पोखरा २८ बैसाख ।
Friday, May 11, 2018
भरतपोखरी विकास मञ्चको उद्घोषक तालिम सम्पन्न
विष्णुहरि पौडेल
लेखनाथ ,२८ वैशाख। पोखरा लेखनाथ ३३ मा रहेका भरतपोखरी विकास मञ्चले संचालन गरेको ३ दिने उद्घोषण तालिम शुक्रवार सम्पन्न भएको छ । महिलाहरुलाई लक्षीत गरी कुनै पनि सभा सम्मेलनमा ढुक्कसँग बोल्ने बानीको विकास गराउने उदेश्यले आयोजना गरिएको उद्घोषक तालिम समापन समारोहमा बोल्दै कोप्स नेपालका महासचिव रामचन्द्र शर्माले मञ्चले भविश्यमा पनि यस प्रकारका तालिमहरु राखेर सामाजिक उत्तरदायित्व बहन गर्नु पर्ने वताएका थिए ।प्रशिक्षक शुष्मा पौडेलले तालिमबाट प्रशिक्षार्थीहरुमा ढुक्कसग कार्यक्रमहरु संचालन गर्न सक्ने विश्वास ब्यक्त गरेकी थिईन । कार्यक्रममा सहभागीहरुको तर्फबाट सरिता ढकाल, प्रमिला रानाभाट,कल्पना विक, रुवि वास्तोला,जमुना नेपाली राधा वाग्ले लगाएतले तालिमले आफुहरुलाई भविश्यमा उद्घोषक बन्न प्रेरणा मिलेको बताएका थिए । भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लिराम बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक विजया भण्डारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने विहानी वचत तथा ऋण सहकारीका सचिव किरण पोखे्रल लेखनाथ पत्रकार मञ्चका सचिव नेशनल एफ एमका समाचार वाचक विष्णुहरि पौडेल लगाएतले वोलेका थिए । तालिममा २२ जना महिलाहरुको सहभागीता रहेको थियो ।
एन्फा अध्यक्ष शेर्पालाई शितल ज्याति क्लबद्धारा सम्मान-Sports News
पोखरा २७ बैशाख ।
अखिल नेपाल फुटबल सँघका नबनिर्बाचित केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पोखरा लेखनाथ महानगरपालिका –१२ मा सक्रिय रहेको शितल ज्याति युवा क्लबले एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेको छ ।
बिहिबार सम्पन्न परिचय तथा सम्मान कार्यक्रममा क्लबका अध्यक्ष तथा पदाधिकारीहरुद्धारा खादा, फुलकोगुच्छा सहित मायाको चिनोले शेर्पालाई सम्मान गरेको हो ।
सोही अबसरमा बोल्दै शेर्पाले संस्थामा एकात्मक तवरबाट हालीमुहाली रहेको नेतृत्वको शुद्धिकरण गर्न सफल भएको बताए । उनले अब सिङ्गो फुटबल क्षेत्रमा परिबर्तन हुने बताउदै खेलकुद जगतमा बिकासले गति लिने बताए । उनले भने “पोखरा आफैमा स्तरिय खेलाडी उन्पादन गर्न सक्ने ठाउँ हो, तर राम्रा राम्रा एकेडेमीको अभाबका कारण तुलनात्मक रुपमा गुणस्तरिय खेलाडी बाहीर निस्कन सकेका छैनन् ।”
उनले यथाशिघ्र ए डिभिजन लिग तथा ग्रासरुट लेभलका फुटबल प्रतियोगिताहरु छिट्टै आयोजना गर्ने बताउदै पोखरा क्षेत्रमा ५ देखी ७ वटा सम्म फुटबल ट्रेनिङ सेन्टर स्थापनाका लागी केन्द्रबाटै पहलकदमी थाल्ने प्रतिबद्धता समेत जनाएका थिए ।
परिचय तथा सम्मान कार्यक्रममा शितल ज्याति युवा क्लबका पदाधिकारी तथा साधारण सदस्यहरु, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष ईश्वर गुरुङ (चन्द्र) सदस्य नर बहादुर गुरुङ, टोल बिकास संस्थाका प्रतिनिधीहरु, आमा समुहका पदाधिकारीहरु, वडाबासीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।
क्लबका अध्यक्ष सन्तोष गुरुङको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रमको सञ्चालन सचिब पुर्ण गुरुङले गरेका थिए ।
पोखरामा जारी १०२ हप्ताको सफाइ अभियान वडा नं. ९ स्थित सेती नदी किनारमा-Clean and Green Pokhara Nepal
यसपटकको सफाइ अभियान शान्तिवन बाटिकामा-मिति :२०७५ -०१ -२९ गते शनिबार
पोखरामा जारी १०२ हप्ताको सफाइ अभियान वडा नं. ९ स्थित सेती नदी किनारमा अवस्थित प्राकृतिक सम्पदाले भरिपूर्ण एवं वनभोजस्थलका रुपमा परिचित शान्तिवन बाटिकामा हुँदैछ। सरसफाइ कार्यक्रम सँगसँगै त्यहाँका विकृति र बिसंगतिको अन्त्यका लागि समेत हामी सबैको उपस्थिति अपरिहार्य छ। तसर्थ सफाइ अभियानमा सहभागी भइ ऐक्यबद्धता जनाइदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं।
Saturday, May 5, 2018
Subscribe to:
Comments (Atom)
















