Friday, February 14, 2020

श्रीराम टोल विकास संस्थाको सातौं अधिवेशन तथा अठारौं साधारणसभा सम्पन्न-Pokhara News

श्रीराम टोल विकास संस्थाको सातौं अधिवेशन तथा अठारौं साधारणसभा सम्पन्न
पोखरा, २ फागुन ।
    श्रीराम टोल विकास संस्था पोखरा ८ तल्लो सिमलचौरको सातौं अधिवेशन तथा अठारौं साधारणभा सम्पन्न भएको छ ।
    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा ८ का वडाअध्यक्ष रुद्रनाथ बरालले साना तिना कार्ययोजना सम्पन्न गर्न बजेटको अभाव नहुने र यस टोललाई नमुना टोलको रुपमा विस्तार गर्नको लागि सम्पूर्ण टोलबासीहरुमा अनुरोध गर्दै अधिवेशन तथा साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
    उक्त अवसरमा विशेष अतिथि पशुपतिनाथ मन्दिरका अध्यक्ष श्रीराम बराल, उपाध्यक्ष दामोदर सिग्देल, बरिष्ठ समाजसेवी शिवप्रसाद चालिसे, सल्लाहकार सन्तुमाया गिरी, मणिलाल चालिसे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रममा २०७५/०७६ को प्रगति विवरण र आगामी वर्षको कार्ययोजना सचिव सरिता रेग्मी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष भगवती पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
    अधिवेशनले आगामी कार्यकालका लागि दामोदर सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा इन्दिरा थापा, सचिव राजकुमार चालिसे, कोषाध्यक्ष दल बहादुर जिसी, सहसचिव निर्मल पौडेल, सहकोषाध्यक्ष गायत्री लामिछाने र सदस्यहरुमा कल्पना पोख्रेल, निरु पुन, मञ्जु गौतम, माया पहारी, विमला बसेल र मिना चालिसे रहनुभएको छ । त्यसै गरी सल्लाहकारहरुमा सन्तुमाया गिरी, शिव प्रसाद चालिसे, मणिलाल चालिसे, सरिता रेग्मी, कृष्णमाया पौडेल, भगवति पौडेललाई चयन गरिएको थियो ।
    संस्थाका अध्यक्ष विसिना लम्सालको अध्यक्षतामा भएको उद्घाटन सत्रको संचालन सचिव सरिता रेग्मीले गर्नुभएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.