Friday, May 11, 2018

एन्फा अध्यक्ष शेर्पालाई शितल ज्याति क्लबद्धारा सम्मान-Sports News




पोखरा २७ बैशाख ।

अखिल नेपाल फुटबल सँघका नबनिर्बाचित केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पोखरा  लेखनाथ महानगरपालिका –१२ मा सक्रिय रहेको शितल ज्याति युवा क्लबले एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेको छ ।

बिहिबार सम्पन्न परिचय तथा सम्मान कार्यक्रममा क्लबका अध्यक्ष तथा पदाधिकारीहरुद्धारा खादा, फुलकोगुच्छा सहित मायाको चिनोले शेर्पालाई सम्मान गरेको हो ।

सोही अबसरमा बोल्दै शेर्पाले संस्थामा एकात्मक तवरबाट हालीमुहाली रहेको नेतृत्वको शुद्धिकरण गर्न सफल भएको बताए । उनले अब सिङ्गो फुटबल क्षेत्रमा परिबर्तन हुने बताउदै खेलकुद जगतमा बिकासले गति लिने बताए । उनले भने “पोखरा आफैमा स्तरिय खेलाडी उन्पादन गर्न सक्ने ठाउँ हो, तर राम्रा राम्रा एकेडेमीको अभाबका कारण तुलनात्मक रुपमा गुणस्तरिय खेलाडी बाहीर निस्कन सकेका छैनन् ।”

उनले यथाशिघ्र ए डिभिजन लिग तथा ग्रासरुट लेभलका फुटबल प्रतियोगिताहरु छिट्टै आयोजना गर्ने बताउदै पोखरा क्षेत्रमा ५ देखी ७ वटा सम्म फुटबल ट्रेनिङ सेन्टर स्थापनाका लागी केन्द्रबाटै पहलकदमी थाल्ने प्रतिबद्धता समेत जनाएका थिए ।

परिचय तथा सम्मान कार्यक्रममा शितल ज्याति युवा क्लबका पदाधिकारी तथा साधारण सदस्यहरु, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष ईश्वर गुरुङ (चन्द्र) सदस्य नर बहादुर गुरुङ, टोल बिकास संस्थाका प्रतिनिधीहरु, आमा समुहका पदाधिकारीहरु, वडाबासीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र माटेपानीका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

क्लबका अध्यक्ष सन्तोष गुरुङको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रमको सञ्चालन सचिब पुर्ण गुरुङले गरेका थिए ।

पोखरामा जारी १०२ हप्ताको सफाइ अभियान वडा नं. ९ स्थित सेती नदी किनारमा-Clean and Green Pokhara Nepal









यसपटकको सफाइ अभियान शान्तिवन बाटिकामा-मिति :२०७५ -०१ -२९ गते शनिबार
पोखरामा जारी १०२ हप्ताको सफाइ अभियान वडा नं. ९ स्थित सेती नदी किनारमा अवस्थित प्राकृतिक सम्पदाले भरिपूर्ण एवं वनभोजस्थलका रुपमा परिचित  शान्तिवन बाटिकामा हुँदैछ। सरसफाइ कार्यक्रम सँगसँगै त्यहाँका विकृति र बिसंगतिको अन्त्यका लागि समेत हामी सबैको उपस्थिति अपरिहार्य छ। तसर्थ सफाइ अभियानमा सहभागी भइ ऐक्यबद्धता जनाइदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं।

Saturday, May 5, 2018

१०१औं हप्ताको पोखरा उपत्यका बृहत् सफाई -Clean and Green Pokhara Nepal








१०१औं हप्ताको पोखरा उपत्यका बृहत् सफाई अभियान बिरौटा - १७ राममन्दिर परिसरमा सम्पन्न ।

नेकपा माओवादी विप्लपको नेपाल बन्दका कारण जनजिवन प्रभावीत

पोखरा, २२ वैशाख
आफ्ना नेता, कार्यकर्ता र शुभचिन्तक माथी सरकारले गरेको धरपकड, गिरफ्तारी र वेपत्ता जस्ता गैरकानूनी क्रियाकलाप गरेको भन्दै नेकपा माओवादी विप्लवले गरेको नेपाल बन्दका कारण विहान देखी नै त्यसको प्रभाव परेको छ ।
विचार राख्ने, सभाजुलुस गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लागएको भन्दै विप्लपले माओवादीले बन्द गरेको नेकपाका महासचिव विप्लवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पार्टीका नेता कार्यकर्तामाथि वर्तमान सरकारद्वारा देशभरी गरिएको दमन, कार्यकर्ता बेपत्ता र गिरफ्तारीको विरुद्ध विभिन्न कार्यक्रम सहित नेपाल बन्दको घोषणा गरेको विज्ञप्तीमा उल्लेख छ ।

Friday, May 4, 2018

भिमकाली कपमा दोस्रो चरणका खेल जारी



पोखरा २१ बैशाख ।

पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा शुक्रबार सम्पन्न दोस्रो चरणको खेलबाट के.बि गाईज, रि युनाईटेड, आयोजक टिम “ए”, रत्न समाज, लेकसाईड फुटबल क्लब, गौरी युनाईटेड, ए.वाई.सि भण्डारढिक र डिफेण्डिङ च्याम्पियन दिप युनाईटेड बिजयी भएको छ ।

शुक्रबार टुडिखेल भेट्रान्स र के.बि गाईज बिच भएको पहिलो खेल १–१ को बराबरीमा सकिएपछि ट्राईबेकरमा ३–१ गोल अन्तरले हराउदै के.बि गाईज तेस्रो चरणमा प्रबेश ग¥यो ।

दोस्रो खेलमा शितल ज्योति फुटबल क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै रि युनाईटेडले तेस्रो चरणको लागी स्थान बनायो ।

प्रतियोगिताको तेस्रो खेलमा सबिन मेमोरियललाई ५–२ गोलको नतिजा सँगै पराजित गर्दै आयोजक टिम ए बिजयी भयो । आयोजक टिमको जितका लागी रञ्जन पुनले ह्याट्रिक गर्न सफल भए । त्यसैगरी चौथो खेलमा समर जुनलाई १–३ को गोल अन्तरले  रत्न समाजले पाखा लगायो ।

प्रतियोगिताको पाँचौ खेलमा लेकसाईड फुटबल क्लबले घान्दु्रक फुटबल क्लबलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । लेकसाईडको जितमा सुनिल बिकले ह्याट्रिक गरे ।

छैटौं खेलमा गौरी युनाईटेडले याम्दी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै तेस्रो चरणका लागी स्थान बनायो ।

एल्सन गेम जोन र ए.वाई.सि बिच भएको सातौ खेल २–२ को बराबरीमा सकिएपछि ट्राईबेकरमा ४–३ को गोल अन्तरले हराउदै ए.वाई.सि तेस्रो चरणमा प्रबेश गर्यो ।

त्यसैगरी डिफेण्डिङ च्याम्पियन दिप युनाईटेड र बिटि रेड बिच भएको अन्तिम खेल निर्धारित समयमा गोलरहित भएपछि ट्राईबेकरमा ६–५ को गोल अन्तरले डिफेण्डिङ च्याम्पियन दिप युनाईटेड बिजयी भएको खेल संयोजक मनोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार शनिबार पनि दोस्रो चरण अन्तर्गतकै ८ खेल सञ्चालन हुनेछन ।

आगामी २५ गते फाईनल हुने प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।