Friday, May 11, 2018

एन्फा अध्यक्ष शेर्पालाई शितल ज्याति क्लबद्धारा सम्मान-Sports News




पोखरा २७ बैशाख ।

अखिल नेपाल फुटबल सँघका नबनिर्बाचित केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पोखरा  लेखनाथ महानगरपालिका –१२ मा सक्रिय रहेको शितल ज्याति युवा क्लबले एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेको छ ।

बिहिबार सम्पन्न परिचय तथा सम्मान कार्यक्रममा क्लबका अध्यक्ष तथा पदाधिकारीहरुद्धारा खादा, फुलकोगुच्छा सहित मायाको चिनोले शेर्पालाई सम्मान गरेको हो ।

सोही अबसरमा बोल्दै शेर्पाले संस्थामा एकात्मक तवरबाट हालीमुहाली रहेको नेतृत्वको शुद्धिकरण गर्न सफल भएको बताए । उनले अब सिङ्गो फुटबल क्षेत्रमा परिबर्तन हुने बताउदै खेलकुद जगतमा बिकासले गति लिने बताए । उनले भने “पोखरा आफैमा स्तरिय खेलाडी उन्पादन गर्न सक्ने ठाउँ हो, तर राम्रा राम्रा एकेडेमीको अभाबका कारण तुलनात्मक रुपमा गुणस्तरिय खेलाडी बाहीर निस्कन सकेका छैनन् ।”

उनले यथाशिघ्र ए डिभिजन लिग तथा ग्रासरुट लेभलका फुटबल प्रतियोगिताहरु छिट्टै आयोजना गर्ने बताउदै पोखरा क्षेत्रमा ५ देखी ७ वटा सम्म फुटबल ट्रेनिङ सेन्टर स्थापनाका लागी केन्द्रबाटै पहलकदमी थाल्ने प्रतिबद्धता समेत जनाएका थिए ।

परिचय तथा सम्मान कार्यक्रममा शितल ज्याति युवा क्लबका पदाधिकारी तथा साधारण सदस्यहरु, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष ईश्वर गुरुङ (चन्द्र) सदस्य नर बहादुर गुरुङ, टोल बिकास संस्थाका प्रतिनिधीहरु, आमा समुहका पदाधिकारीहरु, वडाबासीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

क्लबका अध्यक्ष सन्तोष गुरुङको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रमको सञ्चालन सचिब पुर्ण गुरुङले गरेका थिए ।

No comments:

Post a Comment

Please, comment about this article.