Tuesday, January 19, 2016

एम्बुलेन्स अभियानमा सहयोग आउने क्रम जारी राम थापाद्वारा १० हजार सहयोग-Pokhara News

घनश्याम पाण्डेय, रेडियो गण्डकी
पोखरा, ४ माघ ।
         नमुना स्वरेक सामाजिक कोषले शुरु गरेको एम्बुलेन्स सञ्चालनार्थ अक्षयकोष निर्माण अभियानमा सहयोग आउने क्रम जारी छ । स्याङजाको पर्यटकीय गाउँ स्वरेकमा एम्बुलेन्स सञ्चालन गर्ने पवित्र उद्देश्य सहित शुरु गरिएको अभियानमा सवैको सहयोग जुट्दै गएको छ ।

यसैविच, स्वरेक वडानं ७ घर भई  हाल कतारमा कार्यरत राम थापाले स्वतःस्फुर्त रुपमा नगद १० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ । अभियानको सफलताको कामना गर्दे उहाँले स्वरेकलाई सवै क्षेत्रबाट सुविधा सम्पन्न बनाउन आ–आफ्नो ठाँउबाट लाग्नुपर्नेमा जोड समेत दिनुभएको छ ।

उहाँले गरेको सहयोग संगै अक्षयकोषमा १४ लाख, ८० हजार पुगेको छ । स्वरेकको विकासमा नमूना सामाजिक कोषले महत्वपुर्ण भूमिका निर्बाह गर्ने अभियानका संयोजक भेषराज पराजुलीले बताउनुभएको छ ।
अभियानका सह–सयोजक जीबन पौडेलले सवै मनहरुलाई जुटाउने काम अभियानले गरेको बताउनु्भएको छ । उहाँले नमूना स्वरेक सामाजिक कोष स्वरेकको सदस्य बन्नको लागि पनि सवैको लागि खुल्ला रहेको जानकारी दिनुभएको छ । आगामी दिनमा जिल्लाकै नेतृत्व गर्ने गरी नमूना स्वरेक सामाजिक कोषलाई अगाडी बढाउने पौडेलले बताउनुभयो ।

No comments:

Post a Comment

Please, comment about this article.