Wednesday, May 6, 2015

फरार महिला प्रतिवादी पक्राउ-Pokhara-News-Nepal

पोखरा बैशाख २२  गते ।
     मानव वेचविखन तथा ओसार पसार मुद्वामा फरार रहेकी जिल्ला कास्की पोखरा उ.म.पा.वडा नं. २७ घर भई हाल पोखरा (९ नागढुंगा स्थित निरभाना रेष्टुरेण्टकी संचालिका बर्ष ४२ की कमला शेरचनलाई कास्की प्रहरीले आज मिति २०७२।०१।२२ गते पक्राउ गरेको छ । निजले आफ्नो होटलमा कार्यरत ४ जना युवतीहरुलाई ललाई फकाई रेष्टुरेण्टको साधरण काम तथा घर सफाईको काम गर्ने शर्तमा काम गर्न राखेका युवतीहरुलाई जवरजस्ती यौन धन्दामा लगाएको,  यौन ग्राहकसंग जान नमानेमा डरत्रास धम्की  दिई यौन कार्य गर्न बाध्य बनाएको भनी पिडित ४ जना युवतीहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा मानव वेच विखन तथा ओसारपसार मुद्वामा  छुट्टा छुट्टै जाहेरी दरखास्त दिएका छन् । प्रहरीले पिडित युवतीहरुसंग घटनाका बारेमा सम्मानित कास्की जिल्ला अदालतबाट बयान प्रमाणित गरी सकेको छ ।
    निज कमला शेरचनलाई आजै जिल्ला अदालत कास्कीबाट मानव वेचविखन तथा ओसार पसार मुद्वामा म्यादथप गरी अनुसन्धान भईरहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्क
District Police Office Kaski, Pokhara

Tuesday, May 5, 2015

स्याङजा जिल्लाका भूकम्प पिडितलाई ५५ हजार सहयोग-Earthquake Syangja Nepal


स्याङजाली सम्पर्क सुमाज पोखराले स्याङजा जिल्लाका भूकम्प पिडितलाई ५५ हजार सहयोग
पोखरा, बैशाख २२ गते । स्याङजाली सम्पर्क सुमाज पोखराले स्याङजा जिल्लाका भूकम्प पिडितका लागि ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरेको छ । समाजका अध्यक्ष देवी अर्यालले सो रकम स्याङजाका प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेलाई हस्तान्तरण गर्नु भएको थियो ।
जिल्ला दैभिक प्रकोर उद्धार समितिका संयोजक समेत रहनु भएकी प्रमुख जिल्ला अधिकारीलाइृ सो रकम हस्तान्तरण गरेको सो समाजका महेन्द्र प्रकाशले जानकारी दिनुभयो ।
कार्यक्रममा समाजका पूर्व अध्यक्षहरु तथा सल्लाहाकारहरु राम प्रसाद श्रेष्ठ, दिल बहादुर क्षेत्री, पिताम्बर नेपाली, लक्ष्मी बराल, लालुमाया रेग्मी लगायतले सो रकम वास्तविक पिडित समक्ष पुग्नेमा विश्वास राख्नु भएको थियो । 

Saturday, May 2, 2015

राहात सामग्री लिएर जादा देखिएका काहालीलाग्दो तस्बिर -Earthquake Gorkha Baluwa Nepal

गोरखाको बुङ्कोटमा राहत सहित स्वास्थ्यर्की सेवा-Earthquake Gorkha Nepal






पोखरा, वैशाख १८ गते ।
पोखरेली युवाहरु स्वास्थ्य शिविरका साथै राहत सामग्री वितरण गरी गोरखाका विभिन्न स्थानबाट पोखरा फर्किएका छन् ।
गोरखाको बुङ्कोट अन्तरगत चोरकाटे, मानेपानीलगायतका गाउँमा पुगेर ८ लाख रुपैयाँ बराबरको राहत वितरण गरेका छन् भने २ सयभन्दा बढीलाई प्रत्यक्ष स्वास्थ्य सेवा समेत प्रदान गरेका छन् । भूकम्प आएपछि मानसिक रुपमा तनावमा रहेका गोरखावासीलाई आवश्यक परामर्शसमेत सो टोलीले दिएको टोलीका नेता किरण केसीले जानकारी दिनुभयो । गोरखा सदरमुकाम नजिक भए पनि दलित बस्ती रहेको मानेपानीमा उचित राहत नपुगेको भन्दै प्रत्यक्ष रुपमा आफै राहत सामग्री वितरण गरेको थियो ।
टोलीमा युवा युद्यमी प्रतिश पालिखे, डा. सुदर्शन सुवेदी, सुनिल पहारी, सिनीयर अहेव नविन थापा लगायतका १० जना स्वास्थ्यकर्मी र १० जना व्यावसायीको सहभागिता रहेको थियो । 
दुई ट्रक सामग्रीमा ३ सय थान त्रिपाल, दुई सय थान ब्लान्केट, ८५ थान म्याटे«ससहित खाद्यान्न सामग्रीहरु वितरण गरिएको छ । चिउरा, चकलेट, चाउचाउ, विस्कुट लगायतका राहतका लागि गोशेली हाउसबाट समेत विशेष सहयोग भएको बताइएको छ । समुहले एक दिन सोहि ठाउँमा बसेर स्वास्थ्य परीक्षण गरी निशुल्क औषधी वितरण गर्दा आत्म सन्तुष्टि समेत पाएको सहभागीहरुले बताएका छन् । स्थानीय सुन्तली दर्जीले आफूलाई भूकम्पले केही नगरे पनि दीर्घरोग भएको अवस्थामा घरदैलोमा आएर स्वास्थ्य सेवा लिन पाउँदा निकै खुसी भएको बताउनुभयो ।

Saturday, April 18, 2015

पोखरेलीयूवा सञ्चारकर्मीहरुद्धारा नेपालीफिल्मी डटकम सञ्चालनमा Pokhara News


पोखरा २ वैसाख ।
नववर्षको अवसर पारेर पोखराकै पहिलो नेपालिफिल्मी डटकम को औपचारिक उद्घाटन गरिएको छ ।
पोखराकाविभिन्न मिडियाहरु मा रहेर कामगर्ने युवा सञ्चारकर्मीहरुले नेपालीफिल्मी ड्टकम नामक वेवसाईट सन्चालनमाल्याएकाहुन् । वेवसाईटले नेपालीचलचित्र र मनोरञ्जन का सामाग्रीहरु समेट्ने बताईएको छ ।
मोफसलमा नेपालीचलचित्रकागतिविधिहरु कम संख्यामाहुने गर्दछन् । पोखरामा धेरैजसो गुरुङ , मगर, तामाङ भाषाका चलचित्र हरु निर्माण हुँदै आएका छन् ।  पोखराबाट निर्माण हुने यस्ता चलचित्रहरु प्रचारप्रशारको अभावमा फष्टाउन नसकेको भन्दै वेवसाईटको माध्यमबाट चलचित्रको प्रर्वद्धनका लागि सहयोग पुग्ने वेवसाईट सञ्चालकहरुको विश्वास छ ।वेवसाईटले चलचित्रका हरेक गतिविधिहरुलाइ पनि प्राथमिकता दिईने वेवसाईटका प्रमुख सम्पादक तथा प्रकाशक शुशन घिमिरे जानकारी दिए ।
वेवसाईट सञ्चालकहरुमा रेडियो अन्नपूर्णमा आवद्ध शुरेश सुनार, थ्रि एन्जल्स रेडियो तथाजक्शन डटकमका फोटोग्राफर राकेश गुरुंग, थ्रि एन्जल्स रेडियोकै प्रिन्स थापा, रेडियो बाराहीका महेन्द्र पौडेल, गोल्डेन आई टेलिभीजनकाकुन्दन गुरुंग लगायत रहेका छन् । साथमापोखरा लगायतआन्य देशविदेशमा रहेकासञ्चारकर्मीहरुले समेतसघाउने भएका छन् ।