोलन जरुरी मातृका यादव
पूनर्गठित नेकपा माओबादी पार्टीका संयोजक मातृका यादबले अहिले मुलुकको स्वाभिमान र राष्ट्रियता दुबै खतरामा परेकाले त्यसका विरुद्ध आन्दोलनमा उत्रन सवैलाई आग्रह गर्नुभएको छ । रिपोटर्स क्लव पर्साले बीरगंजमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा संयोजक यादबले क्रान्तिकारीहरुको संयुक्त सरकार नवनेसम्म राष्ट्रियता खतरामा पर्ने भएकाले त्यसका लागि नेपाली जनताले सधैं खवरदारी गर्नुपर्ने वताउनुभयो ।संयोजक यादबले अहिले मुलुकमा हिन्दुत्वको नाममा प्रतिगामी तत्वहरु सलवलाई रहेकाले त्यस्ता अदृश्य शक्तिहरुलाई नेपालमा हिन्दुत्वको नाममा चलखेल नगर्न चेतावनी दिनुभयो । एउटा देश कुनै एउटा धर्म विशेषको मात्र हुन नसक्ने उल्लेख गर्दै संयोजक यादवले सबै धर्मको अस्तित्वलाई स्वीकार्ने देशलाई मात्र गणतन्त्रिक देश भन्न सकिने वताउनुभयो ।
सरकार परिर्वतन नहुने अजुर्ननरसिहं केसी
नेपाली काँग्रेसका प्रवक्ता अजुर्ननरसिह केसीले वर्तमान शून्यताको परिस्थितिमा सरकार परिर्वतन नहुने बताउनु भएको छ । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता केसीले माओवादी नागरिक पार्टीमा रुपान्तरण हुने प्रतिबद्धता व्यतm नगरेसम्म सरकारले राजीनामा नदिने वताउनुभयो । लोकतान्त्रिक पद्दतिमा कुनै पनि पार्टीको अर्ध सैनिक संरचना, जग्गा जमिन कब्जा गर्न नपाउने भएकाले माओवादीले जनताका हक अधिकारलाई बन्धकमा राखेर राजनीति गरेको प्रवक्ता केसीले आरोप लगाउनु भयो । सविधानसभाकोे म्याद नथपे सबैभन्दा बढी घातक माओवादीलाई हुने उल्लेख गर्दै प्रवक्ता केसीले माओवादीलाई घुर्की र धम्कीको भाषा नबोल्न आग्रह गर्नु भयो ।
Monday, May 24, 2010
प्रहरीवीच झडप हुँदा तीन दर्जन वढी कृषक घाइते
कृषकहरु र प्रहरीवीच झडप हुँदा तीन दर्जन वढी कृषक घाइते सरकारले आवश्यक मात्रामा अनुदानको रासायनिक मल उपलब्ध नगराएको विरोधमा नुवकोट र धादिङमा प्रदर्शनमा उत्रेका कृषकहरु र प्रहरीवीच झडप हुँदा तीन दर्जन वढी कृषक घाइते भएका छन् । रसायनिक मल नपाएको विरोधमा धादिङका किसानहरुले पृथ्वीराजमार्गको गजुरीमा बिहानदेखि यातायात अवरुद्ध गरेपछि प्रहरी र कृषकवीच भएको झडपमा १३ जना घाइते भएका छन् । रासायनिक मल समयमै उपलब्ध नगराएपछि मकै लगायतका खाद्यान्नबालीमा मल प्रयोग गर्न नपाएका कृषकहरुले यातायात अवरुद्ध गर्दै रासायनिक मल उपलब्ध गराउन माग गरेका थिए । हिजो भएको सहमति अनुसार आज मल ल्याउनुपर्नेमा मल नआएपछि कृषकहरुले यातायात अवरुद्ध गरेका थिए । यातायात खुलाउने क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ सेल अश्रु ग्याँस प्रहार गरेको थियो । घाइतेको गजुरीस्थित स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ । त्यसैगरि नुवाकोटमा पनि मल नपाएको विरोधमा किसानहरुले विदुरमा प्रदर्शन गरेका छन् । किसानहरुले जिल्ला कृषि विकास कार्यालयमा तालाबन्दी गर्नुका साथै जिल्ला सहकारी संघको कार्यालय तोडफोड समेत गरेका छन् । प्रदर्शनमा सहभागी किसानमाथि प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीको लाठीचार्जबाट प्रदर्शनमा सहभागी तीन दर्जन बढी किसान घाइते भएका छन् । नुवाकोटमा पाँचसय टन रासायनिक मल आवश्यक पर्नेमा सरकारले आइतबार ४० टन मात्र मल नुवाकोट र रसुवाका लागि पठाएको थियो ।
Subscribe to:
Comments (Atom)



