Friday, February 14, 2020

श्रीराम टोल विकास संस्थाको सातौं अधिवेशन तथा अठारौं साधारणसभा सम्पन्न-Pokhara News

श्रीराम टोल विकास संस्थाको सातौं अधिवेशन तथा अठारौं साधारणसभा सम्पन्न
पोखरा, २ फागुन ।
    श्रीराम टोल विकास संस्था पोखरा ८ तल्लो सिमलचौरको सातौं अधिवेशन तथा अठारौं साधारणभा सम्पन्न भएको छ ।
    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा ८ का वडाअध्यक्ष रुद्रनाथ बरालले साना तिना कार्ययोजना सम्पन्न गर्न बजेटको अभाव नहुने र यस टोललाई नमुना टोलको रुपमा विस्तार गर्नको लागि सम्पूर्ण टोलबासीहरुमा अनुरोध गर्दै अधिवेशन तथा साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
    उक्त अवसरमा विशेष अतिथि पशुपतिनाथ मन्दिरका अध्यक्ष श्रीराम बराल, उपाध्यक्ष दामोदर सिग्देल, बरिष्ठ समाजसेवी शिवप्रसाद चालिसे, सल्लाहकार सन्तुमाया गिरी, मणिलाल चालिसे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रममा २०७५/०७६ को प्रगति विवरण र आगामी वर्षको कार्ययोजना सचिव सरिता रेग्मी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष भगवती पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
    अधिवेशनले आगामी कार्यकालका लागि दामोदर सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा इन्दिरा थापा, सचिव राजकुमार चालिसे, कोषाध्यक्ष दल बहादुर जिसी, सहसचिव निर्मल पौडेल, सहकोषाध्यक्ष गायत्री लामिछाने र सदस्यहरुमा कल्पना पोख्रेल, निरु पुन, मञ्जु गौतम, माया पहारी, विमला बसेल र मिना चालिसे रहनुभएको छ । त्यसै गरी सल्लाहकारहरुमा सन्तुमाया गिरी, शिव प्रसाद चालिसे, मणिलाल चालिसे, सरिता रेग्मी, कृष्णमाया पौडेल, भगवति पौडेललाई चयन गरिएको थियो ।
    संस्थाका अध्यक्ष विसिना लम्सालको अध्यक्षतामा भएको उद्घाटन सत्रको संचालन सचिव सरिता रेग्मीले गर्नुभएको थियो ।

नवलपरासीमा सवारी दुर्घटना-Road Accident

पोखरा, १ फागुन  गते
 अन्दाजी १३:०० बजेको समयमा जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका-८ खर्खट्टा जङ्गल स्थित पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको प्रदेस नं ३ .३००१ प १५८९ नंम्बरको मोटरसाईकल र विपरित दिसाबाट जाँदै गरेको लु२ख ७८१ नंम्वरको बस एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला मकवानपुर वर्ष ३० को विकास थापा मगर घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाईएको, अवस्था सिरियस, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

तनहुँमा सवारी दुर्घटना -Road Accident

पोखरा, १ फागुन  गते 
अंन्दाजी ०९:४५ बजेको समयमा जिल्ला तनहुँ ब्यास नगरपालिका-१२ घाँसीकुवा स्थित पृथ्वि राजमार्गमा दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको बा२१च  ५७८१ नंम्वरको बलेरो जिप र भित्री बाटो सेराबाट हाईवे तर्फ आउदै गरेको  ग८प  १६४१ नंम्वरको मोटरसाईकल एक-आपसममा ठक्कर खादाँ जिल्ला तनहुँ ब्यास नगरपालिका -१२ घाँसीकुवा बस्ने वर्ष २७ को  कुमार परियारर ऐ. बस्ने वर्ष २९ को राम शरण परियार घाईते भई उपचारको लागि रत्नहरी अस्पताल दमौली पठाएको,दुबै घाईतेको अवस्था मध्यम, घटनाको विषयमा खवर प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई गई थप अनुसन्धान भईरहेको छ ।

पोखराको जिरोकिमिमा दुर्घटना, एकको मृत्यु -News Pokhara

पोखरा, १ फागुन गते
अन्दाजी ०४:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.५ जिरो कि.मि.  स्थित ग १ ज ४०९७ नं. को ट्याक्सी र ग १० प २५५५ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार जिल्ला दार्चुला घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका -६ खहरे बस्ने अन्दाजी वर्ष ३५ को पदम सिंह दडालको उपचारको क्रममा मृत्यु भएको छ । भने मोटरसाईकल चालक जिल्ला काभ्रे घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.८ न्यूरोड बस्ने वर्ष २४ को आशिष भुजेल घाईते भई उपचार भईरहेको, घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tuesday, November 26, 2019

समाजवादीका बाबुराम र धर्मराज बेग्लाबेग्दै घरदैलोमा





 पोखरा, ९ मंसिर
वडा नम्बर १६ अर्मला समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको जन्मगाउँ हो । कास्की क्षेत्र नम्बर २ को उम्मेदवार बनेर अर्मला घरदैलोमा पुग्दा गाउँले उत्साहित भए । अर्मलाको माटोले जन्माएको व्यक्ति अहिले चुनावमा उम्मेदवार भएकोमा खुसी हुँदै जोगीमणी र अर्मला गाउँका मतदाताले इन्जिनियर धर्मराजलाई शुभकामना दिए, ‘चुनाव जित्नु र विकास गर्नु ।’
देशविदेशको अनुभवलाई राजनीतिमार्फत संसद पुगेर आफ्नै देशमा लगाउने बताएपछि स्थानीयले बधाइ दिए । ज्येष्ठ नागरिक गमा गुरुङले आशिष दिँदै भनिन्, ‘जाउ बाबु, देश बनाउ । जनतालाई सुख दिने बाटो गर ।’
उम्मेदवार गुरुङले एक मौका दिए काम गरेर देखाउने गाउँलेलाई बताए । अर्मलाको माटोमा जन्मिएको धर्मराजले जालझेल र झुटको राजनीति कहिल्यै नगर्ने उनले प्रतिवद्धता गरे । ‘म भ्रष्टाचार गर्न जान्दिन । यो देशमा असल व्यक्ति अब राजनीतिमा आउनु पर्छ,’ धर्मराजले भने, ‘तपाईंहरुले पहिलेपहिले अरुलाई जिताउनु भयो । गाउँको छोरोलाई भोट हाल्नुस् ।’
पोखरामा आइतबार चुनावी सभामार्फत गरेर शक्तिप्रदर्शनपछि समाजवादीका उम्मेदवार वडा नम्बर १६ तिर घरदैलोमा पुगेका हुन् । व्यक्तिलाई गाली गर्नुभन्दा राजनीतिलाई सफा गराउने काम जनताले नै गर्नुपर्ने धर्मराजको भनाइ थियो ।
‘व्यक्ति आफैंमा खराब हुँदैन । राजनीति आफैमा गलत होइन । तर, यहाँ राजनीति गर्ने मान्छेको प्रवृत गलत भयो,’ धर्मराजले भने, ‘तीनै गलत कुरा फेरिनुपर्छ । देशमा सुशासनको सिस्टम बस्नुपर्छ भन्ने मानयता राख्छु ।’ पछि पछुताउनुभन्दा राम्रो उम्मेदवार छानेर मात्र भोट हाल्न उनले आग्रह गरेका छन् । नेतालाई मात्र गाली गर्नुको सट्टा आफैंले गतिलो नेता छान्ने जनताको अवसर नै चुनाव भएकाले त्यसको सदुपयोग गर्न धर्मराजले मतदातालाई अनुरोध गरे ।
चुनावी सभालाई सम्बोधन गर्न आइतबार पोखरा आएका समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पनि धर्मराजलाई भोट माग्न घरदैलो पुगेका छन् । धर्मराज जन्मगाउँतिर घरदैलोमा पुगे भने डा. भट्टराई वडा नम्बर १५ र १७ मा घरदैलो गरेका थिए ।
डा. भट्टराईले धर्मराजजस्तो सक्षम व्यक्ति पोखराको माटोले पाएको बताउँदै समुपयोग गर्न आग्रह गरेका थिए । देशमा पुराना पार्टीले पटक पटक जितेर पनि उही पुरातन सोचबाट बाहिर ननिस्किएका कारण समाजवादी पाटीे वैकल्पिक राजनीतिमा आएको भट्टराईले बताए । पोखराबाट धर्मराजलाई जिताएर देशका निम्ति नयाँ सन्देश दिन भट्टराई आग्रह गरेका थिए ।
समाजवादी पार्टीले घरदैलो कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएको प्रदेश संयोजक गणेशमान गुरुङले जानकारी दिए ।