Monday, May 24, 2010

प्रहरीवीच झडप हुँदा तीन दर्जन वढी कृषक घाइते

कृषकहरु र प्रहरीवीच झडप हुँदा तीन दर्जन वढी कृषक घाइते सरकारले आवश्यक मात्रामा अनुदानको रासायनिक मल उपलब्ध नगराएको विरोधमा नुवकोट र धादिङमा प्रदर्शनमा उत्रेका कृषकहरु र प्रहरीवीच झडप हुँदा तीन दर्जन वढी कृषक घाइते भएका छन् । रसायनिक मल नपाएको विरोधमा धादिङका किसानहरुले पृथ्वीराजमार्गको गजुरीमा बिहानदेखि यातायात अवरुद्ध गरेपछि प्रहरी र कृषकवीच भएको झडपमा १३ जना घाइते भएका छन् । रासायनिक मल समयमै उपलब्ध नगराएपछि मकै लगायतका खाद्यान्नबालीमा मल प्रयोग गर्न नपाएका कृषकहरुले यातायात अवरुद्ध गर्दै रासायनिक मल उपलब्ध गराउन माग गरेका थिए । हिजो भएको सहमति अनुसार आज मल ल्याउनुपर्नेमा मल नआएपछि कृषकहरुले यातायात अवरुद्ध गरेका थिए । यातायात खुलाउने क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ सेल अश्रु ग्याँस प्रहार गरेको थियो । घाइतेको गजुरीस्थित स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ । त्यसैगरि नुवाकोटमा पनि मल नपाएको विरोधमा किसानहरुले विदुरमा प्रदर्शन गरेका छन् । किसानहरुले जिल्ला कृषि विकास कार्यालयमा तालाबन्दी गर्नुका साथै जिल्ला सहकारी संघको कार्यालय तोडफोड समेत गरेका छन् । प्रदर्शनमा सहभागी किसानमाथि प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीको लाठीचार्जबाट प्रदर्शनमा सहभागी तीन दर्जन बढी किसान घाइते भएका छन् । नुवाकोटमा पाँचसय टन रासायनिक मल आवश्यक पर्नेमा सरकारले आइतबार ४० टन मात्र मल नुवाकोट र रसुवाका लागि पठाएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.