Thursday, January 14, 2016

स्व.टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार धमलालाई- Rishi Dhamala Pokhara News

 पोखरा, २९ पुस
पोखरा–५ प्रस्याङ निवासी सुवर्णप्रसाद कोइरालाको परिवारजनद्धारा आफ्ना स्व. माता  पिताको स्मृतिमा स्थापित तथा मेची महाकाली मिडिया सोसाईटी नेपालद्धारा संचालित स्व. टंकादेवी तुलसीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारवाट यस वर्ष पत्रकार ऋषि धमला सम्मानित हुनु हुने भएको छ ।
    प्रतिभा छनौट समितिको वुधवार वसेको वैठकले रिपोर्टस क्लव नेपालका अध्यक्ष समेत रहेका धमलालाईं पुरस्कृत गर्ने निर्णय गरेको हो । छनौट समितिको संयोजकमा मेची महाकाली मिडिया सोसाईटी नेपालका राष्ट्रिय अध्यक्ष माधव शर्मा तथा सदस्यहरुमा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, सचिव त्रिभुवन पौडेल, पत्रकार दिपेन्द« श्रेष्ठ तथा पुरस्कारका संस्थापक सुवर्णप्रसाद कोईराला रहेका थिए । सर्वसाधारणलाई साक्षात्कार  तथा राजनीतिक वहस मार्फत सुचना दिन अग्रणी रहेका धमलालाई सर्वसम्मत रुपमा पुरस्कार दिने निर्णय भएको छनौट समितिका संयोजक तथा सोसाईटीका राष्ट्रिय अध्यक्ष माधव शर्माले जानकारी दिए । पुरस्कारको राशी नगद २० हजार १ तथा  सम्मानपत्र रहेको छ । पुरस्कार आगामी माघ महिनाभित्र प्रदान गरिने छ ।
 उक्त पृुरस्कारवाट यसअघि जनकपुरकी पत्रकार स्व. उमा सिँह,  ईश्वरी न्यौपाने, रामकृष्ण ज्ञवाली, रीता गुरुङ, दिपेन्द्र श्रेष्ठ तथा गणेश पाण्डे सम्मानित भईसकेका छन्  ।

No comments:

Post a Comment

Please, comment about this article.