Sunday, May 6, 2012

Additional Flood Description (Kaski, Seti River)

मिति २०६९।१।२३ गते १८:०० बजे देखि हालसम्मको बिवरण
१८:३० बजे जिल्ला कास्की भरतपोखरी स्थित सेती नदीबाट उद्धार
१)    जि. कास्की भरतपोखरी ३ बस्ने वर्ष १९ को विवेक आचार्य
२)    ले.न.पा. १ पुल्चोक पटनेरी बस्ने वर्ष १९ को दिपेन्द्र हमाल
३)    ऐ.ऐ. बस्ने वर्ष ३१ को राज घले

हालसम्म हराएको भनी जानकारीमा आएका व्यक्तिहरुको  बिवरण ः–
सि.नं.    नामथर    उमेर    लिङ्ग    ठेगाना    कैफियत
Mr. \Dubinskiy Oleksandr, Passport No. EE788847
Mrs. Polonchuk Alla Passport No. EK123922 Ukraine.
Mr. Ivan Malaknov  
द्ध    बल बहादुर गुरुङ्ग    ८४    ,,    गाजी भराङ्ग ९   
छ    श्रीमती बुद्धि श्री गुरुङ्ग    ८२    महिला       
ट    चस्मे बुढा भन्ने    ६०    पुरुष    गाजीमराङ्ग   
ठ    दोर्जे लामा तामाङ्ग    २५    ,,    चिप्लेटी   
ड    बिष्णु गुरुङ्ग    ४०    ,,    ,,   
ढ    ढुगे बुढा    ६५    ,,    चिप्लेटी   
ज्ञण्    रश्मी गुरुङ्ग    २१    म्हिला    मिर्सागाउँ   
ज्ञज्ञ    रोशन गुरुङ्ग    ३    पुरुष    ,,   
ज्ञद्द    कल्पना राई    ३५    महिला    घर पूर्व भई हाल भुर्जुङ्ग   
ज्ञघ    कल्पना राईकी आमा    ६५    ,,        बलुवा गिटी छान्ने
ज्ञद्ध    आशमाया तामाङ्ग    ४५    ,    थवाङ्ग   
ज्ञछ    बेलमाया तामाङ्ग    ५०    ,,    छिवाङ्ग   
ज्ञट    मान बहादुर तामाङ्ग    ५५    पुरुष    ,,   
ज्ञठ    लाटी महिला    ४०    महिला    गाजीवाङ्ग   
ज्ञड    खम्वासिंह गुरुङ्ग    ४६    पुरुष    चौरा–९   
ज्ञढ    खम्बासिंहको बहिनी    ४३    महिला    ,,   
द्दण्    अर्जुन मगर (जंग)    २८    पुरुष    पोखरा १ कसेरी   
द्दज्ञ    तलु छन्तेल,    ३०    पुरुष    ले.न.पा. गगनगौडा   
द्दद्द    प्रेम मगर        ,,    ,,   
द्दघ    केदार बिष्ट        ,,    ,,   
द्दद्ध    कविन्द्र लिम्वु        ,,    ,,   
द्दछ    तिलीसरा पुन        महिला    ,,   
द्दट    लेशन पुन            ,,   
द्दठ    कृष्ण कुमारी मगर        महिला    ,,   
द्दड    जमुना गुरुङ्ग        ,,    ,,   
द्दढ    पदम कुमारी पाईजा        ,,       
घण्    पुर्ण कुमारी तामाङ्ग        ,,    सार्दीखोला १, कास्की   
घज्ञ    सन्दिप तामाङ्ग        पुरुष    सार्दीखोला १ कसेरी   
घद्द    अनिश  तामाङ्ग    ३    पुरुष    सार्दीखोला १, कसेरी   
घघ    असिन तामाङ्ग    २१    ,,    ,,   
घद्ध    ओममायाको नातिनी        महिला    ,,   
घछ    हरि प्रसाद गुरुङ्ग        पुरुष    ,,   
घट    हरि प्रसाद गुरुङ्गको भान्जी         महिला    ,,   
घठ    बसुन्धरा (संगिता) दाहाल    २१    ,,    माछापुच्छ्रे ६ छिप्राङ्ग   
घड    श्रीराम खनाल        पुरुष    ,,   
घढ    खडक बहादुर थापा    ४५    ,,    ,,   
द्धण्    रमा परियार    ६४    महिला    पोखरा २ फुलवारी   
द्धज्ञ    सरिता दमिनी    ६२    ,,    काहु ३, कास्की   
द्धद्द    मानध्वज तामाङ्ग        पुरुष    काभ्रे   
द्धघ    ओमदेवी गुरुङ्ग    ३६    महिला    खारापानी   
द्धद्ध    चेत बहादुर थापा        पुरुष    कृष्तिनाच्नेचौर   
द्धछ    छेसाङ तामाङ    ५०    ,,    सार्दीखोला १   
द्धट    निर्जला तामाङ्ग    ४    महिला    ,,   
द्धठ    सन्तोष गुरुङ्ग    १०    पुरुष    ,,   


अन्य क्षति
ज्ञ।    सार्दीखोला ७ खारापानीमा ढुंगाले छाएको घर     ४
द्द।    सार्दीखोला ७ खारापानीमा मन्दिर             २   
घ।    सार्दीखोला ७ खारापानीमा घर टहराहरु         १६
द्ध।    सार्दीखोला ७ खारापानीमा झोलुङ्गे पुल         ३
छ।    ट्याक्टर                         ७
ट।    मिनी टक                         ३
ठ।    ठूलो टक                         १
ड।    मोटर साईकल                     १
ढ।     खसि बाख्रा                         ५२
ज्ञण्।    गाई भैसी                         ७
विभिन्न स्थानहरुबाट प्राप्त लाशको बिवरण ः–
(क)    पोखरा  उप.म.न.पा. १ याम्दीपुल नजिकैबाट २ जना
(ख)    पोखरा उप.म.न.पा. वडा नं. ३ नदीपुर तलबाट १ जना
(ग)    पोखरा उप.म.न.पा. वडा नं. १० रामघाट पारीबाट १ जना (अर्चना श्रेष्ठ – १९– पोखरा ८ बगालेटोल, ला ग्राण्डी कलेजमा पढने महिला)
(घ)    हेम्जा गा.वि.स.को १ मसिना बगरबाट १ जना (महिला)
(ङ)    भरतपोखरी – निर्मलपोखरीको साँधमा १ जना (महिला)
(च)    सुन्दर फिट तल फिल्टरको बाँधबाट १ जना (महिला)
(छ)    रामघाट पारी पोखरा १० बाट १ जना (महिला)
(ज)    पोखरा १ वुस्केटीबाट १ जना 
(झ)    पोखरा १६ कसेरी पारी बाट १  
(ञ)    घाचोक गा.वि.स.बाट १
(ट)    पोखरा ३ नदीपुर मुनिबाट १ जना 
(ठ)    सार्दीखोला –  ७ खारापानी १ ( गोपाल ताम्राकार)
(ड)    खुट्टा नभएको टाउको नभएको हातका औला वरपर भएको अवस्थामा स्त्री जातीको लास तुलसीघाटबाट फेला परेको १ ।
(ढ)    अन्य स्थानबाट ३ वटा लास प्राप्त

कूल जम्मा लास प्राप्त १७ वटा
मृतक लास १७ मध्ये सनाखत भएको लासको बिवरण ः
सि.नं.    नामथर    उमेर    लिङ्ग    ठेगाना    कैफियत
१    अर्चना श्रेष्ठ    १९    महिला    पोखरा ८ बगालेटोल   
२    गोपाल ताम्राकार        पुरुष    खरापानी १, कास्की   
३    पुर्णसोभा तामाङ्ग    २८    महिला    सार्दीखोला १ भुर्जुङखोला   
४    मिन बहादुर भुजेल    ६५    पुरुष    सार्दीखोला ७, कास्की   
५    जंग बहादुर मगर    ७४    ,,    ले.न.पा. १३, गगनगौडा   
६    प्रेम घले गुरुङ्ग        ,,    ८।१० वर्ष देखि सार्दीखोला बस्दै आएको घर गोर्खा    
७    अनिल बि.क.        ,,    सार्दीखोला १, कास्की   
८    तिर्थ कुमारी छन्त्याल        महिला    ले.न.पा. १३ गगनगौडा   
९    उममाया तामाङ्ग        ,,    सार्दीखोला १, कास्की   
१०    दले पुन (दल बहादुर पुन)        पुरुष    ले.न.पा. १३ गगनगौडा   
११    कुन्जा तामाङ्ग    ४५    ,,    पोखरा १ सिम्पानी   
१२    ह्रिकला छन्त्याल    ६२    महिला    ले.न.पा. १३ गगनगौडा    खुट्टा मात्र सनाखत भई बुझि लिएको


–    सनाखत भएको १२ मध्ये सबै शवहरु सतगद् गर्नका लागि आफन्तको जिम्मा लगाईएको
–    सनाखत हुन नसकेको ५ वटा शव तथा अन्य पहिचान नखुलेका मानव अंगहरु गण्डकी अस्पतालमा रहेका ।
–    प्रभावित क्षेत्रमा नेपाल प्रहरीको च्भकअगभ म्यन समेत काठमाण्डौंबाट झिकाइ परिचालन गरिएको ।

सुरक्षाफौज परिचालन :
ड्ड    नेपाली सेनाबाट १३८ जना
ड्ड    सशस्त्र प्रहरी बलबाट २१४ जना
ड्ड    नेपाल प्रहरीबाट १८५ जना

जिल्ला प्रहरी कार्यालय कास्की संयूक्त विपत व्यवस्थापन कमाण्ड सेन्टर
ड्ड    स.प्र.ना.उ. भोला गिरी
ड्ड    सह.से. रुपेश चापागाई
ड्ड    प्र.नि. रविन्द्र पौडेल
ड्ड    अ.अ. विनय चतुर्वेदी

मिति : २०६९।१।२४ गते ४:३० बजे




Jeep Accident in Kaski

आज मिति २०६९।१।२४ गते बिहान ०९:१५ बजेको समयमा जि. कास्की धिताल गा.वि.स. वडा नं. १ भेडावारी भन्ने स्थानमा ल्वाङघलेलबाट धिताल हुँदै हेम्जाको मिलनचोक तर्फ आईरहेको ग.१.च. ३२४८ नं. को जिप सडक किनाराबाट अं. ३०० मिटर तल खस्न गई दुर्घटना भएको घटनामा भएको मानवीय क्षतिको बिवरण


jeep accident in dhita
१)    मृतकहरुको बिवरण :

(क)    जि. कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. १ बस्ने वर्ष ६० को जंग बहादुर बि.क.
(ख)    जि. कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. १ बस्ने वर्ष ५८ को असर्फी बि.क.
(ग)    जि. कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. २ बस्ने वर्ष ४८ को मिन बहादुर बि.क.
(घ)    जि. कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. २ बस्ने वर्ष ५० को टेक बहादुर बि.क.
(ङ)    जि. कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. १ बस्ने वर्ष ६५।६६ को बलराम गौतम
(च)    जि. कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. १ बस्ने वर्ष ७५ को बखत बहादुर क्षेत्री
(छ)    पोखरा पामे बस्ने वर्ष ६५।६६ कि मिठु अधिकारी
(ज)    जि. कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. १ बस्ने वर्ष ३४ को विकास क्षेत्री ( चालक )
(झ)    जि. कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. ४ बस्ने वर्ष २६ कि जुनु गुरुङ्ग
(ञ)    जि. कास्की ल्वाङघलेल गा.वि.स. वडा नं. १ बस्ने वर्ष २५ कि सन्तु परियार
(ट)    जि. कास्की ल्वाङ्गघलेल ३ बस्ने वर्ष ३० को भिम बहादुर जि.सी. (उपचारको क्रममा मृत्यु)
(ठ)    ऐ.ऐ. बस्ने वडा नं. ४ बस्ने वर्ष ३० कि जमुना गुरुङ्ग (उपचारको क्रममा मृत्यु)


घाईतेहरु :
क)    जि. कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. ३ बस्ने वर्ष २१ को ईच्छा बहादुर गुरुङ्ग ( अवस्था     गम्भिर, प.क्षे. अस्पताल पोखरामा उपचार भईरहेको)

ख)    जि. कास्की धिताल गा.वि.स. वडा नं. ४ बस्ने वर्ष २९ कि सरस्वती अधिकारी ( अवस्था     गम्भिर, प.क्षे. अस्पताल पोखराबाट मणिपालमा रिफर भई उपचार भईरहेको )

–    सवारी साधन क्षति ग्रस्त अवस्थामा रहेको



मिति : २०६९।१।२४ गते ।                                              

जिल्ला प्रहरी कार्यालय, कास्की

Saturday, May 5, 2012

13 dead bodies,over 50 missing in Seti River flood(हलसम्म प्राप्त जनधनको क्षतिको बिबरण)

13 dead bodies,over 50 missing in Seti River flood
घटनाको सूचना प्राप्त मिती-समय: २०६९।१।२३ गते अं.९:५० बजे
घटनाको बिबरण: जिल्ला कास्की माछापुच्छ्रे गा.बि.स.एरीयाबाट अप्रत्यासीत रुपमा सेती नदीमा पानीको बहाव बढ्न गई आएको बाढीको कारण जि.कास्की सार्दीखोला गा.बि.स.वार्ड नं.७ खारापानीमा  ढुंगाले छाएका दुईतले दुईवटा घर र १५/१६ वटा टहराहरु बगाई र धनजनको क्षति भएको । सदरमुकामबाट घटनास्थल सम्मको दुरी: यस का.बाट अं. डेढ घण्टा (गाडीमा) उत्तरमा पर्ने

हलसम्म प्राप्त जनधनको क्षतिको बिबरण :
१)  प्राप्त लाश :

(क) पोखरा  उप.म.न.पा. १ याम्दीपुल नजिकैबाट २ जना

(ख) पोखरा उप.म.न.पा. वडा नं. ३ नदीपुर तलबाट १ जना

(ग) पोखरा उप.म.न.पा. वडा नं. १० रामघाट पारीबाट १ जना (अर्चना श्रेष्ठ – १९– पोखरा ८ बगालेटोल, ला ग्राण्डी कलेजमा पढने महिला)

(घ) हेम्जा गा.वि.स.को १ मसिना बगरबाट १ जना (महिला)

(ङ) भरतपोखरी – निर्मलपोखरीको साँधमा १ जना (महिला)

(च) सुन्दर फिट तल फिल्टरको बाँधबाट १ जना (महिला)

(छ) रामघाट पारी पोखरा १० बाट १ जना (महिला)

(ज) पोखरा १ वुस्केटीबाट १ जना

(झ) पोखरा १६ कसेरी पारी बाट १ 

(ञ) घाचोक गा.वि.स.बाट १

(ट) पोखरा ३ नदीपुर मुनिबाट १ जना

(ठ) सार्दीखोला – ७ खारापानी १ ( गोपाल ताम्राकार)

 – कूल पुरुष –८  कूल महिला –५

जम्मा १३ जना
–उद्धार गरी उपचारको क्रममा रहेका :

१) मोहन ताम्राकार ३५ ( मणिपालमा) अवस्था मध्यम

२) निजको छोरी माला ताम्राकार १० ( मणिपालमा)

३) तारा गुरुङ्ग २३  ( मणिपालमा)

४) प्रतिक्षा गुरुङ्ग वर्ष ३ ( मणिपालमा)

५) सन्तोष गुरुङ्ग वर्ष १२ ( गण्डकी अस्पतालमा)


– अन्य ४ वटा खुट्टा र २ वटा हात फेला परेको ।

हराएका
-s_ Mr. \Dubinskiy Oleksandr, Passport No. EE788847, Ukraine.
-v_ Mrs. Polonchuk Alla Passport No. EK123922 Ukraine.
-u_ Mr. Ivan Malaknov Passport No.  Ukraine.


(घ) अन्य स्थानिय ५ जना

– ढुंगे बुढा वर्ष ७०

– दोर्जे तामाङ्ग ५५

– चस्मे बुढा भन्ने ६०

– बिष्णु गुरुङ्ग ४०

– भुजेल भन्ने व्यक्ति

(ङ) ला ग्राण्डी कलेजमा पढने चेत बहादुर थापा – वर्ष २१– कृष्ति नाच्नेचौर


अन्य धनजनको क्षति:

(क) ३ वटा ट्रक

(ख) ग.१.त. २२५३ नं. को ट्याक्टर १ बगाएको । (धनि पोखरा ४ गैहपाटन बस्ने शंकर बास्तोला )

(ग) ग.१.ख. ३६६२ नं. को ट्रक

(घ) सार्दीखोला गा.वि.स. वडा नं. ७ खारापानीमा ढुंगाले छाएका २ तले २ वटा घर र १५÷१६ वटा टहराहरु बगाएको । 

13 dead bodies,over 50 missing in Seti River flood

13 dead bodies,over 50 missing in Seti River flood

13 dead bodies,over 50 missing in Seti River flood

13 dead bodies,over 50 missing in Seti River flood

13 dead bodies,over 50 missing in Seti River flood

13 dead bodies,over 50 missing in Seti River flood

९:५० बजेको समयमा जिल्ला कास्की माछापुच्छ्रे गा.बि.स.एरीयाबाट अप्रत्यासीत रुपमा सेती नदीमा पानीको बहाव बढ्न गई आएको बाढीको कारण जि.कास्की सार्दीखोला गा.बि.स.वार्ड नं.७ खारापानीमा  ढुंगाले छाएका दुईतले दुईवटा घर,१५।१६ वटा टहराहरु बगाई क्षती बनाएको, सोही स्थानबाट घुम्नको लागी गएका निम्न बिबरण भएका बिदेशी नागरीकहरु सोही बाढीमा परी हराईरहेका भन्ने उद्धारको लागी खटीई गएको प्रहरी टोलीद्धारा जानकारी प्राप्त हुन आएको,सो स्थान यस का.बाट अं. डेढ घण्टा (गाडीमा)उत्तरमा पर्ने ।
साथै सो स्थान लगायत सेती नदी किनाराका अन्य स्थानहरुमा यस का.बाट खटीएको प्रहरी टोलीद्धारा उद्धार तथा खोजी कार्य जारी रहेको,हाल सम्म प्राप्त जानकारी अनुसार सो घटनामा परी निम्न अनुसार क्षती भएको, हिम पहीरोको कारण नदीमा एक्कासी बहाव बढेको अनुमान गरीएको भएतापनी यकिन खुली नसकेको ।
                                                                                     निम्नः
(१)  सेती नदी किनाराका बिभिन्न स्थानहरुबाट हाल सम्म सनाखत भईनसकेका  ५ पुरुष र ३ महीलाहरु गरी जम्मा ८ जनाको लाश फेला परेको ।

(२)   जि.कास्की सार्दीखोला गा.बि.स.को तातोपानी भन्ने स्थान बाट Ckopo Sygell,Ivam Mallkho,Maia Dobinska नाम गरेका ३ जना  रसीयन नागरीकहरु बेपत्ता भएका।

(३) ३ वटा ट्र्क र १ टयाक्टर सोही बाढीमा परी हराएका ।

>>>> 14 People killed, over 50 missing in Seti River flood
                                                                                                           जिल्ला प्रहरी कार्यालय, कास्की



साइनिङ्ग स्टारमा वक्तृत्वकला सम्पन्न

        पोखराको लेकसाइडस्थित साइनिङ्ग स्टार आवासीय मा.वि.ले साप्ताहिकरुपमा हुने अतिरिक्त क्रियाकलाप अन्तर्गतको कार्यक्रममा शुक्रबार नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
       न्यूटन, आइन्स्टाइन, पाइथागोरस र ग्यालिलियो गरी चारवटा सदनमा विभाजन गरिएका विद्यार्थीहरुको समूहमध्येबाट प्रत्येक सदनबाट प्राथमिक तह (३–५) तथा माध्यमिक तह (६–१०) का चार चारजना विद्यार्थीहरुले भाग लिएको उक्त प्रतियोगिताको सभापति स्कूलका प्राचार्य नारायण प्रसाद पाण्डे रहनुभएको थियो । उहाँले उक्त कार्यक्रममा विद्यार्थिहरुको सर्वाङ्गिण विकासका लागि विद्यालयले यस्ता कार्यक्रम गर्दै आएको त्यसैले सूचारुपताका स्वरुप यो कार्यक्रम गरिएको बताउनुभयो । उक्त कार्यक्रमको संचालन यसै विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख इश्वरी प्रसाद गौतले गर्नुभएको थियो भने प्रा.वि.को कार्यक्रम संचालन पवित्रा न्यौपानेले गर्नुभएको थियो । त्यसैगरी निर्णायकमा कार्यक्रम संयोजक नारायण प्रसाद मरासिनी, बुद्धि प्रसाद सापकोटा, सृजना न्यौपाने र संगीता कुँवर रहनुभएको थियो ।
       यसरी भएको अतिरिक्त क्रिायकलाप अन्तरगतको वक्तृत्वकला प्रतियोगितामा प्रा.वि.तर्फको शीर्षक अनुशासन थियो भने मावि तर्फको शीर्षक राष्ट्र निर्माणमा युवाहरुको भूमिका रहेको थियो । प्रतियोगितामा प्रावि तर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः भावना रसाइली (५), नितिचमा सिंह (४) र प्रीति गुरुङ्ग (५) रहेका थिए भने मावि तर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः विना पुन (१०), एन्जिला थापा (९) र अस्मिता परियार (१०) रहेका छन् ।

Thursday, May 3, 2012

मृगको छाला सहित मानिस पक्राउ (Crime news)


जिल्ला कास्की ले.न.पा.वडा नं. (११ सुन्दरीडाडा बस्ने सुर्य बहादुर खड्का समेतले मृग मारी मासु
बेचबिखन गरेको भन्ने  सुचनाको आधारमा मिति २०६९।१।१९ गते दिन प्रहरी चौकी शिसुवाडाडाकोनाक कास्कीबाट खटिएको प्रहरी टोलीले निजहरुको घरकोठा खानतलासी लिँदा १ किलो बराबरको मृगको सुकुटी र छाला फेला परेको हुंदा बरामद गरी निम्न मानिसहरुलाई आवश्यक कारबाहीको लागी जिल्ला बन कार्यालय कास्कीमा पठाईएको ब्यहोरा गरिएको छ ।

निम्न
जि.कस्की ले.न.पा.वडा नं. (११ सुन्दीडाडा बस्ने बर्ष(३३ की अप्सरा भन्ने शान्तीदेबी खड्का ।
ऐ. ऐ. बस्ने बर्ष(२५ को सुर्य बहादुर खड्का ।

>>>> मृगको छाला सहित मानिस पक्राउ (Crime news)
जिल्ला प्रहरी कार्यालय कास्की ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न

      सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा बैदाम क्षेत्रको विकृति विसंगति न्यूनिकरण गर्ने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रम तथा नवआयुक्त कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शैलेश थापा क्षत्रीको स्वागत कार्यक्रमक सम्पन्न भयो ।
       कार्यक्रममा बैदाम क्षेत्रको शान्ति सुरक्षामा जिल्ला प्रहरी कार्यालयको तर्फबाट शान्ति सुरक्षा तथा विकृति विसंगति न्यूनिकरण गर्नका लागि प्रहरीको तर्फबाट कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उक्त अवसरमा पर्यटन परिषद् तथा नेपाल पर्यटन बोर्डका सदस्इ टिकाराम सापकोटा, जिल्ला सामुदायिक समन्वय समितिका अध्यक्ष सीता गुरुङ्ग, संस्थापक अध्यक्ष मंगल नेपाली, सल्लाहकार गोविन्दराज पहारी, रेवानका अध्यक्ष बलराम पहारी, लेकसाइड क्लवका अध्यक्ष धरमसिंह लामिछाने, जगदम्बा आमा समूहका अध्यक्ष दुर्गादेवि पहारी, विष्णु भट्टराई, बुद्धि नेपाली, सुशीला सुवेदी, खिम लामिछाने लगायतले यस क्षेत्रको विसंगति र विसंगतिको बारेमा बोल्नुभएको थियो ।
       सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष एकराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पम्फा पहारीले स्वागत तथा सचिव भेषराज अधिकारीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Tuesday, May 1, 2012

हेरालो प्रतिष्ठानको पदस्थापन सम्पन्न

       हेरालो प्रतिष्ठान कास्की पोखराको पदस्थापन समारोह सो संस्थाका अध्यक्ष योगेन्द्र शेरचनको सभापतित्वमा पोखरा पर्यटन बोर्डको सभाहल ड्यामसाइड पोखरामा मंगलबार सम्पन्न भयो ।

              कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जापानका लागि नेपालका पूर्व राजदूत एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति प्रा.केदारभक्त माथेमाले गर्नुभएको थियो ।

              संस्थाका अध्यक्ष योगेन्द्र शेरचनले नवनिर्वाचित अध्यक्ष रोश गुरुङ्गलाई अध्यक्षीय माला लगाइदिएर र संस्थाका दस्तावेजहरु हस्तान्तरण गरी पदस्थापित गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष रोश गुरुङ्गले संस्थाका भावी कार्यक्रमहरुबारे प्रकाश पार्नुभएको थियो ।

              कार्यक्रममा विशेष अतिथि पोखरा उपमहानगरपालिकाका पूर्व मेयर कृष्ण थापा, प्राज्ञ एवं बरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठ र हेरालो प्रतिष्ठानका मानार्थ सदस्य एव्ं बुद्ध फाउण्डेशन जापानका अध्यक्ष डा.ताकाजी यामागुचीले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विश्वकर्मा समाज नेपालको वनभोज कार्यक्रम

     विश्वकर्मा समाज नेपाल लेखनाथ १२ को आयोजनामा नववर्ष २०६९ सालको शुभकामना आदानप्रदान तथा पारिवारिक वनभोज कार्यक्रम लेखनाथ संयोजक गोविन्द घतानेको संयोजकत्व तथा केन्द्रीय अध्यक्ष गणेश बराइलीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
       भेलामा शुभकामना व्यक्त गर्दै केन्द्रीय सचिव चन्द्रकिशोर गौतमले बहुआयामिक जाति, श्रमजीवी शिल्पकारी विश्वकर्मा यस देशमा रही आएको र देश एकीकरणसँगै जातीय पहिचाना शिल्पकारीको रुपमा देशैभरी रहेको छ भन्दै विगतमा परिश्रमी भएकै कारण धनीमानी थिए र आज विभिन्न कारणले पछाडि पारिएको एवं राज्यले दलितको कोटामा राखी अपमान गरेको छ भन्नुभयो । उहाँले सम्पूर्ण सीप सृजनामा दक्ष मानिस कसरी दलित हुन सक्दछ भन्दै सबै विश्वकर्माहरुले एकपटक सोच्नुपर्ने बेला आएको बताउनुभयो ।
       केन्द्रीय सहसचिव शाकमान सदाशंकरले हिमाल चढ्नेले जस्तो इच्छाशक्ति राखी एक ढिक्का भई अगाडि बढेमा सफल हुने बताउँदै केन्द्रीय योजना अनुसार समाजमा रहेका पेशा, व्यवसायी, शिक्षक, विद्यार्थी, कर्मचारी, महिला एवम् बुद्धिजीवीहरुलाई समेटेर अगाडि बढ्ने बताउनुभयो ।
       केन्द्रीय उपाध्यक्ष डिलबहादुर खड्काले छुवाछुत प्रथा हटाउन २०२९ सालदेखि लागिपरेको उल्लेख गर्दै राज्यले नै यसलाई उन्मूलन गर्न चासो नदेखाएको बताउनुभयो ।
       कार्यक्रममा डिलबहादुर श्रीपाली, गंगाबहादुर श्रीपाली, कृष्णकुमारी वि.क., इन्द्रबहादुर खड्का, लेखबहादुर सुनार लगायतले बोल्नुभएको थियो ।
       प्रमुख अतिथि केन्द्रीय अध्यक्ष गणेश बराइलीले यसरी नै ल्याई हामी मिलेर समाजलाई देशव्यापी बनाउने हो, राजनैतिकभन्दा सामाजिक रुपमा पिछडिएका विश्वकर्माहरुको हक अधिकार स्थापित गर्दै यस जातिको पहिचान पुनः राष्ट्र सामु प्रकट गर्ने कर्यामा समाज सदैव अग्रस हुने, सम्पूर्ण विश्वकर्माहरुलाई समेट्दै पोखरामा समाजघरको लागि जग्गा खरिद गर्न लागिएको हुँदा सबैले सक्दो सहयोग गर्नु आग्रह गर्नुभयो ।

बसको ठक्करबाट मृत्यु

          मिति २०६९।०१।१७ गते २:५० बजेको समयमा पोखरा उप.म.न.पा. वडा नं. १० रंगशाला अगाडि ना.४.ख. २१०८ नं. को माईक्रोबसले जिल्ला लम्जुङ्ग वाझाखेत गा.वि.स. वडा नं. ८ बस्ने वर्ष ८४ को टिकाराम तामाङ्गलाई ठक्कर दिएकोमा तत्काल घाईते भई चरक अस्पतालमा उपचारको लगिएकोमा चरक अस्पतालमा सामान्य उपचार पश्चात मणिपाल शिक्षण अस्पतालमा रिफर भएको  मणिपाल शिक्षण अस्पतालमा उपचार हुँदा हुँदै ४:३० बजेको समयमा मृत्यु भएको । उक्त बस चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका ।

Wednesday, April 25, 2012

Red cross रेडक्रस कार्यटोली कास्कीको पुनःगठन

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की अन्तर्गतको रेडक्रस कार्यटोलीको भेला मंगलबार टोली नेता विवेक घिमिरेको सभापतित्वमा सम्पन्न भयो ।
       नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपसभापति शिवप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलामा कास्कीका मन्त्री बामदेव ढुङ्गाना, कार्यसमिति सदस्य सुरेन्द्र गुरुङ्ग, शाखाका बरिष्ठ अधिकृत खेमराज सापकोटा, कर्मचारी देवनारायण पौडेल, शुक्रराज सुवेदीे लगायतको उपस्थितिमा टोली नेता विवेक घिमिरेले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो । उक्त अवसरमा उत्कृष्ट सेवा गरेवापत रेडक्रस कार्यटोली रक्तदाता समूह नेता नवराज त्रिपाठीलाई सम्मान गरिएको थियो ।
       भेलाले सुमेरु त्रिपाठीको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ । जसमा उपनेता नानु अधिकारी तथा समूह नेताहरुमा रजनी भट्टराई, नवराज त्रिपाठी, विरेन्द्र अर्याल, केशव सुवेदी र समूह सदस्यहरुमा मुक्तिराम बराल, भोजराज बराल, शिवहरि तिमिल्सिना, तारामाया वि.क., देवका तिमिल्सिना, संजय पौडेल, लक्ष्मी पराजुली, दीपकनाथ भण्डारी, जया पराजुली, अनुप थापा रहनुभएको छ ।
       कार्यक्रममा नयाँ कार्यसमितिलाई कास्की शाखाका मन्त्री बामदेव ढुङ्गाना र निवर्तमान कार्यटोली नेता विवेक घिमिरेले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो भने नवनिर्वाचित टोलीनेता सुमेरु त्रिपाठीले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

Thursday, April 12, 2012

Everyone ... Happy New Year!!!!2069 ..नयाँ वर्षमा बृद्धबृद्धाहरुलाई फलफूल वितरण


नववर्ष २०६९ को अवसरमा सुविधा बचत तथा ऋण को–अपरेटिभ संस्था लि.द्वारा पोखरा बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफूल वितरण गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गरेको  छ ।
कार्यक्रममा पोखरा बृद्धाश्रमका अध्यक्ष बसन्त केशव पराजुलीले पोखरा बृद्धाश्रमलाई पश्चिममाञ्चल स्तरको रुपमा विकास गरिन लागिएकोले यस कार्यमा पोखराका संघसंस्थाहरुले पु¥याएको योगदानले जेष्ठ नागरिकहरुको संरक्षण भएको बताउनुभयो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत मुनाफा मात्र नहेरी सेवामूलक काम गर्नु सहकारीको पनि कर्तव्य भएकोले बृद्धाश्रममा कार्यक्रम गरिएको र आगामी दिनमा बृद्धाश्रमको भौतिक निर्माणको लागि सहकारीले सहयोग पु¥याउने कार्यक्रम संयोजक कृष्ण थापाले बताउनुभयो ।
सहकारी संस्थाका कार्यवाहक अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा जाल्पादेवि टोलसुधार समितिका अध्यक्ष मिनप्रसाद भट्टराई, सुविधा सहकारीका सचिव अशोक श्रेष्ठ, संचालक समिति सदस्य कमला गिरी लागयतले शुभकामना व्यक्त गरेका थिए ।
नववर्षकै अवसरमा जाल्पादेवि टोलसुधार समितिद्वारा चियापान समारोह गरेको छ । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गणेशबहादुर अधिकारी, पूर्व वडा अध्यक्ष विरेन्द्रनारायण विजुक्छे, सृजना विकास केन्द्रका अध्यक्ष रुद्रनाथ बराल, सल्लाकार सोभियत बहादुर अधिकारी, पूर्व अध्यक्ष निलबहादुर के.सी., अशोक श्रेष्ठ, जयनारायण श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका  थिए ।
समितिका अध्यक्ष मिनप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक बुद्धमान जोशी, अध्यक्ष कृष्णमान ठुसाजु, सचिव देवराज गिरी लगायतले आ–आफ्नो धारण राखेका थिए ।

Wednesday, April 11, 2012

Computer Handoverfrom ACAP to WPO Bagar प्रहरीलाई कम्प्युटर सहयोग

   
   अन्नपुर्र्ण संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय पोखराले एक समारोह विच एक थान कम्प्युटर -LCD Monitor, CPU, Keyboard, UPS, Mouse, Mouse Pad, Speakers _ अन्नपुर्र्ण संरक्षण क्षेत्र आयोजनाका निर्देशक श्री लाल प्रशाद गुरुङ्गको तर्फबाट यसै आयोजनाका संरक्षण अधिकृत श्री अशोक सुबेदी ज्यूबाट वडा प्रहरी कार्यालय वगरका प्र.नि भुवनेश्वर तिवारीलाई प्रदान भयो ।
 Computer Handoverfrom ACAP to WPO Bagar
    उक्त अवसरमा संरक्षण कार्यलाई सहज तथा प्रभावकारी बनाउन अभिलेख राख्नका लागी उक्त कम्प्युटर  उपयोगी हुनुका सथै आगामी दिनमा पनि ब्ऋब्ए र वडा प्रहरी कार्यालय विचमा सहयोग आदान प्रदान भई नै रहने कुरा व्यक्त भयो।
       साथै भुवनेश्वर तिवारीले वडा प्रहरी कार्यालय वगरले पनि प्रहरीलाई प्रविधिसंग नजिक गराई अपराध रोकथाम तथा नियन्त्रण कार्यलाई प्रभावकारी बनाइराख्न तथा सेवाग्रहीलाई छिटोछरितो  प्रहरी सेवा प्रदान गर्न यो सहयोग अति नै उपयोगी तथा सह्रानीय रहेको तथा विगतमा समेत उक्त आयोजनाले प्रहरी कर्माचारीहरुलाई संरक्षण तालिम तथा पोखरा उत्तर तर्फको मुख्य नाका जौवारीमा पोष्ट स्थापना गर्ने लगायत अस्थायी प्रहरी पोष्ट सार्दीखोलालाई सक्षम बनाउन पु¥याउनु भएको योगदानको लागि समेत हादिृक आभार व्यक्त गर्नुभएको थियो ।
       यो सहयोग पश्चात व.प्र.का बगर छिटै Paperless Administration मा जान लागेको समेत सहर्ष जानकारी गर्दछौं ।
>>>> Computer Handoverfrom ACAP to WPO Bagar   प्रहरीलाई कम्प्युटर सहयोग

Computer Handover by FNCC Kaski to WPO Bagar( प्रहरीलाई कम्प्युटर सहयोग)

           पोखरा उद्योग वाणिज्य संघ कास्कीले वडा प्रहरी कार्यालय बगरलाई एक कार्यक्रमका विच कम्प्युटर    हस्तान्तरण गरेको छ ।
                सहयोग हस्तान्तरण गदै पोखरा उद्योग वाणिज्य संघ कास्कीका अध्यक्ष कृष्णमोहन श्रेष्ठले आफुले उक्त जनसहयोग, सेवाग्राहीलाई तत्काल,छिटोछरीतो सेवा प्रदान गर्नका साथै बिद्यामान प्राविधिक युगमा प्रहरीलाई समयसापेक्ष कार्यकुशल बनाई प्रभावकारी कार्यसम्पादन गर्न सघाउ पु¥याउने हेतुले गरेको वताए । सोही अवसरमा सहयोग ग्रहण गदै वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक भुवनेश्वर तिवारीले उक्त सहयोगबाट अभिलेख ब्यवस्थापनमा  क्षेत्रीय प्रहरी कार्यालय पोखराले अवलम्बन गरेको Less Paper नीतिलाई वडा प्रहरी कार्यालय वगरले समेत अंगिकार गर्न लागेको सन्र्दभमा उक्त सहयोग फलादयी हुनुका साथै आम नागरीकलाई जनअपेक्षा अनुसारको सेवा प्रदान गर्न प्राप्त सहयोगले अहम भुमिका खेल्ने जनाउदै जनसहयोकारी भावको अपेक्षा राखिरहने वताए ।
>>>>Computer Handover by FNCC Kaski to WPO Bagar ( प्रहरीलाई कम्प्युटर सहयोग)