Tuesday, January 19, 2016

एम्बुलेन्स अभियानमा सहयोग आउने क्रम जारी राम थापाद्वारा १० हजार सहयोग-Pokhara News

घनश्याम पाण्डेय, रेडियो गण्डकी
पोखरा, ४ माघ ।
         नमुना स्वरेक सामाजिक कोषले शुरु गरेको एम्बुलेन्स सञ्चालनार्थ अक्षयकोष निर्माण अभियानमा सहयोग आउने क्रम जारी छ । स्याङजाको पर्यटकीय गाउँ स्वरेकमा एम्बुलेन्स सञ्चालन गर्ने पवित्र उद्देश्य सहित शुरु गरिएको अभियानमा सवैको सहयोग जुट्दै गएको छ ।

यसैविच, स्वरेक वडानं ७ घर भई  हाल कतारमा कार्यरत राम थापाले स्वतःस्फुर्त रुपमा नगद १० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ । अभियानको सफलताको कामना गर्दे उहाँले स्वरेकलाई सवै क्षेत्रबाट सुविधा सम्पन्न बनाउन आ–आफ्नो ठाँउबाट लाग्नुपर्नेमा जोड समेत दिनुभएको छ ।

उहाँले गरेको सहयोग संगै अक्षयकोषमा १४ लाख, ८० हजार पुगेको छ । स्वरेकको विकासमा नमूना सामाजिक कोषले महत्वपुर्ण भूमिका निर्बाह गर्ने अभियानका संयोजक भेषराज पराजुलीले बताउनुभएको छ ।
अभियानका सह–सयोजक जीबन पौडेलले सवै मनहरुलाई जुटाउने काम अभियानले गरेको बताउनु्भएको छ । उहाँले नमूना स्वरेक सामाजिक कोष स्वरेकको सदस्य बन्नको लागि पनि सवैको लागि खुल्ला रहेको जानकारी दिनुभएको छ । आगामी दिनमा जिल्लाकै नेतृत्व गर्ने गरी नमूना स्वरेक सामाजिक कोषलाई अगाडी बढाउने पौडेलले बताउनुभयो ।

निर्मल पोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने-Pokhara News

स्व. ओम बहादुर भण्डारीको स्मृतिमा माघ ७ गते विहिबार निर्मल पोखरी–३, चिलाउनेखर्क (चिसापानी)मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
नमस्ते हस्पिटल एण्ड रिमोर्ट हेल्थ सर्भिस सेन्टर पोखराको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने कार्यक्रमका संयोजक नारायणबहादुर भण्डारीले बताएका छन्।
स्वास्थ्य उपचारमा विभिन्न समस्या भई शहर बजारसम्म जान नसकेका असक्त र स्वास्थ्य प्रतिको जनचेतना जगाउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको समेत भण्डारीले जानकारी दिएका थिए।
सिद्धार्थ युवा क्लब, आमा समूह र सृजना आमा समूहद्वारा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा नमस्ते हस्टिपलका मुटु तथा मधुमेह रोग विशेषज्ञ डा. मानबहादुर गुरुङ र स्वदेशी तथा विदेशी डाक्टरहरु समेत उपस्थित रहने सिद्धार्थ युवा क्लबका अध्यक्ष बसन्त रानाले बताएका छन्।

Thursday, January 14, 2016

स्व.टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार धमलालाई- Rishi Dhamala Pokhara News

 पोखरा, २९ पुस
पोखरा–५ प्रस्याङ निवासी सुवर्णप्रसाद कोइरालाको परिवारजनद्धारा आफ्ना स्व. माता  पिताको स्मृतिमा स्थापित तथा मेची महाकाली मिडिया सोसाईटी नेपालद्धारा संचालित स्व. टंकादेवी तुलसीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारवाट यस वर्ष पत्रकार ऋषि धमला सम्मानित हुनु हुने भएको छ ।
    प्रतिभा छनौट समितिको वुधवार वसेको वैठकले रिपोर्टस क्लव नेपालका अध्यक्ष समेत रहेका धमलालाईं पुरस्कृत गर्ने निर्णय गरेको हो । छनौट समितिको संयोजकमा मेची महाकाली मिडिया सोसाईटी नेपालका राष्ट्रिय अध्यक्ष माधव शर्मा तथा सदस्यहरुमा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, सचिव त्रिभुवन पौडेल, पत्रकार दिपेन्द« श्रेष्ठ तथा पुरस्कारका संस्थापक सुवर्णप्रसाद कोईराला रहेका थिए । सर्वसाधारणलाई साक्षात्कार  तथा राजनीतिक वहस मार्फत सुचना दिन अग्रणी रहेका धमलालाई सर्वसम्मत रुपमा पुरस्कार दिने निर्णय भएको छनौट समितिका संयोजक तथा सोसाईटीका राष्ट्रिय अध्यक्ष माधव शर्माले जानकारी दिए । पुरस्कारको राशी नगद २० हजार १ तथा  सम्मानपत्र रहेको छ । पुरस्कार आगामी माघ महिनाभित्र प्रदान गरिने छ ।
 उक्त पृुरस्कारवाट यसअघि जनकपुरकी पत्रकार स्व. उमा सिँह,  ईश्वरी न्यौपाने, रामकृष्ण ज्ञवाली, रीता गुरुङ, दिपेन्द्र श्रेष्ठ तथा गणेश पाण्डे सम्मानित भईसकेका छन्  ।

Saturday, December 26, 2015

खुद्रा व्यापार संघद्धारा हरिहर आश्रममा सहयोग-Pokhara News

पोखरा १० पौष
खुद्रा व्यापार संघले ऐतिहासिक हरिहर गुफा सन्यास आश्रममा शुक्रबार सहयोग गरेका छन् ।  संघले आश्रममा रहेका माता, बटुक लगायतलाई कम्बल, आटाको पिठो, चिनि, चियापत्ति लगायतको सामाग्री हस्तान्तरण गरेको कार्यक्रमका संयोजक चुडामणि अधिकारीले जानकारी दिएका छन् । खुद्रा व्यापार संघ कास्कीका अध्यक्ष धनिराम बरालको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा हरीहर गुफा सन्यास आश्रमका व्यवस्थापन समितिका उपाध्यक्ष विष्णु बहादुर खत्री, खुद्रा व्यापार संघ कास्कीका उपाध्यक्ष चुडामणि अधिकारी र महासचिव मनोहर बहादुर के.सी. लगायतले आ–आफ्नो भनाइ राखेका थिए । आश्रममा रहेका माता तथा बटुकहरुले संघले चिसो मौसममा आफुहरुलाइ सहयोग गरेकोमा खुलेर प्रशंसा गरे । आफ्नो समस्याप्रति अझसम्म कसैको ध्यान पुग्न नसकेपनि संघले आफुहरुलाई सम्झिएकोमा उनीहरुले खुशी व्यक्त गरेका हुन् । झण्डै १५ हजार बराबरको सहयोग हस्तान्तरण गरिएकोमा कार्यक्रम संयोजक अधिकारीले व्यक्तिगत नगद तीन हजार सहयोग गरेका थिए । कार्यक्रममा संघका सचिव होमनाथ पराजुली, कोषाध्यक्ष रुद्रनाथ अधिकारी, सह–कोषाध्यक्ष बालाकृष्ण च्वाई,  सदस्य धन प्रसाद पौडेल, लेखा समिति सदस्य अनन्त नाथ अधिकारी, लोन उपसमिति सदस्य काशीराम सुवेदी लगायतको सहभागीता रहेको संयोजक अधिकारीले जानकारी दिएका छन् ।

Friday, December 18, 2015

पोखरामा शनिवार डिजेल वितरण गर्ने (कुन कनु पम्पबाट समेत ) Pokhara Fuel

 पोखरा, ३ पुस
नेपाल आयल निगम गगनगौडा डिपोले पोखरामा शनिवार डिजेल वितरण गर्ने भएको छ ।
जिल्ला आपुत्ति समितिको बैठकले निम्न लिखित पेट्रोल पम्पहरुबाट निम्न परिमाणमा पेट्रोलियम पदार्थ मिति २०७२।९।४ गते निम्नानुसार वितरण गर्ने निर्णय गरियो ।
लि. कैफियत
१. वेलकम ट्रेडर्स डिजेल ३०००
२. विन्दावासिनी आयल, लेखनाथ डिजेल ३०००
३.पश्चिमाञ्चल ट्रेडर्स लेखनाथ डिजेल ४०००
४.पृथ्वीरामार्ग पे.प्रा.लि. कास्की डिजेल ३०००
५. शुभजगदम्बा आयल स्टोर्स लेखनाथ डिजेल ४०००
६. इन्द्रज्योती आयल, लेखनाथ डिजेल ४०००
७. जुपिटर ट्रेडर्स, लेखनाथ डिजेल ८००० ४ के.एल. नेपाल आयल निगम, गगनगौडाको सिफारिसमा टं्याकरहरुको लागिमात्र
८. डि.आर.आयल, स्टोर्स डिजेल ४०००
९. श्रीओम पेट्रोलियम ट्रेडर्स, पोखरा डिजेल ३०००
१०. नमिता ट्रेडर्स, पोखरा डिजेल ४०००
११. गण्डकी पेट्रोेलियम कं, पोखरा डिजेल ३०००
१२. ऋषि एण्ड व्रदर्श, साझा, पोखरा डिजेल ६००० शैक्षिक प्रतिष्ठानहरुको लागिमात्र
१३. मनोकामना आयल स्टोर्स, पोखरा डिजेल ४०००
१४. शारदा आयल, पोखरा डिजेल ३०००
१५. नेशनल ट्रेडिङ्ग, पोखरा डिजेल ३००० ज्ब्ब्ल् को सिफारिसमा होटलहरुको जेनेरेटर संचालनको लागि २००० लि.
१६. पञ्चरत्न आयल पोखरा डिजेल ३०००
१७. हिमालयन पे.कं लि., पोखरा डिजेल ४०००
१८. अन्नपूर्ण आयल पोखरा डिजेल ४०००
१९. जगदम्बा आयल, पोखरा डिजेल ४०००
२०. वि.एस. आयल स्टोर्स, पोखरा डिजेल ४०००
२१. वृहस्पति आयल, पोखरा डिजेल ६००० शैक्षिक प्रतिष्ठानहरुको लागिमात्र
२२. अटो क्लिन, पोखरा डिजेल ४०००
२३. कालिका पेट्रोल पम्प, पोखरा डिजेल ४०००
२४.रानिपौवा आयल, पोखरा डिजेल ४०००
२५. बराल आयल, पोखरा डिजेल ४०००
२६. कालिका फ्यूल स्टेशन, पोखरा डिजेल
पेट्रोल १८०००
३००० ३ के.एल. अपरमादी हाइड्रो र १ के.एल. माउण्ट कैलास ईनर्जी कम्पनी, २ के.एल. पोखरा औद्योगिक क्षेत्र र १ के.एल. लेखनाथ औद्योगिक क्षेत्र एवं अत्यावश्यक सोवाको लागि
२७। विश्वास आयल डि, पोखरा डिजेल ४०००
२८। शागर आयल, पोखरा डिजेल ३०००
२९। उत्तम आयल , पोखरा डिजेल ३०००
३०। लान्द्रक पेट्रोलियम प्रा.लि.पोखरा
डिजेल ४०००
३१. पराजुली आयल, पोखरा डिजेल ४०००
३२. थापा आयल स्टोर्स, हेम्जा डिजेल ३०००
३३. जयवुद्ध आयल, पोखरा डिजेल ४०००
१. उपरोक्त पेट्रोल पम्पहरुबाट निम्नानुसारको सवारीहरुलाई अभिलेख राखी निम्नानुसार वितरण गर्ने र वितरणको विवरण जिल्ला प्रशासन कार्यालय, कास्कीमा पेश गर्ने ।
डिजेल:
क. लामो दुरीको ट्रक, वस – रु. ६०००।– बराबरको
ख. ग्रामिण रुटमा चल्ने बस – रु. ४०००।– बराबरको
ग. मिनि वस – रु. ३५००।– बराबरको
घ. हायस बस – रु. ३५००।– बराबरको
ङ. नगरबस, वेगनास बस – रु. ३०००।– बराबरको
च. मिनि, मझौला र लोकल ट्रकहरु – रु.३०००।– बराबरको
छ. अन्य निजी डिजेल कार, जिपहरु – रु. २५००।– बराबरको
ज. ठूलो ट्याक्टरहरु – रु.२०००।– बराबरको
झ.साना ट्याक्टरहरु – रु.५००।– बराबरको
ञ. पर्यटन ठूला बसहरु रु. रु.६०००।– बराबरको
ट. पर्यटन साना सवारीहरु रु.२५००।– बराबरको
ठ. खुद्रा माल ढुवानी गाडीहरु रु.२०००।– बराबरको
२. मिति २०७२।९।४ गते वितरण हुने १३९ के.एल.डिजेल र ३ के.एल. पेट्रोल मिति २०७२।९।३ गते साझसम्ममा नेपाल आयल निगम, इन्धन डिपो, गगनगौडाले सम्बन्धीत पम्पहरुमा उपलब्ध गराउने ।
४. वितरण मिति २०७२।९।४ गते विहान ८ बजे देखि शुरु हुने ।
५. सवारी धनीले व्लूबुक अनिवार्यरुपमा लिई आउनु पर्नेछ ।
६. कास्की जिल्लाको पेट्रोलियम पदार्थको वितरण सम्वन्धी कार्यको अनुगमन तथा निरीक्षण गर्ने प्रयोजनको लागि देहाय बमोजिमको समिति गठन गरी वितरण प्रकृयालाई थप प्रभावकारी बनाउने निर्णय गरियो ।
(क) लेखनाथ पारीको क्षेत्रमा ः
१. राजन नेपाल, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्य
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, लेखनाथ उद्योग बाणिज्य संघ – सदस्य
(ख) पोखरा क्षेत्रमा ः
१. प्रशुराम अधिकारी, नेपाल आयल निगम – संयोजक
२. प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, कास्की – सदस्य
३. प्रतिनिधि, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा – सदस्यज ,
४. प्रतिनिधि, उपभोक्ता मञ्च – सदस्य
५. प्रतिनिधि, पोखरा उद्योग बाणिज्य संघ – सदस्य
उपरोक्त बमोजिमको अनुगमन तथा निरीक्षण समितिले पम्पहरुको शुरु तथा अन्तिम मास्टर मिटर रिड गरी पारित नीति बमोजिम वितरण भए, नभएको अनुगमन गरी वितरणको प्रभावकारिता सुनिश्चित गर्नेछ ।