Saturday, July 18, 2015

३५ भुकम्प पिडित परिवारलाई राहत वितरण:Pokhara News-Nepal


पोखरा, ०२ साउन
डाँडा गाँउले सोसाईटी हङ्कङ्को सहयोगमा कास्कीको हंसपुर गाविसका ३५ भुकम्प पिडित परिवारलाई राहत वितरण गरिएको छ । गाविसका पुर्व उपाध्यक्ष एंव नेपाली कांग्रेसका नेता चन्द्र बहादुर गुरुङ्ले प्रति परिवार ३ हजारका दरले पिडितहरुलाई राहत वितरण गर्नु भएको गाविसका सामाजिक कार्यकर्ता विमलबाबु न्यौपानेले रेडियो सपलतालाई जानकारी दिनुभयो । डाँडा गाँउले सोसाईटी हंशपुरका अध्यक्ष चिनु गुरुङ्, उपाध्यक्ष प्रविन गुरुङ र सचिव गम बहादुर गुरुङ् लगायतको सक्रियाता र संयोजनमा उक्त कार्यक्रम गरिएको न्यौपाने बताउनुभयो । तर केही सामाजिक संघ संस्थाहरुले राहत स्वरुप सहयोग गरेपनि राज्यका तर्फबाट कुनै सहयोग नपाएको पिडितहरुले गुनासो गरेका छन् ।

Saturday, June 6, 2015

विकाश र अनिल आरएमसी पोखरा ओपन टेनिसको उपाधीका लागि भिड्ने-News-Pokhara-Nepal Tennis


जेष्ठ २२, पोखरा

विकाश गुरुङ्ग र अनिल शाहि पोखरा रंगशालामा जारी आरएमसी पोखरा ओपन टेनिस प्रतियोगिताको उपाधीका लागि भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा विकासले नविन रानामगरलाई तथा अनिलले धरमसिंह लामिछानेलाई पराजित गर्दै उपाधी भिडन्त निश्चित गरेका हुन् । प्रतिस्प्रधात्मक खेलमा विकासले नविनलाई ६–१,६–७ र सुपरटाईमा १०–५ ले पराजित गरेका थिए । त्यसअघि भएको पहिलो सेमिफाइनलमा अनिलले धरमलाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेका हुन् ।

नौ वर्षदेखि टेनिस खेल्दै गरेका विकासले यसअघि लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा दशै कपको उपाधी जितेका थिए । सोही कोर्टमा सम्पन्न ओम फ्यामिली कपमा पनि उनी उपविजेता बनेका थिए । गत महिना भुकम्प प्रभावितहरुको सहयोगका लागि पस्र्याङ्गमा सम्पन्न प्रतियोगितामा पनि उनी सेमिफाइनल पुगेका थिए । त्यसैगरि हेटौडामा सम्पन्न सामरि ओपन राष्ट्रिय टेनिस प्रतियोगितामा ३५ वर्ष माथिको एकलमा सेमिफाइनल पुगेका थिए । त्यसैगरि दार्जलिङमा भएको अन्र्तराष्ट्रिय टेनिस प्रतियोगितामा पनि क्वाटरफाइनल सम्म पुगेका थिए । अर्का प्रतिस्पर्धी अनिल शाहिले भने पोखरामा भएका प्रतियोगिताका विभिन्न ११ वटा टाइटल जितिसकेका छन् । उनी हाल पोखराको शिर्ष बरियता खेलाडी हुन् ।

मेन्स सिंगल्सको ‘बि’ क्याटोगोरीतर्फ उपाधीका लागि लोक गुरुङ्ग र प्रदिप खड्का आमने सामने हुनेछन् । स्काइ माउण्ट टेनिस क्लवको आयोजनामा भएको प्रतियोगिता अन्र्तगत मेन्स डबल्सको उपाधी शक्ति शर्मा र शरण गुरुङ्गको जोडिले जितेको छ । धरमसिंह लामिछाने र गोपीबहादुर भट्टराईको जोडिलाई ६–३, ६–२ को सोझो सेटमा पराजित गर्दै शक्ति शरण जोडिले सो उपाधी रक्षा गरेको हो । प्रतियोगितामा दुईवटा उपाधी जित्ने क्रममा शरणले नविन श्रेष्ठसंगको जोडिबाट मेन्स डबल्स ‘बि’ क्याटोगोरीको उपाधीपनि जिते । शरण र नविनको जोडिले पृथ्वीमान गुरुङ्ग र प्रदिप खड्काको जोडिलाई ६–३, ३–६ र १०–५ को सेटमा जित हाँसिल गर्दै उपधीमाथि कब्जा जमाएका हुन् ।

प्रतियोगिताको फाइनल खेल शनिबार बिहान हुने प्रतियोगिता संयोजक राजेन्द्र प्रसाद घिमिरेले जानकारी दिए । प्रतियोगितामा एकलतर्फको विजेताले नगद १० हजार र उपविजेताले ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् भने अन्य इभेण्टका विजेताले नगद ५ हजार र उपविजेताले ३ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।

Wednesday, June 3, 2015

Let's go Pokhara-Nepal-Pokhara is the most famous tourist place in Nepal

Let's go Nepal-जाउ है नेपाल घुम्नलाई
Let's go Pokhara-जाउ है पोखरा घुम्नलाई
Pokhara is the most famous tourist place in Nepal, and is the 2nd largest city, a valley, after Kathmandu, the capital. Pokhara is the city.
Adventure Sports in Pokhara Nepal-
One of the must visit places during your Holidays
पोखरा किन घुम्नै पर्ने ठाऊ हो
Bungee Jump,Zipflyer,Paragliding,Rafting,Ultralight, and Canoeing

Zipflyer Pokhara Nepal
Bungee Pokhara Nepal
Paragliding Pokhara Nepal

Rafting Pokhara Nepal



Canoeing Pokhara Nepal

Ultralight Pokhara Nepal

Monday, June 1, 2015

दुईदिने उद्घोषण कला प्रशिक्षण कार्यक्रम-Pokhara-Nepal-News

पोखरा, १६ जेठ ।
ढिकालेथर जागृती दिदि बहिनी समुह ढीकालेथर १२ को आयोजना तथा रेडियो सफलता १०३.४ मेगाहर्जको सहकार्यमा दुईदिने उद्घोषण कला प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । समुहका ३५ महिलाहरुको सहभागीता रहेको उक्त कार्यक्रम निकै प्रभावकारी भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन् । चुलोचौकोमा सिमित महिलाहरुको ब्यक्तित्व विकासका लागि तालिम फलदायी भएको प्रशिक्षकहरुले बताएका हुन् । तालिममा रेडियो सफलताका प्रमिला बराल र हिमलाल पौडेलले सहजीकरण गर्नुभएको थियो । २ दीने उक्त तालिममा सहभागिहरुको उत्साहजनक सहभागीता र यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन समेत आग्रह गरिएको छ । समुहकी अध्यक्ष विष्णु आचार्यको अध्यक्षतामा तालिमको समापन गरिएको हो ।

Monday, May 18, 2015

तालमा डुवी मृत्यु-News-Pokhara-Nepal

 
पोखरा जेष्ठ ३ गते 
    घरबाट घाँस दाउरा गर्न भनी गएका दुई बालिकाको बेगनासताल घुम्ने क्रममा डुंगा डुवी मृत्यु भएको छ । हिजो मिति २०७२/०२/०२ गते जि।कास्की ले.न.पा।-११ पचभैयाबाट नजिकैको सामुदायिक वनमा घाँस दाउरा गर्न गएका पाँच जना बालबालिकाहरु डुंगा लिई बेगनास ताल घुम्न गएको अवस्था डुंगा अचानक तालमा डुव्दा दुई बालिकाको डुवी मृत्यु भएको  र एक बालक र दुई बालिका पौडी खेली बाहिर निस्कन सफल भएका छन् । डुवी मृत्यु भएका बालिकाहरुको ईलाका प्रहरी कार्यालय हंशपुर र  स.प्र.गण पोखराबाट खटिई गएको प्रहरी टोलीले  स्थानीय मानिसहरुको सहयोगमा मृतावस्थामा शव तालबाट बाहिर निकालेको थियो ।
मृत बालिकाहरू:
१. जि.कास्की ले.न.पा.-११ पचभैया बस्ने बर्ष १३ की ममता गुरुङ,
२. ऐ ऐ बस्ने बर्ष १३ की सिता सुनार ।