Friday, May 18, 2018

संगम सहकारीको स्थापना दिवस-Sangam Cooperative-Pokhara-Nepal

पोखरा, ३ जेठ ।
संगम बचत तथा ऋण सहकारी संस्था लि.रामबजारले आफ्नो १४ औं स्थापना दिवस मनाएको छ । २०६१ साल जेठ २ गते पहिलो भेला भई समिति गठन गरेको दिनको स्मरण गर्दै स्थापना दिवस मनाएको हो । 
पहिलो भेलाले गठन गरेको तदर्थ समितिका अध्यक्ष क्या.हरिकृष्ण कुँवर, सचिव बुद्धिमान थापा, कोषाध्यष मेघ बहादुर थापा तथा सदस्यहरु तिलक थापा र ललित बहादुर कुँवरलाई सम्मानपत्र, नगद, खादा, संस्थाको डायरी प्रदान गरिएको थियो भने पहिलो भेलामा उपस्थित सबैलाई प्रसंसा पत्र, खादा र डायरी प्रदान गरयो । 
यसैगरी स्थापनाकालका विशेष सहयोगी पूर्व अध्यक्ष स्व.योगबहादुर के.सी.लाई मरणोपरान्त सम्मान गर्दै वहाँका धर्मपत्नी लक्ष्मी केसीलाई सम्मानपत्र, नगद,खादा र डायरी प्रदान गरियो । यसैगरी तत्कालिन सहयोगी धन प्रसाद गुरुङ र भुपेन्द्र खड्कालाई पनि सम्मानपत्र, नगद र डायरी सहित सम्मान गरिएको थियो । 
कार्यक्रममा प्रमुख अतिथि नेफ्कुनका संचालक भीम गुरुङले संगम सहकारीका हरेक कार्यक्रममा प्रसंसनीय भएको बताउँदै प्रोवेशनमा सहभागी भई सहकारीलाई स्तरीकरण गर्न लागेकोमा खुसी व्यक्त गरे । सहकारीले आफूलाई जाँच्ने उत्कृष्ट माध्यम नै प्रोवेशन भएकोले प्रोवेशनले जोखिम न्यूनिकरण गर्दै लैजाने बताए । 
यसैगरी विशेष अतिथि कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकालले शरीर संचालनमा सबै अंगको भूमिका भए जस्तै सहकारी संचालनमा सबै सदस्यहरुको उत्तिकै महत्वपूर्ण भूमिका हुने बताए । 
संस्थाका अध्यक्ष निरज थापाले १५ वर्ष अगाडि जन्मदा पारिवारिक सहकारी भएर जन्मे पनि समय सँगसँगै सबैको मन जित्न सफल भई सामाजिक सहकारी भएको र संस्थामा हाल २२ सय बढी समय सदस्य र ३२ करोडको कारोवार गरिरहेको बताए ।
जिल्ला सहकारी संघ कास्कीका बरिष्ठ उपाध्यक्ष बलराम गौतम, संस्थाका यम बहादुर रानाभाट, गोविन्द बहादुर थापा, धन प्रसाद गुरुङ्ग, विष्णु कुमारी थापा लगायतले मन्तव्य राखेको उक्त कार्यक्रम सचिव धनराज पुरीको संचालन र निरज थापाको अध्यक्षतामा भएको थियो । 

No comments:

Post a Comment

Please, comment about this article.