Thursday, May 24, 2018

सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई कारवाही गरिएको -No Smoking in Public Places

पोखरा,  जेष्ठ १० गते । 
सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई कारवाही गर्ने भन्ने नेपाल सरकारको निति अनुरुप यस जिल्ला प्रहरी कार्यालय कास्कीले पनि आजका मिति देखि अभियानकै रुपमा लागु गरी चेकजांच गरिएको । सो क्रममा बैदाम एरियामा २ जना र रामबजार एरियामा १२ जना गरी जम्मा १४ जनालाई सार्वजनिक स्थलमा चुरोट सेवन गरेको फेला पारी तत्कालै निजहरुलाई कारवाही प्रकृया अगाडी बढाईएको र निजहरुबाट १४०० राजश्व संकलन भएको । 
जिल्ला प्रहरी कार्यालय कास्की 

Tuesday, May 22, 2018

सामाजिक कार्यमा फेसबुक ग्रुप,ब्लड क्यान्सर पीडितलाई पोखरामा सहयोग अभियान सुरु-News-Pokhara


७ जेठ,पोखरा
अनुप पौडेल,

पछिल्लो केही समयबाट सामाजिक कार्यमा क्रियाशिल फेसबुक ग्रुप वि आर फ्रेण्डस (We Are Friends)ले ब्लड क्यान्सरबाट पीडित भएका बालकका लागि आर्थिक सङकलन अभियान सुरु गरेको छ ।पर्वतको कुस्मा नगरपालिका(१४ आर्थरका १४ बर्शिय अर्जुन गौतमका लागि सोमबारबाट पोखरामा आर्थिक सङकलन अभियान सुरु गरिएको वि आर फ्रेण्डसका एडमिन अमुल्य अधिकारीले बताए ।
अर्जुन बचाउ अभियानको पहिलो दिन सोमबार पृथ्वीनारायण क्याम्पस हुँदै ट्याक्सी चोक वरिपरि गरेर ९,४५० रुपैया सङकलन भएको अधिकारिले बताए ।ब्लड क्यान्सरबाट पीडित १४ बर्शिय अर्जुन गौतम भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेका छ्न ।आउँदो एकहप्तासम्म उक्त अभियान पोखराका विभिन्न ठाउँमा संचालन गरिने छ ।सुकराज गौतम र खेमकुमारी गौतमका छोरा १४ बर्शिय अर्जुन गौतम बिश्वज्योति मा।वि को कक्षा ९ मा अध्यनरत छन ।

विरेठाँटी मा.वीका विद्यार्थीलाई छात्रवृत्ति वितारण-Education News



पोखरा ७ जेठ ।

कास्कीको अन्नपुर्ण गाँउपालीका वडानम्बर  ८ स्थित विरेठाँटी माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितारण गरिएको छ । 

सोमबार एक कार्यक्रममा बिच विद्यालयका १ सय ३५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितारण गरिएको हो । जिल्ला शिक्षा कार्यालय कास्कीको सहयोगमा वितारण गरिएको माध्यमिक जेहेन्दार तर्फ ९ जना, दलित तर्फ ३५ जना छात्र र आधारभुत तह तर्फका ६० जना दलित छात्र र ४२ जना छात्राहरुलाई वितारण गरिएको हो । 

विद्यार्थीहरुले जेहेन्दार तर्फ नगद १७ सय, दलित छात्रले ५ सय र आधारभुत तर्फका दलित विद्यार्थी तथा छात्राले नगद ४ सय रुपैयाँका दरले नगद प्राप्त गरेका छन् । कार्यक्रममा चिन बहादुर पियारी गुरुङ प्रतिष्ठान र विरेठाँटी क्यानोनिङ्ग प्रालीले सयुक्त रुपमा करिव ५० हजार बराबरको स्टेशनरी सामान वितारण समेत गरेको छ । वितारण कार्यक्रममा बोल्दै चिन बहादुर पियारी गुरुङ प्रतिष्ठानका अध्यक्ष पुर्ण बहादुर गुरुङले विद्यालयका विद्यार्थीहरुका लागि प्रतिष्ठानले गर्दै आएको सहयोगमा वृद्धि गर्दै लैजाने प्रतिवद्धता जनाउनुभयो । 

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका सल्लाहकार एवम लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले विद्यार्थीको भविष्य देश संग जोडिने भन्दै शिक्षा प्रदान गर्न कुनै कन्जुस्याइ गर्न नहुने जिकिर गर्नुभयो । उहाँले विद्यालयको स्तरउन्नतिका लागि आफुँले सक्दो सहयोग गर्ने समेत बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होसियार सिँह गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा अन्नपुर्ण गाँउपालीका ८ का वडाध्यक्ष विजय गुरुङले विद्यालयमा क्याम्पस संचालन गर्ने अभियानमा आफुँ रहेको भन्दै सबेको सहयोग आवश्यक रहेको औल्याउनुभयो । विद्यालयका प्रध्यानाध्यापक प्रेम बहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सहप्रध्यानाध्यापक एकराज पौडेलले संचालन गर्नुभएको थियो । 

Friday, May 18, 2018

संगम सहकारीको स्थापना दिवस-Sangam Cooperative-Pokhara-Nepal

पोखरा, ३ जेठ ।
संगम बचत तथा ऋण सहकारी संस्था लि.रामबजारले आफ्नो १४ औं स्थापना दिवस मनाएको छ । २०६१ साल जेठ २ गते पहिलो भेला भई समिति गठन गरेको दिनको स्मरण गर्दै स्थापना दिवस मनाएको हो । 
पहिलो भेलाले गठन गरेको तदर्थ समितिका अध्यक्ष क्या.हरिकृष्ण कुँवर, सचिव बुद्धिमान थापा, कोषाध्यष मेघ बहादुर थापा तथा सदस्यहरु तिलक थापा र ललित बहादुर कुँवरलाई सम्मानपत्र, नगद, खादा, संस्थाको डायरी प्रदान गरिएको थियो भने पहिलो भेलामा उपस्थित सबैलाई प्रसंसा पत्र, खादा र डायरी प्रदान गरयो । 
यसैगरी स्थापनाकालका विशेष सहयोगी पूर्व अध्यक्ष स्व.योगबहादुर के.सी.लाई मरणोपरान्त सम्मान गर्दै वहाँका धर्मपत्नी लक्ष्मी केसीलाई सम्मानपत्र, नगद,खादा र डायरी प्रदान गरियो । यसैगरी तत्कालिन सहयोगी धन प्रसाद गुरुङ र भुपेन्द्र खड्कालाई पनि सम्मानपत्र, नगद र डायरी सहित सम्मान गरिएको थियो । 
कार्यक्रममा प्रमुख अतिथि नेफ्कुनका संचालक भीम गुरुङले संगम सहकारीका हरेक कार्यक्रममा प्रसंसनीय भएको बताउँदै प्रोवेशनमा सहभागी भई सहकारीलाई स्तरीकरण गर्न लागेकोमा खुसी व्यक्त गरे । सहकारीले आफूलाई जाँच्ने उत्कृष्ट माध्यम नै प्रोवेशन भएकोले प्रोवेशनले जोखिम न्यूनिकरण गर्दै लैजाने बताए । 
यसैगरी विशेष अतिथि कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकालले शरीर संचालनमा सबै अंगको भूमिका भए जस्तै सहकारी संचालनमा सबै सदस्यहरुको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताए । 
संस्थाका अध्यक्ष निरज थापाले १५ वर्ष अगाडि जन्मदा पारिवारिक सहकारी भएर जन्मे पनि समय सँगसँगै सबैको मन जित्न सफल भई सामाजिक सहकारी भएको र संस्थामा हाल २२ सय बढी समय सदस्य र ३२ करोडको कारोवार गरिरहेको बताए ।
जिल्ला सहकारी संघ कास्कीका बरिष्ठ उपाध्यक्ष बलराम गौतम, संस्थाका यम बहादुर रानाभाट, गोविन्द बहादुर थापा, धन प्रसाद गुरुङ्ग, विष्णु कुमारी थापा लगायतले मन्तव्य राखेको उक्त कार्यक्रम सचिव धनराज पुरीको संचालन र निरज थापाको अध्यक्षतामा भएको थियो । 

वडास्तरीय सरसफाई तालिम एक कार्यक्रमका साथ सम्पन्न completed-training-program 2075


पोखरा, ३ जेठ 
आफ्नो घर आँगन आफै सफा गरौं फोहोरलाई मोहरमा परिणत गरौं भन्ने मूल नाराका साथ पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० ले टोल विकास संस्था र आमा समूहका पदाधिकारीहरुलाई १ दिने वडास्तरीय सरसफाई तालिम एक कार्यक्रमका साथ सम्पन्न गरेको छ । 
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० का वडाध्यक्ष राजकुमार गुरुङको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको उक्त तालिमको पानसमा दीप प्रज्वलन गरी तालिमको उद्घाटन गर्नुहूँदै स्मार्ट सिटी वडा बनाउन सबै टोलका घरबाट निस्कने फोहोरलाई व्यवस्थापन गरी स्वच्छ, सुन्दर, हराभरा वडा निर्माण गर्न सहयोग गर्नुपर्ने विचार राख्नुहुँदै आवश्यक परे टोल टोलमा तालिम दिने व्यवस्था मिलाउने बताउनुभयो ।
कार्यक्रममा हेरालो प्रतिष्ठान कास्कीको विशेष सहयोगमा आयोजित तालिममा वेष्ट मेनेजमेन्ट रिसाइकलिङ प्रालि पोखराको सहयोगमा सम्पन्न गरिएको उक्त तालिममा ६० वर्ष पहिले जापानको स्थिति र हालको लगायत पोखरामा हुने फोहोरको विषयमा प्रशिक्षक हेरालो प्रतिष्ठान कास्कीका निवर्तमान अध्यक्ष रोश गुरुङले बताउनुहुँदै फोहोरलाई मोहरमा परिणत गर्न घरघरमा फोहोर छुट्याउने व्यवस्था मिलाई ल्याण्डफिल साइडकोआयु बढाउन हामी सबै लाग्नुपर्ने बताउनुभयो । तालिममा टोल विकास संस्था र महिला समूहका गरी ८० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा हेरालो प्रतिष्ठान कास्कीका अध्यक्ष झम गुरुङ, पोखरा उद्योग बाणिज्य संघका निवर्तमान उपाध्यक्ष इश्वर कर्माचार्य, वडा नं. १० का वडा सदस्य प्रतिमा विक पोखरेल, वडा सचिव महेन्द्र बहादुर खवास लगायतले आफ्नो विचार राख्नुहुँदै राम्रा कार्यको सबैले सराहना गर्नुपर्ने र वडाबासीले त्यस्ता काममा सहयोग गर्नुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा हेरालो प्रतिष्ठानका कार्यकारी उपाध्यक्ष चित्र गुरुङ, वडा सामाजिक परिचालक टिकादेवी कँडेल कोइरालाको उपस्थिति रहेको उक्त तालिममा वडा सदस्य निशा मल्ल ठकुरीले स्वागत गर्नुभएको थियो ।
१ दिने तालिममा सभापति एवं वडा सदस्य सम्मर बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नं. १० मा सरसफाई अभियान संचालन गरी टोल टोललाई जागरण गराउने विचार राख्नुभएको थियो । तालिमको संचालन दिपक बहादुर थापाले संचालन गर्नुभएको थियो ।