Monday, February 4, 2019

जलजलामा १ हजार १ सय ३५ जनाको स्वास्थ्य परीक्षण-Mega Health Camp Kaski Nepal





पोखरा, २० माघ ।
 पर्वतको जलजला गाउँपालिकास्थित श्री ग्राम प्रकाश माविमा वृहद स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा युनिटी चौतारीको आयोजनामा शनिबार क्याम्प भएको हो ।
शिविरमा १ हजार १ सय ३५ जनाको स्वास्थ्य परीक्षण गरिएको क्लबका संस्थापक अध्यक्ष सरस्वती गिरीले जानकारी दिइन् । हिमालयन आँखा अस्पताल, मनिपाल शिक्षण अस्पताल र कान्तिपुर डेन्टल हस्पिटलको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरमा ३ सय ६९ जनाको आँखा परीक्षण गरिएको छ । उनीहरु मध्ये ९ जनाको मोतिया विन्दु देखिएको छ । मोतिया विन्दुको अप्रेसन समेत क्लबले निःशुल्न गर्ने गिरीले जानकारी दिइन् । ३ सय ४७ जनाको दन्त परीक्षण गरिएको छ भने ३ सय ९२ जना महिलाहरुको परीक्षण गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्सका पास्ट मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठले विकट क्षेत्रमा पुगेर लायन्सले स्वास्थ्य परीक्षण गरी सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए । 
क्लबका अध्यक्ष राजकुमारी थापाको सभापतित्वमा आयोजित कार्यक्रममा जोन चियरपर्सन सन्तोष घिमिरे, लायन्स लिडरहरु बालकृष्ण बराल, वसन्त गिरी, गोपाल थापा, कृष्ण कार्की, श्रीलाल चापागाईं, विद्यालयका प्राचार्य भवानीशंकर पौडेल, वडा अध्यक्ष तीलक बहादुर जिसी लगायतले बोलेका थिए । 
कार्यक्रमलाई सफल पार्न लायन्स क्लब अफ बेनी मल्लाज, नेपाल रेडक्रस सोसाइटी शालिजा लेकफाँट उपशाखा पर्वत, जलजला गाउँपालिका वडा नं. ५ र ६, लेकफाँट प्रहरी चौकी, सालिजा स्वास्थ्य चौकी लगायतको सहयोग गरेको क्लबले जनाएको छ ।

Monday, January 21, 2019

मौजाका विद्यार्थीलाई सेनिटरी प्याड तथा शैक्षिक सामग्री वितरण Pokhara News

पोखरा, ७ माघ ।
रोटरी क्लब अफ पोखरा न्युरोडले पोखरा–२० मौजाका विद्यार्थीलाई सेनिटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेको छ । रोटरी मोडल भिलेज अभियान अन्तर्गत क्लबले सोमबार मौजाको हिमालय माविका छात्रालाई पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण गरको हो ।
बाबा फाउन्डेसनसँगको सहकार्यमा क्लबले सेनिटरी प्याड, कापी, कलम लगायत सामग्री विद्यालयलाई हस्तान्तरण गरेको छ । प्रिमियर इन्स्योरेन्सको सहयोगमा क्लबले हाइजिन किट समेत सहयोग ग¥यो । रोटरी क्लबकै पहलमा उत्कृष्ट सय गन्तब्यभित्र परेको मौजालाई चार वर्षभित्र मोडल भिलेज बनाउने क्लबको योजना छ । क्लबले आधारभूत शिक्षा तथा साक्षरता, शुद्ध पिउने पानी तथा सरसफाइ, रोग निवारण, शान्ति तथा द्वन्द्व व्यवस्थापन, मातृ शिशु स्वास्थ्य र आर्थिक तथा सामुदायिक विकासको अवधारणा अघि सारेको छ । गत जेठदेखि क्लबले उक्त अवधारणामा विविध कार्यक्रम गर्दै आएको छ ।
क्लबका तर्फबाट मोडल भिलेज कार्यक्रमका संयोजक सुवास सिग्देलले नमूना गाउँ बन्न आवश्यक विद्यार्थीको स्वास्थ्य तथा सरसफाइलाई मध्यनजर गर्दै क्लबले उक्त सामग्री प्रदान गरेको बताए । ‘महिनावारी हुँदा कतिपय विद्यार्थी लाजले विद्यालय नै नआउने अवस्था छ,’ सहयोग हस्तान्तरण कार्यक्रममा उनले भने, ‘यो लाजको विषय होइन भन्नका लागि विद्यालयबाटै सेनिटरी प्याड उपलब्ध होस् भनेर सहयोग गरेका हौं ।’ उनले पुनःप्रयोग गर्न मिल्ने सेनिटरी प्याडले वातावरण समेत दुषित नबनाउने उल्लेख गरे ।
क्लबका अध्यक्ष पुष्पकमल पौडेलले चार वर्षभित्र मोडल भिलेज घोषणा गर्न विद्यार्थीको उल्लेख्य भूमिका हुने बताए । ‘गाउँमा युवा र विद्यार्थीको सक्रिएता भएमात्रै हाम्रो अभियानले सफलता पाउँछ,’ उनले भने, ‘विद्यार्थीको आवश्यकताअनुसार स्टेसनरी र पोशाक पनि उपलब्ध गराउँछौं ।’ उनले मोडल भिलेजका लागि आवश्यक अन्य पूर्वाधार चार वर्षभित्र पुरा गर्ने जनाए । 
विद्यालयका प्रधानाध्यापक मणिराज परियारले छात्रालाई अत्यावश्यक रहेको सेनिटरी प्याड सहयोग गरेकोमा क्लबलाई धन्यवाद व्यक्त गरे । शैक्षिक सामग्रीको सहयोगले विद्यार्थीको सिर्जनशिलता बृद्धि हुने उनले अपेक्षा गरे । उक्त अवसरमा विद्यार्थीले मौजा होमस्टे सम्बन्धि गीत गाएर सुनाएका थिए । विद्यालयकी छात्रा एवं मोहरिया बाल क्लबकी अध्यक्ष प्रकृति परियारले सेनिटरी प्याड विद्यालयमा सहजै उपलब्ध हुँदा विद्यार्थीको उपस्थिति बढ्ने बताइन् । क्लबले बाबा फाउन्डेसनसँगको सहकार्यमा विभिन्न शिक्षा तथा वातावरणको क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।

समुदाय-प्रहरी साझेदारी अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न -Pokhara News

पोखरा, ७ माघ
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यही माघ -७ गते जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा शान्तिपूर्ण एंव सुरक्षित समाज निर्माणका लागि सरोकारवाला निकायहरु संग आगामी रणनीति कार्ययोजनाका विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
 उद्योग वाणिज्य संघ कास्कीको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला स्थित विभिन्न सरोकारवाला निकायका प्रमुख एवं प्रतीनिधीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै ४ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले समग्र ४ नं. प्रदेशमा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत सम्पन्न भईरहेका र आगामी दिनमा गरिने विभिन्न गतिविधिहरुको विषयमा प्रष्ट पार्दै यसबाट हमाज अब दिनानुदिन सचेतनाको मार्गमा लम्किरहेको समेत बताउनु भएको छ ।

कार्यक्रमका अन्य सहाभागिहरुले कसरी उक्त अवधारणा अन्तर्गत कास्की जिल्लामा सवै सरोकारवाला निकायहरुलाई साथमा लिई  थप प्रभावकारी ढङगले जनमुखि गतिविधिहरु गर्न सकिन्छ भन्ने विषयमा आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
 कार्यक्रममा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम राना लगायत जिल्ला स्थित कार्यरत अन्य प्रहरी ईकाईका प्रमुख ,उधोग वाणिज्य संघ पोखराका प्रमुख दामु अधिकारी ,सामुदायिक प्रहही सेवा केन्द्रका प्रमुख एवं प्रतिनिधि , नागरिक समाजका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न -Pokhara News

पोखरा, ७ माघ
४ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले प्रदेश अन्तर्गत आम नागरिकहरु संग हातेमालो गर्दै समाजमा शान्ति सुरक्षा कायम गरी अपराध रहित समाज र सु-व्यवस्था स्थापित गर्न नेपाल प्रहरी दिनप्रतिदिन सफल हुँदै गइरहेको बताउनुभएको छ । प्रेस क्लब पोखराले आज पोखराको नँयाबजारमा आयोजना गरेको शान्ति सुरक्षा विषयक एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले यस्तो बताउनु भएको हो ।
साथै नेपाल प्रहरी संगठनले अंगिकार गरेका विभिन्न अवधारणाहरुले समाजसंग नेपाल प्रहरी बढी भन्दा बढी घुलमिल हुँदै गएको र जनताको प्रहरी प्रतिको विश्वासमा समेत वृद्धि भएकाले अब समाजमा गलत गर्नेहरु लुकेर बस्न नसक्ने बताउनुभएको हो । 
उपस्थित नागरिक तथा पत्रकारहरुले राखेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै उँहाले पछिल्लो समय युवायुवतिहरु बढ्दो विकृती विसंगतिहरुको शिकार बन्दै गइरहेको बताँउदै अब सबै अभिभावकहरु जिम्मेवार र चनाखो रहनुपर्ने बताउनुभयो ।
उक्त कर्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद चौधरी, नागरिक समाज कास्कीका अध्यक्ष राम बहादुर पौडेल, सरोकारवाला निकायका प्रतिनिधिहरु, आम नागरिक, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

सराङकोट धार्मिक पर्यटन विकास समितिमा जिसी-Pokhara News Sarangkot


पोखरा, ७ माघ ।
सराङकोट धार्मिक क्षेत्र विकास समिति तथा सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको संयुक्त साधारणसभाले प्रेम बहादुर जि.सी.को अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । 
समितिको उपाध्यक्षद्वयमा उमानाथ चपाई, मिन बहादुर थापा, महासचिव शम्सेर बहादुर थापा, सचिव डिल बहादुर जिसी, कोषाध्यक्ष शिव प्रसाद तिमिल्सिना रहेका छन् । समितिको सदस्यहरुमा छविलाल तिमिल्सिना, कृष्ण बहादुर थापा, शिव प्रसाद कोइराला, गंगा तिमिल्स्निा, दिपेन्द्र थापा, विकास थापा मगर, कमला पोखरेल, कमल थापा, अक्कल बहादुर थापा, ज्ञानेन्द्र बहादुर थापा, सुस्मा परियार र दुर्गादत्त तिमिल्सिना रहेका छन् । 
सराङकोटलाई वृहत्तर गुरुयोजना सहित धार्मिक पर्यटन पूर्वाधारको निर्माणका हेतु २०६१ मा स्थापित धार्मिक क्षेत्र विकास समिति र पर्यटन क्षेत्र विकास समितिलाई संस्थापक समिति मानी कार्य अगाडि बढाउने निर्णयका साथ लोक बहादुर थापाको समितिलाई संस्थापक समिति मानी अगाडि बढाउने निर्णयका साथ महासचिव शम्सेर बहादुर थापा र कोषाध्यक्ष शिव प्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत संस्थागत तथा आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ । 
सो साधारणसभाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेष नारायण पौडेलले आम महानगरबासीले गौरव गर्न सक्ने कार्यका साथ ३३ वटै वडालाई कामको जिम्मेवारी दिएको र सराङकोटलाई निजी, सरकारी साझेदारीको अवधारणामा विकास निर्मा०ा कार्य गरिने बताए । 
कार्यक्रममा वडा नं. १८ का वडाध्यक्ष रण बहादुर थापाले वडाको विकास निर्माणमा सबैले सकारात्मक सहयोग भएमा नमुना वडा बन्ने बताए । संस्थापक अध्यक्ष लोक बहादुर थापाले एकता सहित हुने विकास निर्माणले आम समुदायको विकास हुने बताए । 
समितिका अध्यक्ष प्रेम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार पुष्कल बहादुर थापा, विश्व हिन्दु महासंघका उपाध्यक्ष वेदनिधी शर्मा, पूर्व गाविस अध्यक्ष झपट बहादुर थापा, चिसाखोला बेद विद्याश्रमका संरक्षक मोक्षनाथ तिमिल्सिना, जनजागृत माविका सहायक प्राचार्य यम बहादुर थापा, कमला पोखरेल, वडा सदस्य हरि लम्साल, सराङकोट बहुउद्देश्यीय सहकारीका सचिव कृष्ण थापा, उपाध्यक्ष मिन बहादुर थापा, सचिव डिल बहादुर जिसी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।