Friday, January 31, 2014

मानव बेचबिखनमा संलग्न पक्राउ


         विभिन्न  कारणले पोखरामा आएका सोझा सादा महिलाहरुलाई अनेक थरीका प्रलोभन देखाई जबर्जस्ती यौन कृयाकलापमा लगाएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको  विशेष प्रहरी टोलीले निम्न मानिसहरुलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुशन्धानको क्रममा निजहरुले पटक पटक सोझा सिधा युवतीहरुलाई बिभिन्न प्रकारका जागिर लगाई दिने,काम गरे वापत प्रशस्त पैसा कमाउन सकिने जस्ता प्रलोभन देखाई जबर्जस्ती होटलमा आएका ग्राहकसंग अनुचित कृयाकलाप गर्न बाध्य गराउने गरेको पाईएकोले निजहरुलाई मानव वेचविखन तथा ओसार पसार मुद्वामा म्याद थप गरी अनुसन्धान भई रहेको छ ।
निम्न : १.   जिल्ला सप्तरी पन्सेरा – ३ घर भई हाल पोखरा-८ सिमलचौर स्थित फेमिलि रेष्टुरेण्टकी संचालक अन्जु चौधरी  ।
२.  जिल्ला मुस्ताङ जोमसोम घर भई हाल पोखरा – ९ नया बजार स्थित मुस्ताङ रेष्टुरेण्टकी संचालक लक्ष्मी गुरुङ ।
  मिति २०७०/१०/१५ गते ।                                 
 जिल्ला प्रहरी कार्यालय कास्की ।

Sunday, December 15, 2013

बलात्कार बिरुद्वको राष्ट्रिय अभियान

लैगिक हिंसा बिरुद्वको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अन्तिम दिन आज मिति २०७०।०८।२८ गते महिला मानब अधिकार रक्षक संजाल कास्कीको आयोजना र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा यस कार्यालयको सभाहलमा बिषेश कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा महिला मानब अधिकार रक्षक संजाल कास्कीका अध्यक्ष सरला पाण्डेले कार्यपत्र प्रस्तुत गर्नु हुंदै नेपालमा लैगिक हिंसा र बलात्कार जन्य घट्नाहरुबाट समाजलाई मुक्त गर्न सरकारी तथा गैह्रसरकारी संघ सस्थाहरु जिम्मेवारीका साथ लाग्नु पर्ने मन्तब्य राख्नु भएको सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नु हुंदै जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख प्र।ना।उ। राजेशनाथ बास्तोलाले महिला तथा बालबालिका बिरुद्व हुने हिसा रोक्नको लागी नागरिक र प्रहरी बिच सहकार्यमा जोड दिनु हुंदै समाजमा हुंने यस्ता खालका अपराधलाई नियन्त्रण गर्न सवैले सहयोग गर्नु पर्ने मन्तब्य राख्नु भएको थियो । उक्त कार्यक्रममा बिभिन्न सरकारी, गैह्रसरकारी संघ सस्थाका प्रतिनिधी, ने।क।पा। एमालेका प्रतिनिधी र जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी ईकाईमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।

मिति २०७०।०८।२८ गते ।                     
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की

महिला हिंसा न्यूनीकरणको लागि एक दिवसिय प्रशिक्षण कार्यक्रम

 मंशिर २९, पोखरा ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा संस्थाको सभाहलमा महिला हिंसाको बिद्यमान अवस्था र महिला हिंसा न्यूनिकरणका लागि चाल्नु पर्ने कदम विषयक एक दिवसिय प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
वडा प्रहरी कार्यालय बैदाममा हालै मात्र सरुवा भई आउनुभएको प्रहरी निरीक्षक सुन्दर तिवारीको स्वागत समेत गरिएको उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजेश नाथ बास्तोलाले सामुदायिक प्रहरीको एक महत्वपूर्ण कार्य मध्येको कार्य हो महिला हिंसा न्यूनिकरणको लागि गरिने कार्यक्रमहरु भन्दै सिकेको कुरालाई व्यवहारमा उतारी घर घरबाट महिला हिंसाको लागि हामी सबै सहकार्य गर्नुपर्ने बताउनुभयो । महिला हिंसा न्यूनीकरणको लागि नेपाल प्रहरी सदै दृढ रहेको बताउदै यस्ता कार्यक्रमहरु गाउ गाउमा पुरयाउन जरुरी भएको बताउनुभयो ।
प्रहरी नायव निरीक्षक रेशम लाल पौडेलले श्रव्य र दृश्यको माध्यमबाट हाल विद्यमान महिला हिंसाको प्रकार कानूनी प्रावधान तथा महिला हिंसा न्यूनिकरणको लागि चाल्नु पर्ने कदमहरुको बारेमा प्रशिक्षण दिएको थिए ।
अध्यक्ष लालबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरीक्षक तिवारीलाई कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्रहरुका पदाधिकारीहरु तथा कार्यरत प्रहरी कर्मचारीहरुले समेत फूलमाला अविर लगाई स्वागत गरेका थिए । संस्थाका महासचिव विमलबहादुर कार्कीले संचालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुबहादुर भट्टराईले स्वागत तथा पृथ्वीचोक केन्द्रका अध्यक्ष चिरन्जिीवि श्रेष्ठ, संस्थापक अध्यक्ष मंगल नेपाली, सदस्य दूर्गादेवी पहारी समेतले बोलेका थिए ।

Friday, December 6, 2013

Man Arrested with Drugs in Kaski -चेकिङ्गको क्रममा लागू औषध सहित मानिस पक्राउ

पोखरा तथा लेखनाथ नगरपालिका र राजमार्गहरुमा हुने अपराध नियन्त्रण तथा रोकथामको लागि यस कार्यालयबाट संचालन गरिएको विशेष अभियान अन्र्तगत मिति २०७०/८/१९ गते ९:४५ बजेको समयमा ले.न.पा. सैनिक वस्तीमा आकस्मिक चेकजाँच गर्ने क्रममा ग.१.ज. ३७५५ नम्बरको भाडाकारलाई चेकजाँच गर्दा निम्न परिमाणमा लागू औषध सहित ४ जना मानिसहरुलाई पक्राउ गरि अन्य अनुसन्धान कारवाही भईरहेको छ ।
बरामद लागु औषध :
–    डाईजापाम ईन्जेक्सन २३ थान , ४ थान सिरिन्ज
–    नर्फिन ईन्जेक्सन २० थान
–    फेनेरागन २० वटा
पक्राउमा  परको व्यक्तिहरु:
१)    जि. तनहुँ दुलेगौडा ३ हलेदी बस्ने वर्ष २६ को हेमन बहादुर सिंह तामाङ्ग
२)    जि. कास्की पोखरा उप.म.न.पा. वडा नं. ८ न्यूरोड बस्ने वर्ष २६ को आस बहादुर गुरुङ्ग
३)    जि. तनहुँ ढोरफिदी घर भई दुलेगौडा ३ बस्ने कुल बहादुर श्रेष्ठ
४)    लम्जुङ्ग घर भई पोखरा रामबजार बस्ने वर्ष २५ को राम गुरुङ्ग
मिति २०७०/८/२० गते ।
District Police Office Kaski
जिल्ला प्रहरी कार्यालय कास्की



Wednesday, December 4, 2013

Global Peace Foundation Nepal-मलेसियाको राजधानी क्वालालाम्पुरमा हुने विश्व शान्ति महासम्मेलन

डिसेम्वर ५ देखि ८ सम्म मलेसियाको राजधानी क्वालालाम्पुरमा हुने विश्व शान्ति महासम्मेलन
(Global Peace Convention) मा भाग लिन १२ सदस्यीय नेपाली प्रतिनिधि मण्डल आज मलेसिया प्रस्थान गरेको छ । ग्लोबल पिस फाउण्डेसनका अध्यक्ष ई.रामरोहण पन्तको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलमा पूर्व विज्ञान तथा बातावरण मन्त्री गणेश शाह, नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष प्रदीप पौडेल, ग्लोबल पिस वुमनकी कार्यक्रम संयोजक बाम्बी पन्त लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु त्यस तर्फ प्रस्थान गरेका हुन् । महासम्मेलनमा ४५ देशका आठ सय भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । त्यहाँ विभिन्न देशको साँस्कृतिक, आर्थिक र सामाजिक विकासक्रमका बारेमा अनुभव आदानप्रदान हुनेछन् । हरेक वर्ष हुने सम्मेलन ग्लोवल पिस फाउन्डेसन, मलाया युनिभर्सिटी र राष्ट्रिय एकता तथा समायोजन विभाग मलेसियाको संयुक्त आयोजनामा हुन लागेको हो । विस्तृत विवरण www.globalpeace.org मा उपलब्ध छ ।