Tuesday, May 25, 2010

राष्ट्रियता खतरामा परेकोले आन्दोलन जरुरी मातृका यादव

पूनर्गठित नेकपा माओबादी पार्टीका संयोजक मातृका यादबले अहिले मुलुकको स्वाभिमान र राष्ट्रियता दुबै खतरामा परेकाले त्यसका विरुद्ध आन्दोलनमा उत्रन सवैलाई आग्रह गर्नुभएको छ । रिपोटर्स क्लव पर्साले बीरगंजमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा संयोजक यादबले क्रान्तिकारीहरुको संयुक्त सरकार नवनेसम्म राष्ट्रियता खतरामा पर्ने भएकाले त्यसका लागि नेपाली जनताले सधैं खवरदारी गर्नुपर्ने वताउनुभयो ।संयोजक यादबले अहिले मुलुकमा हिन्दुत्वको नाममा प्रतिगामी तत्वहरु सलवलाई रहेकाले त्यस्ता अदृश्य शक्तिहरुलाई नेपालमा हिन्दुत्वको नाममा चलखेल नगर्न चेतावनी दिनुभयो । एउटा देश कुनै एउटा धर्म विशेषको मात्र हुन नसक्ने उल्लेख गर्दै संयोजक यादवले सबै धर्मको अस्तित्वलाई स्वीकार्ने देशलाई मात्र गणतन्त्रिक देश भन्न सकिने वताउनुभयो ।

No comments:

Post a Comment

Please, comment about this article.