Tuesday, August 15, 2017

पोखरामा दुई स्थानमा जुवा खेल्दै गरेको अबस्थामा पक्राउ-


 पोखरा  श्राबण ३० गते

        मिति २०७४/०४//३० गते १८:०० बजेको समय, जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका बडा नं ७ रत्नचोक स्थित भु.पु.APF खाजा घरमा जुवा खेलीरहेको छ भन्ने गोप्य सुचना प्राप्त हुन साथ बडा प्रहरी कार्यालय बैदामबाट खटिएकोप्रहरी टोलिले तास खेलिरहेको अबस्थामा निम्न स्थान बस्ने १० जना मानिसहरुलाई ६ बुक तास,नगद रु। नगद रु. ५७,६१०।– ( सन्ताउन्न हजार ६ सय दश ) सहित प्रकाउ गरी थप अनुसन्धान कारबाही भईरहेको  ।

Thursday, July 20, 2017

श्रमिक बालबालिकाहरुको सम्पर्क केन्द्र वडा नं. १० लाई रामबजार युथ क्लबको सहयोग

पोखरा, ४ साउन ।
    पोखरा लेखनाथ महानगर पालिका वडा नं. १० मा अवस्थित रामबजार युथ क्लबद्वारा गत वर्ष आयोजना गरेको चौथो संस्करणको रामबजार  महोत्सव – २०७३ बाट बिक्री गरिएको प्रत्येक टिकटबाट रु १/– जम्मा गरी छुट्याईएको रकम रु पच्चीस हजार पाँचसय पच्चीस श्रमिक बालबालिकाहरुको सम्पर्क केन्द्र पो.ले. १० मा सिकाई केन्द्रको उद्धघाटन कार्यक्रमको अवसर पारी प्रदान गरेको छ ।
    पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं श्रमिक बालबालिका न्यूनिकरण मञ्चका अध्यक्ष रमेश कर्मचार्यका अध्यक्ष्यतामा भएको कार्यक्रममा सम्पर्क केन्द्रका अध्यक्ष सूर्यबहादुर बानियाले स्वागत मन्तव्य राखेका थिए । उनले सम्पर्क केन्द्र स्थापना काल देखि नै विभिन्न अवरोधहरु को सामना गर्दै विभिन्न ठाउँ बाट बालबालिकाहरु उद्धार गरि केन्द्र सञ्चालन गरिएको बताए ।
    जब सम्म समाजमा रहेका सभ्रान्त परिवार लाई बालबालिका लाई श्रममा लगाउनु हुँदैन भन्ने भावना जगाउन सकिदैन तब सम्म बालश्रम रोकिदैन त्यसैले राज्य स्तर तथा भर्खर मात्र निर्वाचित जनप्रतिनिधिहरुलाई त्यस्तो किसिमको जनचेतना जगाउने कार्यक्रम ल्याउनुपर्ने कुरामा सचेत गराए ।
    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी जिल्ला शिक्षा कार्यालयका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले बालबालिका लाई श्रममा लगाउनु उचित नभएको र यसले बालबालिकामा नकरात्मक असर पर्ने बताए । उनले जोखिमपूर्ण श्रममा रहेका बालबालिकाका लागि राज्य बाट पनि ठोस कदम चालिनुपर्ने आवश्यकता औंल्याए । जिल्ला शिक्षा कार्यालयबाट यस्ता जोखिममा रहेका बालबालिकाहरुलाई विभिन्न सरकारी विद्यालयमा पढन पाउने अधिकारबाट वञ्चित हुन नपरोस भनि आफुले सहयोग गर्ने पनि विश्वस्त गराउनु भयो ।
    कार्यक्रममा विशेष अतिथी पो.ले. १० का अध्यक्ष राजकुमार गुरुङ्गले आफ्नो वडा बालश्रम मुक्त वडा बनाउन हरसम्भव प्रयास गर्ने आश्वासन दिए । उनले आफु भर्खर निर्वाचित भएर आएको हुनाले वडामा रहेका विभिन्न संघसंस्था सँग हातेमालो गर्दै जोखिम युक्त श्रममा रहेका बालबालिकाहरु लाई उद्धार गर्ने कार्यमा सम्पर्क केन्द्र लाई सहयोग गर्ने बताउनु भयो ।
    वि.सं. २०७० मा क्लब दर्ता गरी विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएको रामबजार युथ क्लबले आफ्नो स्थापनाकाल देखिनै रामबजार लाई सेरोफेरो मानेर रामबजार महोत्सव आयोजना गर्दै आईरहेको र आफ्नै वडामा श्रमिक बालबालिका को सम्पर्क खुलेको हुँदा बालबालिकाहरु भविष्यका कर्णधार हुन र यो क्षेत्रमा पनि क्लबले आफ्नो सदभाव र सहयोग राख्नुपर्छ भन्ने लागेर सम्पर्क केन्द्र सँगको सहकार्यमा चौथो संस्करणको महोत्सव देखि प्रति टिकट रु १/
    कार्यक्रमका अध्यक्ष रमेश कर्मचार्य ले पोखरा उद्योग वाणिज्य संघ ले आफ्नो सामाजिक दायित्व लाई बोध गरी यो कार्यक्रम ल्याएको जानकारी दिए । उनले पो.ले.म.न.पा. को सन् २०१८ सम्म पोखरालाई बालश्रम मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम लाई पोखरा उद्योग वाणिज्य संघको यो कार्यक्रमले निकै साथ दिएको बताए ।
    बालश्रम न्यूनिकरण मञ्चका सचिव विनोद लामिछाने ले सञ्चालन गरेको कार्यक्रममा नगर महिला समन्वय समितिका अध्यक्ष पवित्रादेवी गुरुङ्ग, बालश्रम न्यूनिकरण मञ्चका कार्यक्रम संयोजक भक्तराज रसाईली, सम्पर्क केन्द्रका कोषाध्यक्ष किरणप्रसाद भट्टचन लगायतको उपस्थिती रहेको थियो । 


– छुटाएर सहयोग शुरु गरिएको जानकारी क्लबका अध्यक्ष धनबहादुर पुनले जानकारी दिए । उनले यो सहयोग निरन्तर जारी रहने पनि जानकारी दिए ।

Tuesday, November 29, 2016

नो वर्क नो पे लागू गरे टेड्र युनियन काँग्रेसले दशेभर आन्दोलन गर्ने

पोखरा, मंसिर १३ गते । 
सरकारले मजदुरहरुको अधिकारलाई कटौती गर्ने गरी नो वर्क नो पे र हायर एण्ड फायरको नितिलाइृ नसच्चाएमा नेपाल टेड्र युनियन काँगे्रसले देशभरी नै आन्दोलन गर्ने भएको छ ।
नेपाल टेड्र युनियन प्रदेश नं. ४ द्धारा पोखरामा आज आयोजना गरिएको श्रमिकका समसामायिक सवाल र सामाजिक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय गोष्ठीमा बोल्ने मजदुरहरुले सो कुरामा जोड दिएका हुन् ।
संसद्मा प्रस्तुत गरिएको सो विधयक श्रम ऐन र सामाजिक सुरक्षा र मजदुर विरोधी रहेकोले तत्काल सच्चाउन सरकारलाई आग्रह गरिएको छ । उद्योगपति र व्यवसायीलाई संरक्षण गर्ने गरी ल्याइएको सो विधयक अन्तराष्ट्रिय श्रम संगठन आइ.एल.ओ. को महासन्धी विरुद्ध रहेको समेत उल्लेख गरिएको छ ।
सो गोष्ठीको उद्घाटन गर्दै नेपाली काँगे्रस कास्कीका सभापति कृष्ण के.सी. ले राज्य पुनर संरचनाको जटिल स्थिति रहेको बेला काँग्रेस निकट भातृ संगठनहरु जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्नु भयो ।
उहाँले नेपाली काँगे्रसले मजदुरलाई सम्मानित हुने निति ल्याउनु पर्ने बताउँदै मजदुर र उद्योग व्यवसायको बीचमा सेतुको काम गर्नु पर्ने उल्लेख गर्नु भयो । सभापति के.सी. ले मुलुकको आर्थिक विकासको लागि पनि उद्योग धन्दाको विकास र श्रमिकहरुको संरक्षण हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा टेड्र युनियनका उपाध्यष ललित श्रेष्ठ, नेपाल प्रेश युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, टेड्र युनियनका सदस्य ईश्वर परियार, काँग्रेस कास्की सदस्य नविन सिग्देल, प्रदेश नं. ४ का अध्यक्ष हुमहरि शर्मा लगायत विभिन्न जिल्ला जिल्लाका टेड्र युनियनका अध्यक्ष एवम् टेड्र युनियन नेताहरुले युनियनको बारेमा बोल्नु भएको थियो ।

Wednesday, September 7, 2016

कौडा खेल्ने र खेलाउने पक्राउ

पोखरा भाद्र २१ गते 
मिति २०७३/०५/२१ गते पोखरा २९ फेदी हेम्जा स्थित मनहरी भण्डारीले संचालन गरेको भण्डारी रेष्टुरेण्ट एण्ड खाजा घरमा कौडा खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा बडा प्रहरी कार्यालय बगर कास्कीबाट प्र.नि.मोहन बहादुर खाणको कमाण्डमा खटिएको प्रहरी टोलिले कौडा खेलिरहेको अबस्थामा निम्न व्यक्तिहरुलाई १६ थान कौडा, रु.४,०९,०२५।( अक्षेरुपि चार लाख नौ हजार पच्चिस रुपैया सहित पक्राउ गरिथप अनुसन्धान कार्य जारी  रहेको ।
निम्न:
१.    पोखरा २९ हेम्जा फेदी बस्ने वर्ष ४० का मनहरी भण्डारी ९संचालक०
२.    पोखरा ९ नयाँबजार बस्ने बर्ष ५८ को बिष्णु बास्तोला
३.    पोखरा ९ नयावजार बस्ने बर्ष ४० को महेन्द्र रानामगर
४.    पोखरा ९ चिप्लेढुगा बस्ने बर्ष ४२ को नवराज थपलिया
५.    पोखरा ३ नदिपुर बस्ने बर्ष ६६ को चिञ्जिवी गुरुङ
६.    पोखरा ३ नदिपुर बस्ने बर्ष ४४ को कमल सापकोटा
७.    पोखरा १४ चाउथे बस्ने बर्ष ४५ को नारायण श्रेष्ठ
८.   जि.गुल्मि माझकोट-६ घर भई हाल पोखरा २ मोहोरिया टोल बस्ने बर्ष ४० को गोपाल पन्थी

       
मिति : २०७३।५।२१ गते                       
 जिल्ला प्रहरी कार्यालय कास्की ।

Monday, August 8, 2016

प्रहरी मेरो साथीकार्यक्रम अन्तरगत लागू औषध नियन्त्रणमा युवा बिधार्थीको भूमिका-Police My Friend Program



श्रावण २३ गते ।
    आज मिति २०७३।०४/२३ गते ११:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामाजिल्ला कास्की पोखरा(४ गैह्रापाटन स्थित पोखरा उद्योग वाणिज्य संघको सभाहलमा प्रहरी मेरो साथी Police My Friend  कार्यक्रम अन्तर्गत लागू औषध नियन्त्रणमा युवा विद्यार्थीको भूमिकाू विषयक अन्तर उच्च मा।वि।स्तरिय वक्तृत्वकला प्रतियोगिता पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्र।ना।म।नि। कमल सिंह बमज्यूको प्रमुख आतिथ्यतामा संचालन भएको, सो प्रतियोगितामा पोखरामा रहेका विभिन्न १२ वटा उच्च मा.वि.का १३ जना ( ६ जना छात्र र ७ जना छात्रा ) विद्यार्थीहरुले भाग लिएकोमा सगरमाथा निकेतन उच्च मा.वि.पोखराकी छात्रा मुस्कान झा प्रथम, मदरल्याण्ड उच्च मा.वि.की छात्रा प्रकृति सुवेदी द्वितिय र जनप्रिय उच्च मा.वि. की छात्रा रविना घिमिरे र सगरमाथा निकेतन उच्च मा।.वि.की छात्रा कृतिका कँडेल संयुक्तरुपमा तृतिय भएको, उक्त प्रतियोगितामा कास्की जिल्लामा लागू औषधको क्षेत्रमा कृयाशिल आमा समुह, संघ संस्था, स्कुल तथा कलेजका विद्यार्थीहरु, पत्रकार, उद्योगी व्यबसायी लगायत अं १५० जना व्यक्तिहरुको सहभागिता रहेको कार्यक्रम ऐ १५:०० बजे समाप्त भएको र उल्लेखित प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने प्रतियोगीहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्रका साथै सहभागी अन्य प्रतियोगीलाई प्रमाण पत्र समेत प्रदान गरिएको ।